‘सिक्स’ लेनमा चलाउन सुविधासम्पन्न १० वटा एसी बस भित्रिए : यात्रुहरूले सहज यात्रा गर्न पाउने

जेठ २, २०७६

बुटवल- बुटवल–बेलहिया ‘सिक्स’ लेनको सडक विस्तार भएसँगै सुविधा सम्पन्न सार्वजनिक गाडीहरू भित्रिने क्रम बढेको छ । यात्रुहरूलाई सहज र सुविधासहितको सेवा प्रदान गर्ने उद्देश्यले भिजन लुम्बिनी लिमिटेडले बुटवल बेलहिया (सुनौली) रूटमा चल्ने गरी सुविधासम्पन्न १० वटा वातावरण अनूकुलित गाडी भित्र्याएको छ ।

ति गाडीहरू बौद्धपूर्णिमा (जेठ ४ गते शनिबार) देखि औपचारिक रूपमा सञ्चालनमा आउनेछन् । भिजन लुम्बिनीका अध्यक्ष जगतबहादुर पोखरेलले बुटवल, भैरहवा, सुनौली, लुम्बिनी, सेमलार रूटमा ति गाडीहरू चल्ने जानकारी दिए ।


ADVERTISEMENT

‘अब यस क्षेत्रको ‘लोकल’ रूटमा यात्रा गर्ने यात्रुहरूले सानो माइक्रोमा खुट्टा खुम्च्याएर यात्रा गनुपर्ने छैन,’ अध्यक्ष पोखरेलले भने, ‘१० करोड रूपैयाँ लगानीमा भिजन लुम्बिनीले गाडी भित्र्याएको छ । शनिवारदेखि ति गाडीहरू औपचारिक रूपमा सञ्चालनमा आउनेछन् ।’

पोखरेलले थपे, ‘प्रदेशमै पहिलो पटक १० वटा स्थानीय रूटमा चल्ने एसी सहितका गाडी हामीले नै भित्र्याएको जस्तो लाग्छ ।’ बुटवल–बेलहिया ‘सिक्स’ लेन सडक निर्माण करीब पूरा हुँदैछ । सिद्धार्थ यातायात प्रालि र लुम्बिनी मेट्रोसिटी प्रालिले यस अगाडि यही रुटमा एसी बस सञ्चालना ल्याइसकेका छन् ।

भिजन लुम्बिनीका सदस्य केशवराज पन्थीले गाडी ५२ सिट क्षमताका रहेको बताए । गाडीमा पछाडिको सिटमा चढने व्यवस्था छ भने अगाडिको सिटबाट यात्रु ओर्लिने छन् । गाडी अपाङगमैत्री, फूलएसी, सिसिटिभी क्यामेरा, एयर सस्पेन्सन रहेको छ । गाडीमा रिचार्ज र टिकटको सेवा पनि उपलब्ध हुनेछन् । पन्थीले भने, ‘बुद्ध सर्किटमा पनि चल्ने गरी हामीहरूले अनुमति लिइसेका छौ । बिस्तारै ति रुटमा पनि हाम्रा गाडीहरूले सेवा दिनेछन् ।

यस क्षेत्रमा चल्ने साना माइक्रोमा यात्रा गर्ने यात्रुहरूले सास्ती बेहोर्न बाध्य भएपछि ति गाडीहरूलाई विस्थापित गर्न नयाँ नयाँ गाडीहरू भित्र्याइएको हो । भिजन लुम्बिनीले उर्जा, पर्यटन, कृषि, वित्तीय क्षेत्रमा लगानी गर्दै आएको छ ।  

 

जेठ २, २०७६ मा प्रकाशित

प्रकाश आचार्य

प्रकाश आचार्य लोकान्तरका लागि ५ नम्बर प्रदेशका प्रतिनिधि हुन् ।

लेखकबाट थप...

प्रतिक्रिया दिनुहोस

ताजा समाचार