×

NMB BANK
NIC ASIA

बंगालमा कम्युनिस्ट पत्तासाफको स्थितिमा !

जेठ १, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं – लोकसभा चुनावपछि भारतको पश्चिम बंगालमा कम्युनिस्टहरूको पत्तासाफ हुने देखिएको छ । सीपीएमले भारतीय राजनीतिमा उपस्थिति देखाउने आधार पश्चिम बंगाल र केरला मात्र हो । त्रिपुराको गढ उसले भाजपाविरुद्ध गुमाएको छ । 

Muktinath Bank

राजगञ्जबाट चुनाव लडिरहेका मोहम्मद सलीमले पश्चिम बंगालमा सीपीएमको लाज बचाउन सक्छन् । जादवपुरमा सीपीएमका विकास भट्टाचार्यले टक्कर दिने अपेक्षा छ तर टीएमसीविरुद्धको मत सीपीएमले भाजपासँग बाँड्नुपर्ने हुन सक्छ किनकि यस निर्वाचन क्षेत्रमा भाजपाको उपस्थिति बढिरहेको छ । डायमन्ड हार्बरमा फुआद हलिमले ममता बनर्जीका विवादास्पद भतिजा अभिषेक बनर्जीलाई कडा टक्कर दिने अपेक्षा छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

सीपीएमप्रति सहानुभूति राख्नेहरूले यो सम्भाव्यतालाई स्वीकार गर्न सकिरहेका छैनन् । पश्चिम बंगालमा ३४ वर्षसम्म एकछत्र राज गरेको सीपीएम यस्तो स्थितिमा आउन सक्छ भनी कसले सोचेको थियो ? 


Advertisment
Nabil box
Kumari

मार्च महिनामा सीपीएमका विधायक खगेन मुर्मु भाजपामा प्रवेश गरे र उनी अहिले पार्टीका तर्फबाट माल्दा उत्तरमा उम्मेदवार छन् । अन्य दल जस्तो सीपीएम सदस्यहरूले राजनीतिक बफादारिता परिवर्तन गर्दैनन् । 

Vianet communication
Laxmi Bank

अलीमुद्दीन स्ट्रीटमा रहेको सीपीएम मुख्यालय यो हप्ता खाली देखिन्थ्यो । विगतमा यस्तो दृश्य देखिँदैनथियो । काँठ इलाका र ग्रामीण क्षेत्रमा सीपीएमको चुनाव प्रचार खासै देखिँदैन । पर्खाल र होर्डिङ बोर्डमा भाजपा र तृणमूल कांग्रेसको पकड छ । पार्टीको पत्रिका गणशक्तिलाई पर्खालमा टाँस्ने काम पाएका कार्यकर्ताहरू स्वयंले भाजपाका लागि काम गरेको स्वीकारेका छन् । 

अघिल्लो साता पूर्व मुख्यमन्त्री बुद्धदेव भट्टाचार्यले आफ्ना पार्टीका सदस्यलाई भाजपाको आगोमा फाल नहान्न चेतावनी दिए । 

‘त्यसको खतरा छ । हाम्रो दलमा अतिक्रमण भएका छन् । हामीले यस्ता परिस्थितिलाई परिवर्तन गर्नुपर्छ । तृणमूलको तातो कराहीबाट भाजपाको आगोमा हाम्फाल्नु राम्रो कुरा हो र ?’ भट्टाचार्यले सोधे । 

कांग्रेस समेतले साह्रै खराब प्रदर्शन गरियो भने पनि चारवटा सीट जित्ने अपेक्षा गरेको छ र त्यसभन्दा अलिक बढी जित्ने आशा पालेको छ । तर सीपीएममा त त्यति पनि आशा छैन । 

सीपीएमका केन्द्रीय कमिटी सदस्य मृदुल देले पार्टी अहिलेको भन्दा राम्रो अवस्थामा रहने दाबी गरे । तर उनले पार्टीले बढी सीट जित्ने भन्दा पनि भोट शेयर बढ्ने अपेक्षा गरेका छन् । सन् २०१४ मा प्राप्त भारी असफलताबाट पार्टीले पाठ सिकेको उनको भनाइ छ ।

टीएमसी र भाजपाबीच पश्चिम बंगालमा कडा संघर्ष भइरहेपनि देले तर्क गरे, ‘यी दुई दलले धेरै सीटका लागि एकअर्कासँग सम्झौता गरेका छन् ।’

तर उनको भनाइलाई कसैले पत्याएको देखिँदैन किनकि भाजपाले बंगालबाट टीएमसीलाई हटाउने नै लक्ष्य लिएको छ । 

‘यी दुई दलले साम्प्रदायिकताका लागि प्रतिस्पर्धा गरिरहेका छन्,’ देले भने, ‘सन् २०१४ देखि राष्ट्रिय स्वयंसेवक संघले पश्चिम बंगालमा आफ्नो उपस्थिति बढाएको छ । विगत दुई वर्षमा हामीले साम्प्रदायिक हिंसाका ससाना घटना देखेका छौं ।’

सीपीएम नेताले थपे, ‘ममता बनर्जीको शासनमा टीएमसी सरकारले हाम्रा कार्यकर्ताविरुद्ध ८४ हजारभन्दा बढी झूटा मुद्दा दायर गरेको छ ।’

द टाइम्स अफ इन्डिया
 

hAMROPATRO BELOW NEWS
TATA Below
पुस २७, २०८०

अमेरिका र बेलायतका सेनाले बिहीवार यमनको हुथी नियन्त्रित कैयौं क्षेत्रहरूमा हवाई हमला शुरू गरेका छन् । लाल सागर (रेड सी) हुँदै सामान ओसारपोसार गर्ने कमर्सियल जहाजमाथि पटक-पटकको ड्रोन हमला तत्काल रोक्न...

कात्तिक २३, २०८०

सिरियाको पूर्वी प्रान्त देइर अल–जोरमा मध्यरातपछि अमेरिकी हवाई आक्रमणमा परी कम्तीमा नौ जना लडाकू मारिएका छन् ।  सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सका अनुसार अमेरिकी लडाकु विमानले देइर अल–जो...

कात्तिक २८, २०८०

चिनियाँ राष्ट्रपति सी चिनफिङ अमेरिका प्रस्थान गरेका छन् । चीन–अमेरिका भ्रमणका लागि उनी मंगलवार अमेरिका प्रस्थान गरेका हुन् । भ्रमणका क्रममा उनले चीन र अमेरिकाका नेताबीचको बैठक र ३० औं एपेक आर्थिक न...

कात्तिक १७, २०८०

सोउल– उत्तर कोरियाले दूतावास बन्द गर्ने हालैको शृङ्खला आफ्नो बाह्य सम्बन्ध सुधार गर्नका लागि ‘नियमित मामिला’ भएको स्पष्ट पारेको छ । दक्षिण कोरियाले आर्थिक सङ्कटका कारण दूतावास बन्द गरेको दाबी गर...

कात्तिक १७, २०८०

पाकिस्तानको क्वेटामा सुरक्षाकर्मीको एउटा समूहमाथि शुक्रबार आक्रमण हुँदा कम्तीमा १४ सैनिकको मृत्यु भएको छ । घटनाबारे बलुचिस्तान प्रान्तका एक वरिष्ठ सरकारी अधिकारी सइद अहमद उमरानीले एएफपीसँग भने, “तटीय ...

मंसिर १६, २०८०

पेट्रो चीनको शाखा चाङ्छिङ तेल क्षेत्रले उत्तरपश्चिम गान्सु प्रान्तको ह्वान्सियान काउन्टीमा १० करोड टनभन्दा बढी भूगर्भीय भण्डार भएको तेल क्षेत्र फेला पारेको छ। हालसम्म चाङ्छिङ आयलफिल्डले यस क्षेत्रमा ५०.२४ मिलियन टनको...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x