सुदूरपश्चिम प्रदेश सभाको बजेट अधिवेसन शुरू

जेठ १, २०७६

धनगढी- सुदूरपश्चिम प्रदेश सभाको चौठौं तथा बजेट अधिवेसन बुधवारदेखि सुरु भएको छ । सभामुख अर्जुन बहादुर थापाले प्रदेश प्रमुख मोहनराज मल्लले पठाएको पत्र पढेर अधिवेसनको शुरू गरेका थिए ।

वैशाख १२ गते संसदको तेस्रो अधिवेसन अन्त्य भएको थियो । बैठकको विशेष समयमा ५ जना प्रदेश सभा सदस्यहरूले बोलेका थिए । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का प्रमुख सचेतक तारालामा तामाङ, प्रदेश सदस्य वीरमान चौधरी र कुन्ती जोशीले धारणा राखेका थिए ।


ADVERTISEMENT

प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका रणबहादुर रावल र भरत बहादुर खड्काले धारणा राखे । भने राजपाबाट मालामती रानाले धारणा राखेकी थिईन् । प्रतिपक्षीले विशेष समायमा सरकारले काममा गति दिन नसकेको आरोप लगाएका छन् ।

जनअपेक्षा अनुसार काम गर्न नसकेको बताउँदै उनीहरुले पुराना गतिविधी दोहो¥याउन नहुने सुझाव प्रदेश सरकारलाई दिएका छन् । सत्तारुढ दलका सांसदहरूले त्यसको बचाउ गरेका थिए । यसैबीच उद्योग पर्यटन बन तथा वातावरण मन्त्री माया भट्टले प्रादेशिक औधोगिक व्यवसाय सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक टेबल गरेकी थिईन ।

जेठ १, २०७६ मा प्रकाशित

लखन चाैधरी

लखन चौधरी लोकान्तरका लागि प्रदेश नम्बर ७ का प्रतिनिधि हुन् । 

लेखकबाट थप...

प्रतिक्रिया दिनुहोस