पम्फा भुसाल भन्छिन्- धूँवाधूलोको विषयमा गम्भीर छु, कालोपत्रे हुन्छ

फाइल फोटो
जेठ २, २०७६

काठमाडौं– ललितपुरको चापागाउँ, ठेचो, सुनाकोठीलागयतका क्षेत्रमा धूलो र धूँवाले समस्या भोगेका जनताको विषयमा आफू गम्भीर भएको ललितपुर निर्वाचन क्षेत्र नं. २ की सभासद पम्फा भुसालले बताएकी छन् । 

सामाजिक सञ्जाल फेसबूकमा बिहीवार स्टाटस लेख्दै उनले सडक निर्माणको जिम्मा लिएको ४ वर्ष पुगिसक्दा पनि निर्माण व्यवसायी र सम्बन्धित निकायले ध्यान नदिँदा चापागाउँ, ठेचो, सुनाकोठीवासीहरू धूलो र धूँवाले समस्या परेको र यस विषयमा आफू गम्भीर भएकाले छलफल गरिरहेको बताएकी हुन् ।


ADVERTISEMENT

ललितपुर निर्वाचन क्षेत्र नं. १ का सासंद नवराज सिलवाल, निर्वाचन क्षेत्र नं. २ की सासंद पम्पा भुसाल, प्रदेशसभा सदस्य राजकाजी महर्जन, चेतन संजेल र गोदावरी नरपालिकाका मेयर गजेन्द्र महर्जनले सडक विभागमा छलफलपछि कालोपत्रे हुने भएको छ । 

एक महिनाभित्रमा कालोपत्रेको काम काम सकिने गरी बुधवारबाटै काम शुरूआत भएको गोदावरी नगरपालिकाका मेयर गजेन्द्र महर्जनले लोकान्तरलाई बताए । 

स्थानीयले त्यस क्षेत्रमा धुँवाधूलो व्यवस्थापन र कालोपत्रे गर्नुपर्ने माग राख्दै आएका थिए । उनीहरूले अन्य कुरा आफूहरूलाई नचाहिने र सडकको खाल्डाखुल्डी, धूलो र धूँवाको छिट्टै व्यवस्थापन गर्नुपर्ने माग राखेर विगत एक सातादेखि आन्दोलन गर्दै आएका छन् ।


 

जेठ २, २०७६ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस