९ महिनाअघि हिमतालमा वेपत्ता विद्यार्थीको शव फेला

जेठ २, २०७६

सोलुखुम्बु–गोक्यो हिमतालमा पौडी खेल्ने क्रममा नौ महीना अघि बेपत्ता भएका एक विद्यार्थीको शव भेटिएको छ । 

पौडी खेल्ने क्रममा बेपत्ता भएकामध्ये सुनिल बराइलीको शव आज बिहान भेटिएको हो । 


ADVERTISEMENT

    बराइलीको शव करीब ३५ फिट गहिराइबाट निकालिएको हो  । जसको लागि विदेशी विशेषज्ञ  र सशस्त्र प्रहरी बलको संयुक्त टोलीले बुधबारबाट खोजी कार्य सुरु गरेको थियो ।  
    
    खोजकर्ताले परिचालन गरेको रोबर्टले आज बिहान मात्र शव पहिचान गरी बाहिर निकाल्न सफल भएको हो । गत साउन १८ गते शैक्षिक भ्रमणमा गएका बेला पौडी खेल्ने क्रममा बराइली साथीको उद्धार गर्न जाँदा आफैँ डुबेर बेपत्ता भएका थिए । 

जेठ २, २०७६ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस