गायिका प्रसाइँको 'तिमी साथ भएपछि' बजारमा [भिडियोसहित]

जेठ १, २०७६

काठमाडौं- गायिका टीका प्रसाइँको 'तिमी साथ भएपछि' बोलको नयाँ गीत सार्वजनिक भएको छ । 

बुधवार युट्युबमार्फत प्रसाइँको उक्त गीत नेपाली वेबसाइट नामक युट्युब च्यानलमार्फत सार्वजनिक भएको हो ।


ADVERTISEMENT

गीतलाई सुरेश वाग्लेले लेखेका हुन् भने संगीत हरि लम्सालको छ । 

गोपाल रसाइलीले एरेन्ज गरेको गीतलाई चन्द्र चौधरीले मिक्सिङ गरेका हुन् । 

अर्जुन अधिकारी निर्देशन गरेको म्युजिक भिडियोमा पल शाह र आँचल शर्माको फिचरिङ देख्न सकिन्छ । 

भिडियोलाई निशान घिमिरेले सम्पादन गरेका हुन् । 

भिडियो हेर्नुहोस् :

 

जेठ १, २०७६ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस