नेकपाले लगायो सबै जनवर्गीय संगठनको नेतृत्वको टुंगो [सूचीसहित]

जेठ २, २०७६

काठमाडौँ - बिहीवार साँझ बसेको नेकपा सचिवालय बैठकले सबै जनवर्गीय संगठनको नेतृत्व टुंगो लगाएको छ । यसअघि जनवर्गीय संगठनको नेतृत्व बाँडफाँडमा सहमति जुटेपनि संयोजक र सहसंयोजकको मोडलमा जाने कि अध्यक्ष र सचिवको मोडलमा जाने विषयमा अन्तिम टुंगो लाग्न बाँकी रहेको थियो । बैठकले संयोजक र सहसंयोजकको मोडेलमा जनवर्गीय संगठनको नेतृत्व चुनेको हो ।

लामो समय विवादमा रहेको जनवर्गीय संगठनको एकता प्रक्रियामा 'ब्रेक थ्रु' भएको एक सचिवालय सदस्यले लोकान्तरलाई बताए । लोकान्तरलाई प्राप्त सूची अनुसार ६ वटा जनवर्गीय संगठनमा तत्कालीन माओवादीले संयोजक पाएको छ भने बाँकी १५ संगठनको संयोजकमा तत्कालीन एमालेको तर्फबाट छनोट गरिएको छ ।


ADVERTISEMENT

शुक्रवार एक कार्यक्रमको आयोजना गरेर नेतृत्व घोषणा हुनेछ ।

हेर्नुहोस् लोकान्तरलाई प्राप्त सूची -

युवा संगठन : संयोजक - रामप्रसाद सापकोटा, सहसंयोजक - रमेश पौडेल

प्रेस संगठन : संयोजक - महेश्वर दाहाल, सहसंयोजक - गणेश बस्नेत

महिला संगठन : संयोजक - अमृता थापा, सहसंयोजक - सीता पौडेल

मजदूर संगठन : संयोजक - विनोद श्रेष्ठ, सहसंयोजक जगत - सिम्खडा  

बुद्धिजीवी संगठन : संयोजक - दिनेशचन्द्र देवकोटा, सहसंयोजक - कृष्ण केसी

किसान संगठन : संयोजक - वामदेव गौतम, सहसंयोजक - चित्र बहादुर श्रेष्ठ

पेशागत संगठन : संयोजक विश्वनाथ प्याकुरेल, सहसंयोजक - दयाराम बस्याल

अपाङ्ग संगठन : संयोजक - ईन्द्रमाया गुरुङ, सहसंयोजक - रामप्रसाद ढुंगाना

मुस्लिम संगठन : संयोजक - सिराज अहमद फारुकी, सहसंयोजक - अतहर हुसेन

दलित संगठन : संयोजक - तिलक परियार, सहसंयोजक - होम बहादुर बिक

मानवाधिकार एलाइन्स : संयोजक - मीनबहादुर शाही, सहसंयोजक - हुकुम पोखरेल

जनजाति संगठन : संयोजक - शुरेश आलेमगर, सहसंयोजक - शेरबहादुर तामाङ

भूमिहीन संगठन : संयोजक - रामप्रित पासवान, सहसंयोजक - पदम देवकोटा

खेलकुद संगठन : संयोजक - पुरुषोत्तम पौडेल, सहसंयोजक - शिव कोइराला

जनसांस्कृतिक संगठन : संयोजक - खगेन्द्र राई, सहसंयोजक - सरल सहयात्री

उद्योग संगठन : संयोजक - लक्ष्मीराज मानन्धर, सहसंयोजक - श्याम पाठक

भूपू सैनिक संगठन : संयोजक - धनबहादुर चन्द, सहसंयोजक - मिठाराम केसी

इन्जिनियर संगठन : संयोजक - शम्भुबहादुर श्रेष्ठ, सहसंयोजक - हरि पराजुली

प्रवास भारत संगठन : संयोजक - लोकनाथ भण्डारी, सहसंयोजक - इश्वरी भण्डारी 

नेपाल कानुन व्यवसायी संगठन : संयोजक- रुद्र नेपाल, सहसंयोजक - दीनमणि पोखरेल

जेठ २, २०७६ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा समाचार