नेपाल बुद्धको बाटोमा हिँड्यो, हिंसाको होइन : प्रधानमन्त्री

जेठ ४, २०७६

बुटवल- प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल कहिल्यै हिंसाको बाटोमा नजाने बताएका छन् । उनले लामो समय मुलुक द्धन्द्धमा अल्झिए पनि अब नेपाल शान्तिको बाटोमा अगाडि बढिसकेको बताए ।

शनिवार २५६३ औं बुद्ध जन्यतीको अवसरमा लुम्बिनीमा आयोजित कार्यक्रममा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले भने, ‘नेपाल हिंसाको बाटोमा छैन, हिजो पनि थिएन ।'


ADVERTISEMENT

केही वर्ष हिंसाको बाटोमा रहे पनि आफ्नै ढंगले व्यवस्थापन गरेको छ । दुनियाँलाई शान्ति र सुमार्गको बाटोमा हिँडाउन बुद्धको मार्गले प्रेरित गरेको छ,’ उनले थपे, ‘हामी बुद्धको बाटोमा छौं । शान्ति प्रक्रिया टुंग्याउनका लागि पनि बुद्ध दर्शनको प्रभाव रह्यो ।’

उनले वैशाख पूर्णिमालाई (वैशाख डे) अर्को वर्ष मनाउने प्रधानमन्त्रीले बताए । ‘आउँदो वर्ष वैशाख डे मनाउने अनुमति पाएका छौं । लुम्बिनीको विकास लागि मास्टर प्लान बनाएर लुम्बिनीलाई लुम्बिनी जस्तो बनाउनुपर्छ ।’

आफू सरकारका आएपछि लुम्बिनीको विकासले गति लिएको प्रधामन्त्रीले दाबी गरे । ‘यसभन्दा अगाडि मेरौ नेतृत्वमा सरकार बन्दा गति लिन थालेको थियो । फेरि दुई वर्ष अल्मलियो अब फेरि गति लिएको छ । लुम्बिनीलाई विकासका सरकारको ध्यान गएको छ,’ उनले थपे, 'लुम्बिनीलाई पवित्रस्थल, स्वच्छ शफा र हराभरा पुण्यभूमि, ध्यान र ज्ञानभूमि बनाउँछौं ।'

उनले ग्रेटर लुम्बिनीतर्फ सरकारको ध्यान गएको बताउँदै कपिलस्तुलाई फरक ढंगले विकास गरिनुपर्ने बताए । प्रधानमन्त्री ओलले, ‘अब लुम्बिनीमा सिसौ होइन । फलफुल लगाउँछौ । २५६३ औं फलफूलका विरुवा रोप्छौ । लुम्बिनीको विकासलाई तीव्रता दिन्छौं ।’

जेठ ४, २०७६ मा प्रकाशित

प्रकाश आचार्य

प्रकाश आचार्य लोकान्तरका लागि ५ नम्बर प्रदेशका प्रतिनिधि हुन् ।

लेखकबाट थप...

प्रतिक्रिया दिनुहोस