कामना सेवाको 'कामना सेवा रेमिट' सेवा शुभारम्भ

जेठ १, २०७६

काठमाडौं- 'प्रगतिको आधार कामना सेवासँग कारोबार' भन्ने मुलनाराका साथ सेवा दिइरहेको कामना सेवा विकास बैंकले बुधवारबाट आफ्नै 'कामना सेवा रेमिट' शुभारम्भ गरेको छ ।

बैंकका अध्यक्ष सुदिप आचार्य, सञ्चालक विश्वेश्वर सुवेदी र प्रमुख कार्यकारी अधिकृत प्रविण बस्नेतले संयुक्त रूपमा सो सेवाको शुभारम्भ गरेका थिए । 


ADVERTISEMENT

विविध विशेषतासहित आफ्ना सम्पूर्ण शाखा तथा देशभरका करीब ७ हजार ५ सय एजेन्टस्‌मार्फत यो सेवा प्रदान गर्न लागिएको हो । समय सापेक्ष ग्राहकहरूको आवश्यकता र प्रतिस्पर्धी बजारलाई मध्यनजर गर्दै भविष्यमा पनि एजेन्टहरू थप गर्दै जाने बैंकको योजना रहेको छ ।

कामना सेवा रेमिटको प्रयोगबाट सम्पूर्ण ग्राहकले सुरक्षित,भरपर्दो,सरल तथा सुलभ तवरले विप्रेषण सेवा लिन सक्ने बैंकको दाबी छ ।

बैंकले ८४ वटा शाखा तथा ३९ वटा एटीएममार्फत ग्राहकलाई सेवा प्रदान गर्दै आएको छ । 

जेठ १, २०७६ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस