×

NMB BANK
NIC ASIA

सिसाखानीमा खानेपानीको सङ्कट, स्थानीय भन्छन्- एक गाग्री पानीको पालो कुर्दा बिहान बित्छ

जेठ १, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

बागलुङ- हिउँद लाग्यो कि बडिगाड गाउँपालिका–३ सिसाखानीवासीलाई पिरलो थपिन्छ । खोनेपानीको जोहो कसरी गर्ने ? एक गाग्री पानीको पालो कुर्दा बिहानको समय बित्छ । बस्ती डाँडामा छ । नजिकमा पानीको मुहान छैन ।

Muktinath Bank

भएका सामूहिक धारा गाउँको तल छन् । तिनमा पनि बिहान र बेलुका छोटो समय पानी खस्छ । गृहिणीहरू डोकोमा गाग्री बोकेर धारामा धाउँछन् । घण्टौं कुरेर खोनेपानीको जोहो गर्छन् । कष्ट व्यहोर्दै घर फर्कन्छन् । सिसाखानीमा खानेपानीको सङ्कट आजको भने होइन । वर्षौंदेखि गाउँलेले खानेपानीको समस्या झेल्दै आएको स्थानीयवासी शेरबहादुर श्रीसले बताए । 'पानी अभाव हुँदा खाना पकाउनदेखि शौचालय जानसम्मलाई समस्या छ,' उनले भने ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

खानेपानीको समस्याले वडा कार्यालय, विद्यालय, स्वास्थ्य चौकीलगायत सार्वजनिकस्थल पनि प्रभावित छन् । माइन गाउँ, किम्ले, घोरलचिरे, भुसखाने डाँडा गुहेश्वरी र माझ गाउँमा खानेपानीको बढी समस्या छ । यही वर्ष सडक सञ्जाल पुगेको सिसाखानीमा अहिले मुख्य समस्याका रूपमा खानेपानी छ । 'सडक आयो, अब हामीलाई खानेपानीको सुविधा चाहिएको छ,' स्थानीय सीता श्रीसले भनिन् । खानेपानी अभावले गृहिणीको दैनिकी बढी कष्टकर बनेको उनको भनाइ छ ।


Advertisment
Nabil box
Kumari

खानेपानी नहुँदा शिक्षक, विद्यार्थीले घरबाटै पिउने पानी लिएर आउनुपर्ने बाध्यता रहेको सिसाखानी माविका प्रधानध्यापक होमबहादुर घर्तीले बताए । उनका अनुसार पानी अभावमा विद्यालय परिसर र शौचालयको सरसफाइमा पनि समस्या निम्तने गरेको छ । वर्षामा खानेपानीको समस्या केही कम हुने गरे पनि सुख्खायाममा बढी अभाव झेल्नु परेको छ । सिसाखानीको अर्को दुर्गम बस्ती स्याहालामा पनि खानेपानीको चरम समस्या छ । 

Vianet communication
Laxmi Bank

खानेपानीको समस्या समाधानका लागि सङ्घीय र प्रदेश सरकारले बजेटमा सम्बोधन गर्नुपर्ने वडाध्यक्ष खड्ग पुनले बताए । 'सानो आयोजनाले गाउँभरिको माग धान्दैन,' उनले भने, 'ठूलो बजेटको आयोजना चाहिन्छ ।' गाउँपालिका र प्रदेश सरकारको सहयोगमा खोलाको पानी बस्तीमा पुर्‍याउन ‘लिफ्ट’ प्रविधिको आयोजना शुरू गरिएको उनको भनाइ छ । आगामी वर्ष सञ्चालनमा आउने उक्त आयोजनाले पनि सबै ठाउँमा खानेपानीको सुविधा नपुग्ने जनाइएको छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक २१, २०८०

पाल्पामा दुईवटा खोलामा डुबेर मंगलवार दुई जनाको ज्यान गएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ मा रहेको तिनाउ खोलाको ड्याममा डुबेर घुम्न आएकी भारतीय युवती महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाक...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x