अज्ञात व्यक्तिद्वारा २० वर्षीया युवतीमाथि एसिड प्रहार

जेठ १, २०७६

काठमाडौं– अज्ञात व्यक्तिले काठमाडौंको कालोपुलमा एक युवतीमाथि एसिड प्रहार गरेका छन् । २० वर्षीय ती युवतीमाथि अपरिचित व्यक्तिले कालोपुलमा एसिड छ्यापरे भागेको प्रहरीले बताएको छ । 
एसिड लागेर युवती चिच्याउन थालेपछि वरीपरिका स्थानीयले उद्दार गरेर अस्पताल पठाएका थिए । 
महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता डीएसपी होविन्द्र बोगटीले युवतीको ओम अस्पतालमा उपचार भइरहेको जानकारी दिँदै एसिड प्रहार गर्नेको खोजीकार्य भइरहेको जानकारी दिए । 
उनका अनुसार युवतीको शरीरका विभिन्न भाग एसिडले जलेको छ । 
 


ADVERTISEMENT

जेठ १, २०७६ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा समाचार