×

NMB BANK
NIC ASIA

औद्योगिक विकास

सेजमा भारत निर्यात हुने ढुंगाको ढकनी उत्पादन शुुरू, थपिँदै उद्योग

जेठ २, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

बुुटवल – लामो समयको अल्झनपछि ५ नम्बर प्रदेशको एक मात्र भैरहवा विशेष आर्थिक क्षेत्र (सेज) मा उत्पादन शुुरू भएको छ ।

Muktinath Bank

सेजमा स्थापित शक्ति मिनरल्स प्रालिले पहिलो उत्पादन शुुरू गरेको हो । विदेश निर्यात गर्ने उद्देश्यसहित सेजमा उत्पादन थाल्ने शक्ति मिनरल्स पहिलो उद्योग बनेको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

११ महिनाअघि स्थापना भएको उद्योगले सञ्चालनको क्रममा सेज ऐन र आर्थिक ऐनबीच मेल नखाँदा समस्या झेल्नुपरेको थियो ।


Advertisment
Nabil box
Kumari

सेजले उत्पादन शुरू गरेपछि उद्योगी व्यवसायीहरू उत्साहित भएका छन् । शक्ति मिनरल्सको उद्योग वाणिज्य तथा आपूूर्तिमन्त्री मातृका यादवले उद्घाटन गरे । सेजमा अन्य स्थापना भएका उद्योग पनि सञ्चालनको अन्तिम तयारीमा पुुगेका छन् । 

Vianet communication
Laxmi Bank

सरकारले घोषणा गरेका विशेष आर्थिक क्षेत्रमध्ये भैरहवास्थित सेजलाई नमूनाका रूपमा अगाडि बढाइएको छ । ५२ बिघा क्षेत्रफलमा फैलिएको भैरहवाको सेजभित्र ४२ वटा उद्योग रहनेछन् । नेपाल–भारत सीमाभन्दा झण्डै १० किलोमिटरको दूरीमा रहेको छ । सेजबाट उत्पादित ६० प्रतिशत सामग्री विदेश निर्यात गर्नुुपर्ने व्यवस्था छ । सेजका प्रवक्ता सुन्दर थापाले यसै आर्थिक वर्षभित्र अन्य ५ वटा उद्योगले पनि उत्पादन थाल्ने बताए ।

एस प्लास्टिक, स्टानेट स्टील, एलइडी लाइट र नानो हर्बलले यसै वर्ष उत्पादन शुरू गर्ने गरी काम भइरहेको थापाले बताए । उद्योगमा २२ वटा उद्योग सञ्चालनको अनुुमति लिइसकेका छन् ।

सेजमा बढीजसो खाद्य तथा कृषिजन्य, हर्बल, छाला, तयारी पोशाक, गलैंचा, ऊनी, पस्मिना, रेशम, हाते कागज उद्योग हुनेछन् । शक्ति मिनरल्स प्रालिका अध्यक्ष विनोदकुमार श्रेष्ठले ४० करोड लगानीमा स्थापना गरिएको उद्योगले नेपालमा खनिज पदार्थ प्रशोधन गर्ने पहिलो उद्योगका रूपमा रहने र यसले स्वदेशी कच्चा पदार्थबाट स्टील्सका लागि आवश्यक पर्ने फ्लक्स उत्पादन गरी भारत तथा अन्य विदेशी मुलुकमा निर्यात गर्ने बताए । फ्लक्स भनेको फलामजन्य उद्योगहरूको भट्टीमा चाहिने ढुंगाबाट बनेको ढकनी हो । यसले पग्लिएको फलाम चुहिएर बाहिर जानबाट रोक्छ । उद्योगमा १ सय ५५ जनाले प्रत्यक्ष र ५ सय जनाले अप्रत्यक्ष रोजगारी पाएको श्रेष्ठले बताए ।

५२ विगाहमा फैलिएको विशेष आर्थिक क्षेत्र (सेज) मा ६९ वटा प्लट रहेको छन् । ४० करोडको लागतमा सेजमा ८ वटा प्लट लिएर उद्योग सञ्चालनमा आएको छ । उद्योगले स्टील उद्योगको भट्टिमा आवश्यक पर्ने ढकन बनाउने काम गर्दछ । चुनढुंगालाई कच्चा पदार्थ बनाएको उद्योगले विशेषगरी स्टील उद्योगको भट्टि आवश्यक पर्ने बिर्को (ढकन) बनाउने काम गर्दछ । यसको बजार भनेको भारत हो ।

सेजमा अहिले विद्युुत्को समस्या समाधान भएको छ । विद्युुत् प्राधिकरणका कार्यकारी निर्देशक कुुलमान घिसिङले सेजलाई आवश्यक पर्ने विद्युत् उपलब्ध गराउने प्रतिबद्धता समेत व्यक्त गरेको थापाले जानकारी दिए ।

सेजको अवधारणाले उत्पादनमा आत्मनिर्भरता बढाउँदै व्यापार घाटा कम गर्न निकासीमा जोड दिन्छ । त्यही कारण विशेष आर्थिक क्षेत्रमा ६५ प्रतिशत निकासीजन्य उद्योग मात्र सञ्चालन हुने प्रावधान छ । उत्पादनमा परनिर्भरता चुलिएको अवस्थालाई मध्यनजर गर्दै भारतीय बजार लक्षित हुने गरी विशेष आर्थिक क्षेत्र सञ्चालन गर्ने अवधारणा ल्याइएको हो । 

विशेष आर्थिक क्षेत्रमा स्थापना हुने उद्योगले अतिरिक्त सुविधा पाउँछन् । स्थापनाको ५ वर्षसम्म कर तिर्नुपर्दैन, त्यसपछिका ५ वर्ष ५० प्रतिशत मात्र कर तिर्दा पुग्छ । मालसामान निर्यात र कच्चा पदार्थ आयातमा भन्सार महसूल लाग्दैन । विशेष आर्थिक क्षेत्रमा लोडसेडिङ समेत नहुने व्यवस्था हुँदा ऊर्जा संकट व्यहोर्नुपर्दैन ।

विशेष आर्थिक क्षेत्रमा राजनीतिक बहानामा आन्दोलन, हड्ताल निषेध गरिएको हुँदा औद्योगिक वातावरण पनि राम्रो हुन्छ । उद्योगलाई पहिलो वर्ष ५०, दोस्रो वर्ष ४० र तेस्रो वर्ष २५ प्रतिशत घरबहाल करमा छूट समेत दिने व्यवस्था छ । मन्त्री यादवले निर्यातमुखी उद्योगलाई प्राथमिकता दिइने बताए ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x