×

NMB BANK
NIC ASIA

वीरेन्द्रनगरमा 'नो हर्न' कार्यान्वयन फितलो, ट्राफिक प्रहरी भन्छन्- जनचेतना फैलाउँदैछौं

जेठ २, २०७६

NTC
Sarbottam
सांकेतिक तस्वीर
Premier Steels
Marvel

सुर्खेत- जिल्ला ट्राफिक कार्यालय र वीरेन्द्रनगर नगरपालिकाले संयुक्त रूपमा वीरेन्द्रनगर बजार क्षेत्रभित्र हर्न बजाउन नपाउने निर्णय गरेको थियो । तर निर्णय कार्यान्वयन फितलो हुँदा सवारी चालकहरूहरू खुला रूपमा हर्न बजाइरहेका छन् । 

Muktinath Bank

जिल्ला ट्राफिक प्रहरी कार्यालय सुर्खेतको सडक सुरक्षा अभियान अन्तर्गत वैशाख २५ गते बुधवारदेखि 'नो हर्न' लागू गरेको थियो । अझ ट्राफिक प्रहरीले मोटरसाइकलको पछाडि बस्ने व्यक्तिले पनि अनिवार्य रूपमा हेलमेट लगाउनुपर्ने बताएको थियो । यो निर्णय पनि कार्यान्वयन हुन सकिरहेको छैन । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

ट्राफिक दिवसको अवसर पारेर वीरेन्द्रनगर नगरपालिका प्रमुख देवकुमार सुवेदी र सुर्खेतका प्रहरी प्रवक्ता एवम् डीएसपी प्रदिपबहादुर क्षेत्री र केही सवारी चालकहरूले 'हर्न निषेध'को सांकेतिक बोर्ड देखाएर हर्न निषेध गरिएको घोषणा गरेका थिए । ट्राफिक प्रहरी प्रमुख हरिबहादुर बुढा क्षेत्रीले अत्याधिक हर्नका कारण ध्वनि प्रदूषण भएको र जसका कारण विभिन्न रोग लाग्ने खतरा बढेको संकेत गर्दै हर्न निषेध गरिएको दाबी गरेका थिए । 


Advertisment
Nabil box
Kumari

Vianet communication
Laxmi Bank

उनले भनेका थिए, ‘आफू अगाडिको सवारीलाई संकेत दिने भए बिस्तारै सवारी चलाउनुपर्ने भन्दै कोही कसैले पनि हर्न बजाएको भेट्टाए कारवाही गर्नेछौं । मोटरसाइकल दुर्घटनामा हुँदा सुरक्षा हुने कारण पछाडि बस्नेले पनि हेल्मेट लगाउनुपर्छ ।’ उनले ६ महिनासम्म मोटरसाइकलको पछाडि बस्नेहरूलाई पनि हेलमेट लगाउन सचेतना गर्ने र ६ महिनासम्म पनि कार्यान्वयन नभए कारवाहीको प्रक्रिया शुरू गर्ने दाबी गरेका थिए ।

तर वीरेन्द्रनगरको बजार क्षेत्रमा सवारीचालकले पहिलेको जस्तै हर्न बजाउँदै आएका छन् । प्रहरीकै सामु उनीहरू हर्न बजाएर जाने गरेका छन् ।

जिल्ला ट्राफिक कार्यालयका प्रमुख प्रहरी निरीक्षक हरिबहादुर बुढा क्षेत्रीले अहिले आफूहरू अभियानकै क्रममा रहेको दाबी गर्छन् । ‘लागू भएको १० दिन पनि भएको छैन,’ उनले भने, ‘जरिवाना गर्नेभन्दा पनि आफूहरू अहिले जनचेतना अभिवृद्धि गर्ने गरी अघि बढिरहेका छौं ।’ बढी भीडभाड हुने स्थानमा हर्न बजाउन नपाउने उनको भनाइ छ । तर अहिलेपनि नगरको बढी भीडभाड हुने चोकहरूमा, अस्पताल तथा विद्यालयबाहिर सवारी साधनले हर्न बजाइरहँदा प्रहरी मुकदर्शक हुने गरेको वीनपा ६ का स्थानीय रोहित कार्कीले बताए ।

‘प्रहरीकै अगाडि सवारी चालकले मज्जाले हर्न बजाउने गरेका छन्,' उनले भने, ‘नेपालमा निर्णय गर्ने कार्यान्वयन नगर्ने परिपाटीको यो एक जल्दोबल्दो उदाहरण हो । निर्णय कार्यान्वयन नगर्न सकिने भए नगर्नुपर्ने हो ।’

तर ट्राफिक प्रहरी निरीक्षक बुढा क्षेत्री भने अहिले सुरक्षासँग सम्बन्धित जनचेतना फैलाइरहेका कारण एक जनालाई पनि कारवाही नगरिएको बताउँछन् । ‘अस्पताल र विद्यालय अगाडि हर्न बजाएको खण्डमा हामीले तत्काल कारवाही गर्छौं,’ उनले भने, ‘पर्याप्त जनशक्ति नहुँदा पनि हामीलाई समस्या भएको हो । अब आइतवारदेखि कडाइका साथ कार्यान्वयनमा लैजानेछौं ।’ मन्त्रिपरिषदको निर्णयअनुसार हर्न बजाए १५ सय जरिवाना गर्ने निर्णय भएका कारण सोही बमोजिमको कारवाही गर्ने उनको भनाइ थियो ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २१, २०८०

पाल्पामा दुईवटा खोलामा डुबेर मंगलवार दुई जनाको ज्यान गएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ मा रहेको तिनाउ खोलाको ड्याममा डुबेर घुम्न आएकी भारतीय युवती महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाक...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x