×

NMB BANK
NIC ASIA

सालझण्डी-ढोरपाटन सडकखण्ड : ‘घाम लाग्दा धूलो, पानी पर्दा हिलो’

जेठ २, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

बुटवल- रूपन्देहीको सालझण्डीबाट बाग्लुङको ढोरपाटन जोड्ने सडकखण्ड अन्तर्गत पाल्पाको ढुङग्रेदेखि तारीफाँटसम्मको सडकखण्डको ठेकेदार कम्पनीले समयमा काम नगर्दा स्थानीयले सास्ती बेहोर्न बाध्य भएका छन् ।

Muktinath Bank

सालझण्डीदेखि तारीफाँटसम्मको १७ किलोमिटर सडकमध्ये झण्डै ८ किलोमिटर सडक ठेकेदार कम्पनीले ग्राभेल नगर्दा स्थानीयहरू ‘घाम लाग्दा धूलो पानी पर्दा हिलो’ले आजित बनेका छन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

ग्राभेल गर्न बाँकी सडक पाल्पाको रैनादेवी छहर गाउँपालिकाको वडा नम्बर ७ र ८ मा पर्छ । स्थानीय दिलबहादुर गाहाले ठेकेदार कम्पनीले सडक निर्माणमा ढिलासुस्ती गर्दा आफूहरूले ठूलो सास्ती बेर्होन परेको बताए । उनले भने, 'हामी स्थानीहरूले पटक–पटक अनरोध गर्‍यौं । ठेकेदार कम्पनीले कहिलेकाहिँ आउँछ । निर्माण सामग्री पनि यहाँ छैनन् । हामीलाई पर्नु सास्ती पर्‍यो ।’


Advertisment
Nabil box
Kumari

१ सय ९५ किलोमिटरको यो सडकको ट्र्याक खोलिसकेको छ । यो सडक विभिन्न ठेकेदारहरू पार्ट/पार्टको विभिन्न ठेकेदार कम्पनीहरूले ठेक्का लिएका छन् । यो खण्डको बिटी जयबाबा जेभी कन्ट्रक्सन प्रालिले ठेक्का लिएको छ । यो सडक निर्माणको लागि १५ करोड रुपैयाँ बजेट चालु आर्थिक वर्षमा परेको छ । 

Vianet communication
Laxmi Bank

यो सडक भएर दैनिक १ सय ५० भन्दा बढी सवारी साधान पाल्पा, अर्घाखाँची हुँदै ढोरपाटनसम्म पुग्छन् । सडक धुलाम्य र हिलाम्य हुँदा विद्यालय जाने विद्यार्थी र पैदल यात्रु धूलोले चिन्न नसकिने हुन्छन् । 

२०७२ सालदेखि निर्माण थालेर २०७४ सम्म ग्राभेल गरीसक्ने सम्झौता भएपनि ठेकेदारले दुई वर्ष ढिला हुँदासम्म निर्माण कार्यलाई प्रभावकारी नबनाउँदा स्थानीयहरूले समस्या भोग्न बाध्य भएको गाहाको भनाइ छ । 

बिटी जयबाबा जेभी कन्ट्रक्सन प्रालिका सुपरभाइजर बिशाल पौडेलले आफूहरूले भुक्तानी नपाउँदा काम गर्न नसकेको बताए । ‘हामीलाई रकम भुक्तानी भएको छैन । भुक्तानी भएपछि कामलाई तीव्रता दिन्छौं,’ उनले भने । आफूहरूलाई तत्काल २० लाख रुपैयाँ भुक्तानी दिए जेठ महिनाभित्र ग्राभेल गर्न बाँकी सडक वर्षात् अगावै पूरा गर्न सकिने पौडेलले बताए । अर्का स्थानीय विष्णु बहादुर सिंजालीले सडकको धूलो र खाल्डाखुल्डीले रैनादेवी छहराबासीलाई समस्या परेको बताए । हिलो र खाल्डामा पानी जमेर सडक आहलमा परिर्वतन हुँदासमेत ठेकेदार कम्पनीको ध्यान नपुगेको सिंजालीले बताए । अर्का लोकेन्द्र सिंजालीले सडकले सुविधाभन्दा सास्ती थपेको बताए । 
 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x