सचिन तेन्दुलकरले विश्वकपमा बनाएका यी रेकर्ड, जुन तोड्न अति मुश्किल छ

जेठ २, २०७६

एजेन्सी-क्रिकेट विश्वकपको १२ औं संस्करण शुरू हुन अब केही दिनमात्र बाँकी छ । इंग्ल्याण्डमा हुने क्रिकेटको महाकुम्भका लागि सबै टीमहरू तम्तयार छन् । 

यस पटकको विश्वकपमा १० देशले भाग लिनेछन् र खेलाडीहरूको ध्यान उत्कृष्ट प्रदर्शनसँगै पुराना रेकर्ड भंग गर्नेतर्फ हुनेछ । 


ADVERTISEMENT

यसैबीच आज हामी क्रिकेटका महान् खेलाडी सचिन तेन्दुलकरको ती रेकर्डबारे जानकारी दिन गइरहेका छौं, जुन आजसम्म कसैले तोड्न सकेका छैनन् र तोड्न पनि मुस्किल छ । 

सचिनले हालसम्म ६ क्रिकेट विश्वकप (१९९२, १९९६, १९९९, २००३, २००७ र २०११) खेलेका छन् । यस क्रममा उनले रेकर्डको पहाड नै बनाएका छन् । 

सचिनले ५६.९५ को औसतले कुल २ हजार २ सय ७८ रन बनाएका छन् । उनले विश्वकपमा बनाएको रनको नजिक पनि अहिलेसम्म कुनैपनि खेलाडी पुग्न सकेका छैनन् । यस क्रममा सचिनको उच्च स्कोर १५२ थियो जुन उनले सन् २००३ मा नामिबियाविरुद्ध बनाएका थिए । 

सचिनले विश्वकपमा ६ वटा शतक प्रहार गरेका छन् । उनले आफ्नो पहिलो शतक सन् १९९६ मा केन्याविरुद्ध हानेका थिए । 

अर्धशतकको मामिलामा पनि सचिन सबैभन्दा अगाडि छन् । उनले विश्वकपमा कुल १५ अर्धशतक हानेका छन् । यसमा उनले सन् २००३ मा मात्रै ६ अर्धशतक प्रहार गरेका थिए । 

सचिनले सन् २००३ मा खेलिएका ११ खेलमा ६७३ रन बनाएका थिए । जुन एकै प्रतियोगितामा एक जना खेलाडीले बनाएको सर्वाधिक रन हो । 

सचिनले विश्वकपमा बनाएका यी रेकर्डहरू ब्रेक त होलान् तर अति नै गाह्रो भएको क्रिकेट पण्डितहरू बताउँछन् । 

जेठ २, २०७६ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस