मंसिर १६, २०८०
महाभारतको युद्ध एक युग समाप्त हुने बेलामा भएको थियो । संसारमा फैलिएको पाप र अनाचारलाई ध्वस्त पारेर धर्मको ध्वज लहराउनका लागि युद्ध अनिवार्य थियो । यावत कमजोरीका बाबजुद पाण्डवहरू धर्मरक्षक भएकाले उनीहरूको म...
काठमाडौं — प्रत्येक मानिस आफ्नो जीविकाका लागि केही न केही गरेर पनि अझ बढी लाभ पाउने आशा राख्छन् । अनि केही मानिस चाहिँ काम नगरिकनै सुखसुविधा चाहन्छन् ।
महाभारतमा श्रीकृष्ण र अश्वत्थामासँग जोडिएको एउटा प्रसंग छ । यो प्रसंगमा जीवन व्यवस्थापनको सूत्र पनि लुकेको छ ।
एकचोटि पाण्डव र कौरवका गुरु द्रोणाचार्यका छोरा अश्वत्थामा द्वारिका गए । भगवान् श्रीकृष्णले उनको स्वागत गर्नुभयो र उनलाई अतिथिका रूपमा महलामा राखे ।
केही दिन त्यहाँ बसेपछि एक दिन अश्वत्थामाले श्रीकृष्णलाई भने, ‘तपाईं मेरो अजेय ब्रह्मास्त्र लिनुस् र त्यसको साटो सुदर्शन चक्र दिनुस् ।’
श्रीकृष्णले अश्वत्थामालाई भन्नुभयो, ‘ठीक छ, मेरो कुनै पनि अस्त्र लगे हुन्छ । मलाई त्यसको साटो केही पनि चाहिँदैन ।’
अश्वत्थामाले भगवानको सुदर्शन चक्र उठाउने प्रयास गरे तर त्यो टसमस भएन । उनले निकै प्रयास गरेपनि असफलता हात लाग्यो ।
अश्वत्थामाले थाकेर हार मानेपछि भगवानले उसलाई अतिथिको सीमाका बारेमा सम्झाउनुभयो । आफ्नो सामर्थ्य बाहिरको कुनै कुरा माग्नुहुँदैन भन्नुभयो ।
श्रीकृष्णले भन्नुभयो, ‘यो चक्र मलाई अत्यन्त प्रिय छ । मैले यसलाई १२ वर्षसम्म घोर तपस्या गरेको पाएको हुँ । तिमीले त्यसलाई कुनै प्रयास नै नगरी सजिलै मागिदियौ ।’
श्रीकृष्णले यस्तो भन्दा अश्वत्थामा निकै लज्जित भए । उनी कुनै पनि शस्त्र अस्त्र नलिइकनै द्वारिकाबाट हिँडे ।
यसबाट के पाठ सिक्न सकिन्छ भने प्रयासको अनुपातमा नै फलको आशा गर्नुपर्छ । अनि कसैसँग केही कुरा माग्दा आफ्नो मर्यादालाई ध्यान दिनुपर्छ ।
महाभारतको युद्ध एक युग समाप्त हुने बेलामा भएको थियो । संसारमा फैलिएको पाप र अनाचारलाई ध्वस्त पारेर धर्मको ध्वज लहराउनका लागि युद्ध अनिवार्य थियो । यावत कमजोरीका बाबजुद पाण्डवहरू धर्मरक्षक भएकाले उनीहरूको म...
महाभारतको युद्धमा धेरै शूरवीरले आफ्नो प्राण को आहुति दिएका थिए । यो यस्तो युद्ध थियो जसले कुरुक्षेत्र को धरतीलाई रक्तरंजित बनाएको थियो । रगत यति धेरै बगेको थियो कि आज पनि उक्त स्थानको माटो रातो छ ।&...
काठमाडौं -केही मानिस धार्मिक मान्यताका कारण लसुन र प्याज खाँदैनन् । विशेषगरी ब्राह्मणहरू लसुन प्याज खाँदैनन् । यसरी नखानुका वैज्ञानिक र धार्मिक कारण छन् । आयुर्वेदका अनुसार खाद्य पदार्थलाई तीनवटा श्रेणीमा बाँड...
महाभारतको युद्ध एक युग समाप्त हुने बेलामा भएको थियो । संसारमा फैलिएको पाप र अनाचारलाई ध्वस्त पारेर धर्मको ध्वज लहराउनका लागि युद्ध अनिवार्य थियो । यावत कमजोरीका बाबजुद पाण्डवहरू धर्मरक्षक भएकाले उनीह...
जन्मदेखि लिएर मृत्युसम्म निर्धारित परम्परा पालन गर्नु हिन्दूहरूको विशेषता हो । पर्वहरूमा मात्र नभएर दिनदिनैको कर्मकाण्डमा पनि धर्म, परम्परा र भगवानको पूजापाठलाई हिन्दूहरू महत्व दिन्छन् । दिनदिनै पूजापाठ गर्ने हिन्...
काठमाडौं, — हिन्दू धर्मले सहगोत्रीका बीच विवाह गर्न नहुने विधान गरेको छ । गोत्र भनेको वंश र कुल हो । प्रत्येक नयाँ पुस्तालाई गोत्रले जोड्ने काम गर्छ । जस्तो, कसैको भारद्वाज गोत्र छ भने त्यो व्यक्ति भरद्वा...
सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...
रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन । सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...
कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...