×

NMB BANK
NIC ASIA

पञ्जाबमा आम आदमी पार्टीको अवस्था नाजुक

जेठ ५, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं – लोकसभा चुनावको सातौं तथा अन्तिम चरणमा पञ्जाबका सबै १३ सीटमा आइतवार भोटिङ जारी छ । 

Sagarmatha Cement
Muktinath Bank

पञ्जाबमा आम आदमी पार्टी (आप) को उत्थान र पतन भएको देखिन्छ । कुनै समय आप पञ्जाबमा एक गम्भीर राजनीतिक शक्तिका रूपमा उदाएको थियो । तर अब उसको पहिचान परिवर्तनको प्रतिनिधि भन्दा पनि केही व्यक्तिमा सीमित दलमा खुम्चेको छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

सन् २०१४ को लोकसभा चुनावमा चार सीट जितेपछि आपले सन् २०१७ को विधानसभा चुनावमा सत्तारूढ हुने सपना देखेको थियो । तर तीन वर्षपछि उसको सपना ध्वस्त भयो किनकि उसले आरम्भमा गरेको वाचामा खरो उत्रिएन । 


Advertisment
Nabil box
Kumari

हुन त आप अहिले पनि मुख्य विपक्षी हो र मालवा क्षेत्रमा उसको पकड बलियो छ । तर आन्तरिक कलह र स्थानीय नेताले पार्टी छोडेपछि पार्टी तीव्र गतिमा पतन भयो । 

Vianet communication
Laxmi Bank

ग्रामीण क्षेत्रमा अघिल्लोपटक आपलाई भोट दिने धेरैजसो भोटरलाई पार्टी आफ्नो लाइनबाट भड्किएको अनुभव हुन थालेको छ । पञ्जाबमा कांग्रेस र अकाली–भाजपाको ध्रुवमा बाँडिएको राजनीतिमा तेस्रो शक्तिका लागि भरपूर अवसर थियो । सन् २०१७ मा आपले जितेमा पञ्जाब बाहिरको कसैले आएर नेतृत्व गर्ने अनुमान गरिएको थियो । मतदाताले यो कुरा मन पराएनन् । 

यसपालि लोकसभा चुनावमा संगरूरबाहेक सबै सीटमा आप प्रतिस्पर्धामा आउन सकेको छैन । आपले जुन वैकल्पिक राजनीतिको आशा जगाएको थियो, पार्टीका गल्तीका कारण त्यो धूलोमा मिसिएको मानिसहरूको आँकलन छ । संगरूरमा चाहिँ बहालवाला सांसद भगवन्त मान फेरि चुनावमा छन् ।

पञ्जाबको मतपरिणामको असर दिल्लीमा पनि देखिन सक्छ । सन् २०२० को आरम्भमा दिल्लीमा विधानसभा चुनाव हुँदैछ । अघिल्लो विधानसभा चुनावमा आपले ७० मा ६७ सीट जितेर प्रचण्ड बहुमतले सरकार बनाएको थियो ।

राज्यका चुनावमा स्थानीय मुद्दाको महत्त्वपूर्ण भूमिका हुन्छ तर राष्ट्रिय चुनावमा तिनको खासै भूमिका हुँदैन । पञ्जाब विधानसभामा २० सीत जितेर आप प्रमुख विपक्ष त छ तर यसले लोकसभा चुनावमा उसलाई खासै फाइदा नदिन सक्छ ।

एजेन्सी 
 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर ५, २०८०

११ दिनदेखि सुरुङमा फसेका ४१ मजदुरलाई पाइपबाट खाना पठाइएको छ । गएराति ६ इन्चको पाइपबाट पहिलोपटक खिचडी पठाइएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् ।  भारतको उत्तरी हिमाली राज्य उत्तराखण्डमा निर्माणाध...

कात्तिक २८, २०८०

चिनियाँ राष्ट्रपति सी चिनफिङ अमेरिका प्रस्थान गरेका छन् । चीन–अमेरिका भ्रमणका लागि उनी मंगलवार अमेरिका प्रस्थान गरेका हुन् । भ्रमणका क्रममा उनले चीन र अमेरिकाका नेताबीचको बैठक र ३० औं एपेक आर्थिक न...

कात्तिक २९, २०८०

हमासको कमान्ड सेन्टरलाई निशाना बनाउँदै इजराइली सेना बुधबार गाजाको सबैभन्दा ठूलो अस्पतालमा प्रवेश गरेको छ । हजारौँ बिरामी र आश्रय लिएका नागरिकहरू रहेको अस्पतालमुनि हमासको कमान्ड सेन्टर रहेको सेनाले बताएको छ ...

कात्तिक १७, २०८०

सोउल– उत्तर कोरियाले दूतावास बन्द गर्ने हालैको शृङ्खला आफ्नो बाह्य सम्बन्ध सुधार गर्नका लागि ‘नियमित मामिला’ भएको स्पष्ट पारेको छ । दक्षिण कोरियाले आर्थिक सङ्कटका कारण दूतावास बन्द गरेको दाबी गर...

कात्तिक २३, २०८०

सिरियाको पूर्वी प्रान्त देइर अल–जोरमा मध्यरातपछि अमेरिकी हवाई आक्रमणमा परी कम्तीमा नौ जना लडाकू मारिएका छन् ।  सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सका अनुसार अमेरिकी लडाकु विमानले देइर अल–जो...

मंसिर १६, २०८०

पेट्रो चीनको शाखा चाङ्छिङ तेल क्षेत्रले उत्तरपश्चिम गान्सु प्रान्तको ह्वान्सियान काउन्टीमा १० करोड टनभन्दा बढी भूगर्भीय भण्डार भएको तेल क्षेत्र फेला पारेको छ। हालसम्म चाङ्छिङ आयलफिल्डले यस क्षेत्रमा ५०.२४ मिलियन टनको...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x