×

NMB BANK
NIC ASIA

मुख्य समाचार

नेकपाको विवाद सार्वजनिक मञ्चबाटै छताछुल्ल, अटेरी मालपोत हाकिम कारबाहीमा

जेठ २, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडाैं-प्रधानमन्त्री केपी शर्मा ओली भियतनाम र कम्बोडियाको एक साताको औपचारिक भ्रमण पूरा गरी बुधबार स्वदेश फर्किएका छन् । समाजवादी गणतन्त्र भियतनामका प्रधानमन्त्री गुएन सुआन फुकको निमन्त्रणामा गत वैशाख २६ देखि ३० वैशाखसम्म भियतनाम र त्यसपछि कम्बोडियाका प्रधानमन्त्री सम्देह अक्का मोह सेना पडेइ टेको हुन सेनको निमन्त्रणामा कम्बोडिया भ्रमण सकेर उनी स्वदेश फर्किएका हुन् ।  सो अवसरमा नेपाली सेनाको एक टुकडीले प्रधानमन्त्री ओलीलाई सलामी अर्पण गरेको  थियो .।    
    प्रधानमन्त्री ओलीलाई त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्षमा सभामुख कृष्णबहादुर महरा, उपप्रधानमन्त्री ईश्वर पोखरेल, गृहमन्त्री रामबहादुर थापा, नेकपा संसदीय दलका उपनेता सुुवास नेम्बाङ  र उच्चपदस्थ कर्मचारीले स्वागत गरेका थिए ।  

Muktinath Bank

गैह्रसंसदीय शब्द प्रयोग नगरेको दाबी
    यसैबीच स्वदेश पर्किएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले संसद्मा आफूले गैह्रसंसदीय शब्द प्रयोग नगरेको बरु अरुले प्रयोग गरेका उत्ताउला, अमर्यादित र असंसदीय शब्द सभामुखले अभिलेखबाट हटाएको दाबी गरेका छन् । 
उनले संसद् मर्यादित थलो भएकाले यसको मर्यादा राख्नुपर्छ भन्नेमा आफू स्पष्ट रहेको जनाउँदै भने, “विगतमा सामन्ती संस्था हुँदा त्यसको मर्यादा राख्नुपर्छ, त्यसको मर्यादा राख्नुपर्छ भन्नेहरु  अहिले गणतन्त्रका आधारभूत संस्था र राज्यका सर्वाेच्च निकायमाथि अपमान हुँदा चुप लागेका छन् । मुलुकको सर्वाेच्च संस्थालाई अपमान गरेर बहादुरी ठान्ने प्रवृत्ति गणतन्त्रमाथिको हमला हो । यो अनाहक र अनुचित ढङ्गले आएको छ ।”
    
    सरकारको आर्थिक वर्ष २०७६÷७७ को नीति कार्यक्रममाथि सांसद्ले उठाएको प्रश्नमाथि प्रतिनिधिसभामा  जवाफ दिने क्रममा गत वैशाख २४ मा प्रधानमन्त्री ओली र प्रमुख प्रतिपक्षी सांसद्बीच दोहोरी चलेको थियो । सभामुख कृष्णबहादुर महराले वैशाख २७ गतेको बैठकमा सो क्रममा प्रयोग भएका सबै असंसदीय अभिव्यक्ति अभिलेखबाट हटाउन सचिवालयलाई निर्देशन दिएका थिए ।  राष्ट्रपति विद्यादेवी भण्डारीले वैशाख २० गते नीति तथा कार्यक्रम प्रस्तुत गर्दा प्रयोग भएको ‘मेरो सरकार’ शब्दावलीप्रति कतिपय विपक्षी सांसद्ले व्यङ्ग्य गरेकामा प्रधानमन्त्री ओलीले त्यसो गरिनु अशोभनीय भएको बताएका थिए । 
    
    संसद्मा हालै दर्ता भएका केही विधेयकमा उठेका प्रश्नबारे प्रधानमन्त्री ओलीले नेपाली समाजलाई आधुनिक, विकसित र सभ्य बनाउन समाजले कानूनको आफैँ परिपालना गर्ने अभ्यासमा जानुपर्नेमा जोड दिँदै उनले सरकारले अघि सारेका विधेयकमा संसद्मा छलफल हुनुपूर्व बाहिर फरक रुपमा व्याख्या वा दस्तावेज च्यात्ने कार्य ठीक नभएको बताए । ती विधेयकलाई संसद्ले यथोचित रुपमा पारित गर्ने विश्वास उनले व्यक्त गरे ।  सरकारले हालै राष्ट्रियसभामा दर्ता गराएको मिडिया काउन्सिल विधेयकबारे नेपाल पत्रकार महासङ्घले विरोध गर्दै आएको छ ।
        
पार्टी एकीकरणको बाँकी काम पूरा हुने 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

    नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का नेताहरुले मदन भण्डारी र जीवराज आश्रितको स्मृति दिवसका दिन पार्टी एकीकरणका बाँकी कार्य पूरा गरी अन्तिम घोषणा गरिने बताएका छन् । युवा सङ्घ नेपालको २९औँ स्थापना दिवसका अवसरमा राजधानीमा आयोजित एक समारोहमा सहभागी नेताहरुले तीन गते नटुङ्गिए जेठ महीनाभित्रमा भने नयाँ सन्देश जाने कार्यकर्तालाई विश्वास दिलाए । 


Advertisment
Nabil box
Kumari

    पार्टी एकीकरण घोषणा भएको एक वर्ष पुग्नै लाग्दा एकता प्रक्रिया टुङ्गोमा नपुगेको भन्दै कार्यकर्ताले चासो लिइरहेका बेला नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जिल्ला कमिटीबाट ढोका उघारिसकिएकाले एकीकरण टुङ्गिने कुरामा कार्यकर्तालाई आश्वस्त पारे । 

Vianet communication
Laxmi Bank

    अघिल्लो वर्ष जेठ ३ गते स्मरण गर्दै उनले भने, “अहिले पनि हाम्रो कोशिश छ, ३ गते सबै घोषणा गरिदिउँ, भएन भने टेन्सन नलिनुहोला ४, ५ वा ६ गते होला केही फरक पर्दैन हामी टुङ्ग्याउँछौँ, यो कुरामा तपाईंहरु विश्वस्त हुनुहोस् । यदि तपाईंहरुले जोड गर्नुभयो भने युवाको चाहिँ आगामी जेठ ३ गते गते सक्न पनि सकिन्छ ।” युवाको भावना आफूले बुझेकाले बिहीबार बिहान सम्भवतः बैठक बस्ने जानकारी गराउँदै उनले चाँडै नै जनसङ्गठनको एकीकरण सक्नेमा आफ्नो जोड रहने बताए । 

    राष्ट्रको आवश्यकता, कम्युनिष्ट आन्दोलन र जनताको भावनाको सम्मान गर्दै अध्यक्ष दाहालले ऐतिहासिक आवश्यकतालाई सम्बोधन गर्न नेतृत्वद्वारा गरिएकोे ऐतिहासिक पहल कदमीबाट पार्टी एकता भएको स्मरण गरे । 

    वर्ग समाज रहेसम्म दुई विचार कायमै रहने भएकाले परिवर्तन र विचारको शुद्धताका नाममा पार्टीलाई एकपछि अर्काे शृङ्खलाबद्ध ढङ्गले विभाजनतर्फ लाने र एक्लै भए पनि म सही छु भनेर दम्भ गरिराख्ने हानिकारक प्रवृत्तितर्फ युवा सचेत हुनुपर्नेमा उनले जोड दिए । 

    नेकपाका वरिष्ठ नेता माधवकुमार नेपालले कम्युनिष्टको भरपर्दाे शक्ति नै युवा भएको स्मरण गर्दै कम्युनिष्ट आन्दोलनलाई कसरी जोगाउने भन्नेतर्फ ध्यान दिन युवालाई आग्रह गरे ।  देशले सामाजिक न्यायसहितको समृद्धि चाहेको उल्लेख गर्दै नेता नेपालले विश्वमै नेपालको समाजवादी आन्दोलन बलियो र सु–संस्कृत रहेको जिकिर गरे । 

    
    नेकपाका अर्का नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले समाजवादी क्रान्तिको नयाँ युगमा प्रवेश गरिसकेकाले समाजवादी लोकतन्त्रलाई संस्थागत गर्दै राष्ट्रियता सुदृढ बनाएर सीमाको रक्षा र सुशासन कायम गरी सामाजिक आर्थिक रुपान्तरणमा लाग्नुपर्नेमा जोड दिए । 
    उपप्रधानमन्त्री तथा नेकपाका नेता ईश्वर पोखरेलले दुई सङ्गठन एक हुने सङ्घारमा रहेको उल्लेख गर्दै छिट्टै एकता भएको सुन्ने अपेक्षा रहेको बताए । 
उनले  पार्टी नयाँ ढङ्गले अघि बढ्न खोज्दै गर्दा विचारमा स्पष्टता हुनु जरुरी रहेको बताउँदै शृङ्खालाबद्ध कमिटी प्रणालीको विकास गर्न नसके विश्वका अन्य कम्युनिष्टको जस्तै दुर्भाग्य भोग्न सक्ने चिन्ता प्रकट गरे । 

    नेकपाका महासचिव विष्णु पौडेलले गणतन्त्र स्थापनाका लागि युवाले खेलको भूमिका अविस्मरणीय रहेको उललेख गर्दै पार्टीले एकीकरणका विषयमा निकालेको निष्कर्ष मदनभण्डारी र जीवराज आश्रितको स्मृति दिवसका अवसरमा सार्वजनिक हुने बताए । 

    
राजदूत पाण्डेलाई बु्रनाइको जिम्मेवारी

    राष्ट्रपति विद्यादेवी भण्डारीले मलेसियाका लागि नेपाली आवासीय राजदूत उदयराज पाण्डेलाई ब्रुनाइ दारुसलामका लागि समेत गैह्रआवासीय राजदूतमा नियुक्त गरेकी छिन् ।

    नेपालको संविधानको धारा २८२ (१) बमोजिम मन्त्रिपरिषद्को सिफारिशमा पाण्डेलाई आज नियुक्त गरिएको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।


मरासिनीलाई जरिवाना

उच्च अदालत पाटनले डिल्लीबजार मालपोत कार्यालयका प्रमुख विश्व मरासिनीलाई रु पाँच हजार जरिवाना गर्ने आदेश जारी गरेको छ ।

 उच्च अदालतका न्यायाधीशद्वय मुहम्मद साविर हुसैन र टेकनारायण कुँवरको इजलासले अदालतको आदेशको पाँच पटकसम्म अवज्ञा गरेको हुँदा सो जरिवाना गरेको र सो जरिवाना अदालतमा आफै उपस्थित भएर सात दिनभित्र बझुाउन भनेको छ । 
    
मुद्दासम्बन्धी फाइल पटक÷पटक पत्रचार गर्दासमेत उपलब्ध नगराएपछि अदालतको आदेश अटेर गरेर अवहेलना गरेको ठहर गर्दै जरिवाना गर्ने आदेश आदेशमा उल्लेख छ । आदेशमा पाँच वटा फाइल पटक÷पटक माग गर्दासमेत मालपोत कार्यालयले बेवास्ता गरेको हुँदा न्याय प्रशासन ऐनअनुसार मालपोत कार्यालयका प्रमुख मरासिनीलाई जरिवाना गर्ने निर्णय उच्च अदालतले गरेको हो । 

अदालतले विसं २०७५ को जेठ ६, असार ८, साउन १९, माघ ३, चैत ३ गरी पाँच पटक अदालतको आदेश कार्यान्वयनका लागि पत्र लेखेको तर आदेश कार्यान्वयनामा ध्यान नदिए पनि कारवाही गर्ने निर्णय गरेको आदेशमा उल्लेख छ । 

अध्यक्ष दाहाल र चिनियाँ राजदूत भेट

    नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले शिष्टाचार भेटवार्ता भेट गरेकी छिन् । 

    अध्यक्ष दाहाल निवास खुमलटारमा भएको सो भेटवार्तामा उनीहरुबीच चीनको युनान प्रान्तको कुन्मिन शहरमा हुन गइरहेको ‘साउथ एण्ड साउथ इष्ट एशिया कमोडिटी एक्स्पो एण्ड इन्भेष्टमेन्ट फेयर’ का विषयमा छलफल भएको थियो । भेटमा नेपाल–चीन सम्बन्धका विविधि आयाममा छलफल भएको अध्यक्ष दाहालको सचिवालयले जनाएको छ । 

न्याय माग्दै बुबा  

सर्लाहीकी ५ वर्षीया  आकृतिकुमारी साहका बुबा रामप्रवेशले चिकित्सकको लापरवाहीका कारण छोरीको ज्यान गएको भन्दै उच्चस्तरीय छानबिन गरी न्याय दिलाउन सरकारसँग माग गर्नुभएको छ । 

गत वैशाख २३ गते गौरैता नगरपालिका–१० सिसौटियाकी आकृतिकुमारीको शहीद गङ्गालाल राष्ट्रिय हृदय केन्द्रमा मुटुको शल्यक्रिया गर्ने क्रममा मृत्यु भएको थियो । ‘ओ’ पोजेटिभ रगत भएकी आकृतिलाई ‘ए’ पोजेटिभ रगत चढाएका कारण उनको मृत्यु भएको रामप्रवेशको आरोप छ । उनले न्याय नपाएको गुनासो गरे । उनले भने, “दिनहुँ न्याय खोज्दै विभिन्न सरकारी निकायमा धाउँदै आएको छु, न्याय पाउन सकेको छैन ।”

छोरीको शल्यक्रिया गर्नुपूर्व दुवै मिर्गाैला ठीक रहेको तर शल्यक्रियापछि दुवै मिर्गौलाले काम गर्न छोडेको रिपोर्ट चिकित्सकले देखाएको रामप्रवेशको आरोप छ । 

घोचपेचमै उत्रिए प्रचण्ड र पोखरेल

एकताको झन्डै एक वर्ष पुगिसक्दा पनि वैचारिक दिशा तय गर्न नसकेको भन्दै नेकपाभित्र विवाद बढेको छ । नेताहरूबीचको विवाद बुधबार सार्वजनिक मञ्चबाटै छताछुल्ल भएको छ । आउँदो शुक्रबार एकता दिवस मनाउने तयारीमा रहेको नेकपाका अध्यक्ष पुष्पकमल दाहाल र सचिवालय सदस्य ईश्वर पोखरेलबीच बुधबार युवासंघको मञ्चमा चलेको घोचपेचले आन्तरिक विवादलाई सतहमा ल्याइदिएको छ ।

नारायणकाजी श्रेष्ठ, घनश्याम भुसाललगायतले पार्टीको कार्यशैली र वैचारिक कार्यदिशामाथि यसअघि नै पटकपटक प्रश्न उठाएका थिए ।

पार्टी सञ्चालन शैलीप्रति आन्तरिक रूपमा असहमति राख्दै आएका उपप्रधानमन्त्री पोखरेलले बुधबार सार्वजनिक मञ्चबाटै वैचारिक रूपमा पार्टी स्पष्ट नहुने हो भने तासको महलझैं ढल्न सक्ने चेतावनी दिए ।

‘विचारमा स्पष्ट नभएको कम्युनिस्ट पार्टीले दुनियाँमा दुर्भाग्यको स्थिति भोग्नुर्पयो, हामी त्यो दुर्भाग्य भोग्न चाहन्नौं, हामीले विचारमा स्पष्ट भएको कम्युनिस्ट पार्टी चाहेका हौं,’ उनले भने, ‘हामीले संसारभर देख्यौं, कम्युनिस्ट पार्टीेहरूले ठूल्ठूला बलले राज्यसत्ता कब्जा गरे । शासनसत्ता सञ्चालन गरे । कुनै पनि पुँजीवादीको एउटा पनि गोली नलागी तासको महलझैं ढले । हाम्रो कम्युनिस्ट पार्टी कुनै हालतमा त्यस्तो हुनुहुन्न । हामी सबैले खबरदारी गर्नुपर्ने जरुरी छ ।’


वैचारिक रूपमा स्पष्ट नभएको पार्टीले कार्यभार पूरा गर्न नसक्ने उल्लेख गर्दै पोखरेलले झन्डै आधा घण्टा निकै आक्रामक अभिव्यक्ति दिएपछि अध्यक्ष दाहालले झन्डै १५ मिनेटसम्म त्यसको जवाफ दिए । वैचारिक आधारबिनै पार्टी एकता भयो र कुनै राजनीतिक दिशा छैन भन्ने भ्रम नपाल्न उनले आग्रह गरे । ‘हामीले यो सिद्धान्त, यो विचार भनेर धेरै माथापच्ची गरेको भए पार्टी एकता हुने थिएन, यो सरकार बन्ने थिएन । त्यसैले यो एकतामा नेतृत्व र विचार दुवैको भूमिका थियो,’ दाहालले भने, ‘विचारको कुनै भूमिका थिएन भन्ने ठानियो भने गलत हुन्छ ।’ कान्तिपुर दैनिकमा खबर छ । 

विधेयक फिर्ता गर्न माग
 
प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसले सरकारले संविधानको प्रावधान, व्यवस्था तथा भावनाको प्रतिकूल हुनेगरी केही विधेयकहरू संसद्मा दर्ता गरेको आरोप लगाउँदै त्यस्ता विधेयक फिर्ता लिन माग गरेको छ । काङ्ग्रेस संसदीय दलको बैठकले सरकारले संविधानको प्रतिकूल हुने गरी मन्त्रिपरिषद्ले निर्णय गरी विभिन्न विधेयकहरू सङ्घीय संसद्मा दर्ता गरेको भन्दै आपत्ति प्रकट गरेको हो । 
 
काङ्ग्रेस सभापति एवं संसदीय दलका नेता शेरबहादुर देउवाको अध्यक्षतामा बसेको बैठकले संविधानमा व्यवस्था भएको पूर्ण प्रेस स्वतन्त्रताको प्रतिकूल हुनेगरी सरकारले ‘नेपाल मिडिया काउन्सिलसम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक’ संसद्मा दर्ता गरेको भन्दै उक्त विधेयकले प्रेस स्वतन्त्रतालाई कुण्ठित गर्ने आशय बोकेको निष्कर्ष निकालेको छ ।
उकालो लाग्दै शेयर बजार

    मङ्गलबार दोहोरो अङ्कले वृद्धि भएको शेयर बजार बुधबार पनि उकालो लाग्नेक्रम जारी रह्यो । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार मापक नेप्से ५.५५ बिन्दुले बढेर एक हजार ३२१ बिन्दुमा पुगेको छ । 

    यस्तै ठूला कम्पनीको शेयर मापन गर्ने सेन्सेटिभ परिसूचक २.१५ बिन्दुले बढेर २८२.२५ बिन्दुमा पुगेको छ । स्टकका अनुसार बुधबार १७२ कम्पनीका ४० लाख ४३ हजार १५७ कित्ता शेयर रु एक अर्ब ३३ करोड तीन लाख १४ हजार २४७ मा खरिद बिक्री भए । कारोवार भएका १२ उपसमूहमध्ये छ उपसमूहको शेयर बढे भने छ उपसमूहको शेयर घटे । बैंकिङ ९.८६, व्यापार १०.५६, विकास बैंक २५.९९, वित्त १.९५, अन्य ८.१२, लघुवित्त ०.१३ बिन्दुले वृद्धि हुँदा होटल ३४.१९, जलविद्युत् ७.२६, निर्जीवन बीमा ३८.४९, उत्पादन ५९.७४, जीवन बीमा १७.८४ र म्युचुअल फन्ड ०.०४ बिन्दुले घट्यो । 

    नेपाल कम्युनिटी विकास बैंकका शेयरधनीले ७.९७, विशाल बजार कम्पनी ७.७९, ग्रीन डेभलपमेन्ट बैंक ६.७३, रिलायन्स फाइनान्स ६.६१ र कृषि विकास बैंकका शेयरधनीले ५.२९ प्रतिशतले कमाए भने हिमालयन डिष्टिलरी लिमिटेडका शेयरधनीले ६.०३, ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था ५.५२, सिभम सिमेन्टस् ४.७६, नेपाल सेवा लघुवित्त वित्तीय संस्था ४.३७ र नयाँ नेपाल लघुवित्त विकास बैंकका शेयरधनीले ३.९२ प्रशितले गुमाए । 

 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x