×

NMB BANK
NIC ASIA

बंगालमा भएको हिंसामा भाजपा र टीएमसीबीच आरोप प्रत्यारोप

जेठ १, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं – भारतको पश्चिम बंगालको कोलकातामा भारतीय जनता पार्टी (भाजपा) का राष्ट्रिय अध्यक्ष अमित शाहको रोड शोका क्रममा भएको हिंसाले देशै तताएको छ । मंगलवार उक्त हिंसा भएको थियो । 

Muktinath Bank

चुनावी वातावरणमा कोलकाताको सडकमा उत्पात मच्चिएको थियो र अहिले सत्ताधारी तृणमूल कांग्रेस (टीएमसी) ले यससम्बन्धी केही भिडियो सार्वजनिक गरेको छ । भिडियोमा केही मानिस आगजनी गरिरहेका देखिन्छन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

टीमएसीले भिडियो जारी गरेपछि भाजपाले पनि भिडियो जारी गरेर टीएमसीमाथि आरोप लगाएको छ । 


Advertisment
Nabil box
Kumari

भिडियोमा भाजपाको झण्डा राखिएका केही गाडी सडकमा जाँदै गरेको अनि गेरु रंगको कमिज लगाएका, हातमा भाजपाको झण्डा बोकेका र शिरमा गेरु वस्त्र बाँधेका केही मानिस सडकमा उभिएका वाहनमा क्षति पुर्‍याइरहेको देखिन्छ । तीमध्ये केहीको हातमा लट्ठी छ भने केही चाहिँ ढुंगा हानिरहेका देखिन्छन् । सडकको किनार उभिएका वाहनमा आगो लागेको पनि देखिन्छ ।

Vianet communication
Laxmi Bank

भाजपाको सूचना प्रविधि सेलका प्रमुख अमित मालवीयले पनि भिडियो जारी गरेर टीएमसीमाथि अमित शाहको रोड शोमा हिंसा फैलाएको आरोप लगाए । अमित शाहको रोड शोमा टीएमसी समर्थकहरूले बाधा गर्दा हालत बिग्रिएको उनले लेखे । 

आइतवार हुन लागेको लोकसभा चुनावको अन्तिम चरणको मतदानअघि अमित शाहले कोलकातामा रोड शो गरेका थिए । रोड शोमा भाजपा कार्यकर्ताहरूले नाच्दै गाउँदै मोदी मोदीको नारा लगाए । 

उनीहरूले जय श्रीरामको नारा पनि लगाए । रोड शो सकिने बेलामा भाजपा र टीएमसीका कार्यकर्ता भिड्न थाले । यस क्रममा आगजनी पनि गरियो र ईश्वरचन्द्र विद्यासागरको मूर्ति पनि फुटाइयो ।

तृणमूल कांग्रेसले लोकतन्त्रलाई ध्वस्त पार्न खोजेको आरोप भाजपाले लगाएको छ भने टीएमसीले भाजपा कार्यकर्तामाथि उत्पात मच्चाएको आरोप लगाएको छ ।

एजेन्सी
 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १७, २०८०

सोउल– उत्तर कोरियाले दूतावास बन्द गर्ने हालैको शृङ्खला आफ्नो बाह्य सम्बन्ध सुधार गर्नका लागि ‘नियमित मामिला’ भएको स्पष्ट पारेको छ । दक्षिण कोरियाले आर्थिक सङ्कटका कारण दूतावास बन्द गरेको दाबी गर...

कात्तिक २३, २०८०

सिरियाको पूर्वी प्रान्त देइर अल–जोरमा मध्यरातपछि अमेरिकी हवाई आक्रमणमा परी कम्तीमा नौ जना लडाकू मारिएका छन् ।  सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सका अनुसार अमेरिकी लडाकु विमानले देइर अल–जो...

मंसिर १६, २०८०

पेट्रो चीनको शाखा चाङ्छिङ तेल क्षेत्रले उत्तरपश्चिम गान्सु प्रान्तको ह्वान्सियान काउन्टीमा १० करोड टनभन्दा बढी भूगर्भीय भण्डार भएको तेल क्षेत्र फेला पारेको छ। हालसम्म चाङ्छिङ आयलफिल्डले यस क्षेत्रमा ५०.२४ मिलियन टनको...

कात्तिक २८, २०८०

चिनियाँ राष्ट्रपति सी चिनफिङ अमेरिका प्रस्थान गरेका छन् । चीन–अमेरिका भ्रमणका लागि उनी मंगलवार अमेरिका प्रस्थान गरेका हुन् । भ्रमणका क्रममा उनले चीन र अमेरिकाका नेताबीचको बैठक र ३० औं एपेक आर्थिक न...

पुस २७, २०८०

अमेरिका र बेलायतका सेनाले बिहीवार यमनको हुथी नियन्त्रित कैयौं क्षेत्रहरूमा हवाई हमला शुरू गरेका छन् । लाल सागर (रेड सी) हुँदै सामान ओसारपोसार गर्ने कमर्सियल जहाजमाथि पटक-पटकको ड्रोन हमला तत्काल रोक्न...

कात्तिक १७, २०८०

पाकिस्तानको क्वेटामा सुरक्षाकर्मीको एउटा समूहमाथि शुक्रबार आक्रमण हुँदा कम्तीमा १४ सैनिकको मृत्यु भएको छ । घटनाबारे बलुचिस्तान प्रान्तका एक वरिष्ठ सरकारी अधिकारी सइद अहमद उमरानीले एएफपीसँग भने, “तटीय ...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x