×

NMB BANK
NIC ASIA

लुम्बिनीलाई विकास गर्न गुरुयोजना छिटो सम्पन्न गर्नुपर्छ : राष्ट्रपति भण्डारी

जेठ ४, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

बुटवल- राष्ट्रपति विद्यादेवी भण्डारीले लुम्बिनीलाई विकास गर्न लुम्बिनी गुरुयोजना छिटो सम्पन्न गर्नुपर्ने बताएकी छन् । उनले लुम्बिनी गुरुयोजना छिटो गर्न सरकारको ध्यानाकर्षण गराइन् । 

Muktinath Bank

२५६३ औं बुद्ध जयन्तीको अवसरमा शनिवार भगवान गौतम बुद्धको जन्मस्थल लुम्बिनीमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रपतिले भनिन्, 'एकीकृत लुम्बिनी गुरुयोजना छिटो सफल पार्न सरकारको ध्यान जाओस् । ३० वर्ष पूरा हुँदा समेत लुम्बिनी गुरुयोजना पूरा हुन सकेको छैन । अहिलेसम्म लुम्बिनी गुरुयोजना ८० प्रतिशत काम भएको छ । कपिलवस्तुको तिलौराकोट, नवलपरासीको रामग्राम देवदहलाई जोडेर लुम्बिनीमा जोडिनुपर्छ ।' 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

लुम्बिनी गुरुयोजना पूरा नहुँदा विश्वभरका मानिसहरूलाई जोड्न नसकिएको उनको भनाइ छ । उनले थपिन्, ‘लुम्बिनीलाई अन्य पर्यटकीय क्षेत्रसँग जोडन पर्यटकीय परिपथ बनाउन पनि सकिन्छ । गौतमबुद्ध विमानस्थल निर्माणको काम छिटो सक्नुपर्छ ।’ उनले प्रदेश सरकारले घोषणा गरेको लुम्बिनी भ्रमण वर्ष घोषणा गरेकोमा खुशी व्यक्त गरिन् । 


Advertisment
Nabil box
Kumari

भ्रमण वर्षले प्रदेशमा विकासका सम्भावना खोज्ने खोज्ने उनले बताइन् । प्रदेश सरकारको अभियानले नेपाल भ्रमण वर्ष सफल बनाउन परिपूरक हुने राष्ट्रपतिको भनाइ छ । ‘देशको अर्थतन्त्रको यस्ता कार्यले टेवा पुर्‍याउन सक्छ । भौतिक संरचना निर्माण गर्दै स्थानीय श्रमको कदर गरिनुपर्छ लुम्बिनीको विकास गरिनुपर्छ,’ राष्ट्रपतिले भनिन् ।  

Vianet communication
Laxmi Bank

बौद्ध दर्शनको विश्वभर पुर्‍याउन लुम्बिनी विश्वविद्यालयलाई विभिन्न ज्ञान केन्द्रको रूपमा विकास गरिनुपर्ने उनले बताइन् । विश्वभरका बौद्धमार्गीहरूलाई जागृत गर्न बुद्ध जयन्ती प्रेरणादायी हुने र लुम्बिनी शान्ति विकास र समृद्धिको आधार रहेकोको उनले बताइन् । 
 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x