चिनियाँ राजदूतलाई घरमा कुराएर प्रचण्ड भाषणमा व्यस्त

जेठ १, २०७६

काठमाडौं – सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले युवाहरूको भाषण सुन्दासुन्दै चिनियाँ राजदूतलाई दिएको समय पनि बिर्सेको बताएका छन् ।

नेकपा निकट युवा संगठन युवा संघले आफ्नो २९ औं स्थापना दिवसका अवसरमा राष्ट्रिय सभागृहमा आयोजना गरेको कार्यक्रममा बोल्दै प्रचण्डले खुमलटार पुगिसकेका चिनियाँ राजदूतलाई चिया खुवाएर राख्न आग्रह गरेका हुन् ।


ADVERTISEMENT

‘चिनियाँ राजदूतलाई समय दिएको थिएँ, मैले ४ बजे खुमलटार पुग्नुपर्ने थियो,’ प्रचण्डले घडी हेर्दै भने, ‘तपाईंहरूको भाषण सुनेर समय गएको पत्तो भएन । चिनियाँ राजदूतले भेट्न खोज्नुभएको थियो, उहाँलाई चियासिया खुवाएर राख्नुस् भनेको छु ।’

फरक प्रसङ्गमा प्रचण्डले कम्युनिस्ट संगठन भनेको भविष्यको संगठन रहेको बताए । अहिले युवा संघले खेलेको भूमिका हेर्दा देशका लागि लागिपर्ने युवाहरूको कमी नभएको प्रचण्डको भनाइ थियो ।

जेठ १, २०७६ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस