×

NMB BANK
NIC ASIA

भारतमा एक्जिट पोलको परिणामलाई विपक्षीले गर्‍यो खारेज

जेठ ६, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं – लोकसभा चुनावको एक्जिट पोलपछि एनडीए खेमामा खुशीको लहर दौडिएको छ भने कांग्रेस नेतृत्वको यूपीएले एक्जिट पोललाई पूरै नकारेको छ । 

Muktinath Bank

टीएमसी प्रमुख ममता बनर्जीले एक्जिट पोललाई गफको संज्ञा दिइन् । बिहीवार मतपरिणाम सार्वजनिक हुँदैछ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

कांग्रेसले एक्जिट पोलमा नरेन्द्र मोदीको सरकार बहुमतका साथ फर्किने भनी गरेको अनुमानलाई कल्पना संज्ञा दिँदै बिहीवारको मतपरिणामले सत्तारूढ दललाई तीनछक्क पार्ने बताएको छ । 


Advertisment
Nabil box
Kumari

तर एक्जिट पोलको सबभन्दा कम अनुमानलाई मान्दा पनि विपक्षी गठबन्धन सरकार बन्ने आशा कमै देखिएको छ । 

Vianet communication
Laxmi Bank

पश्चिम बंगालकी मुख्यमन्त्री र टीएमसी प्रमुख ममता बनर्जीले एक्जिट पोललाई कोरा गफको संज्ञा दिइन् । उनले ट्वीट गरेर लेखिन्, ‘म एक्जिट पोलको गफ पत्याउँदिनँ । यो बकवास देखाएर हजारौं ईभीएम बदल्ने योजना बनाइँदैछ । सबै विपक्षी दललाई एकजुट हुन म आग्रह गर्छु । हामीहरूले मिलेर लड्ने हो ।’

आन्ध्र प्रदेशका मुख्यमन्त्री एन चन्द्रबाबु नायडुले ट्वीट गरेर एक्जिट पोलहरूले जनताको भावना समात्न नसकेको लेखे । उनले लेखे, ‘एक्जिट पोलहरू गलत साबित हुनेछन् किनकि तिनीहरू धरातलीय यथार्थबाट निकै टाढा छन् । आन्ध्र प्रदेशमा टीडीपीको सरकार बन्नेछ र केन्द्रमा गैरभाजपा सरकार बन्नेछ ।’

तर विपक्षी दलहरूको दाबी भए पनि एक्जिट पोल हेर्दा भाजपाको जीतको अनुमान नै प्रबल छ । विपक्षीहरू चाहिँ सन् २००४ कै जस्तो गरी एक्जिट पोल उल्टिने बताइरहेका छन् । त्यतिखेर अटल विहारी वाजपेयीको सरकारले इन्डिया शाइनिङको नारा दिएर चुनाव लडेको थियो । अनि एक्जिट पोलहरूले वाजपेयी सरकार नै निर्वाचित हुने भनेका थिए । तर त्यतिखेर कांग्रेस सबभन्दा ठूलो पार्टीका रूपमा उदाएको थियो र केन्द्रमा मनमोहन सिंहको नेतृत्वमा यूपीए सरकार बनेको थियो ।

कांग्रेसका भित्री सूत्रहरू पनि सम्भावित परिणाममा चिन्ता व्यक्त गरिरहेका छन् । लगभग सबै एक्जिट पोलले एउटै किसिमको परिणाम देखाएकाले कांग्रेस चिन्तित छ । अस्ति भर्खर डिसेम्बरमा विधानसभा चुनाव जितेका क्षेत्रमा समेत आफूहरूको राम्रो प्रदर्शन नदेखिएको भनी उनीहरू छक्क परेका छन् । 

कांग्रेसका चुनावी रणनीतिज्ञहरूले एनडीएले २३० सीट ल्याएको भने पनि भाजपालाई सरकार बनाउनबाट रोक्न नसकिने बताएका छन् । तर उसले २३० सीटभन्दा कम जितेमा कांग्रेसले कति सीट ल्याउँछ भन्ने कुरामा सबैथोक निर्भर रहनेछ । 

कांग्रेसले १०० भन्दा कम सीट ल्याएमा कांग्रेसका लागि लाजमर्दो स्थिति हुनेछ अनि उसले क्षेत्रीय दलहरूसँग सम्झौता गर्नुपर्ने हुन्छ ।

एजेन्सी
 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर ९, २०८०

आफ्नै साथीले छुरा प्रहार गर्दा पोर्चुगलमा एक नेपाली युवकको मृत्यु भएको छ । छुरा प्रहारबाट गम्भीर घाइते भएका कुश्मा नपा–१३, खौला, पर्वतका ३६ वर्षीय धनबहादुर क्षेत्रीको उपचारका क्रममा निधन मृत्यु भएको हो ।&n...

कात्तिक १७, २०८०

सोउल– उत्तर कोरियाले दूतावास बन्द गर्ने हालैको शृङ्खला आफ्नो बाह्य सम्बन्ध सुधार गर्नका लागि ‘नियमित मामिला’ भएको स्पष्ट पारेको छ । दक्षिण कोरियाले आर्थिक सङ्कटका कारण दूतावास बन्द गरेको दाबी गर...

पुस २७, २०८०

अमेरिका र बेलायतका सेनाले बिहीवार यमनको हुथी नियन्त्रित कैयौं क्षेत्रहरूमा हवाई हमला शुरू गरेका छन् । लाल सागर (रेड सी) हुँदै सामान ओसारपोसार गर्ने कमर्सियल जहाजमाथि पटक-पटकको ड्रोन हमला तत्काल रोक्न...

कात्तिक २१, २०८०

किभ– युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले निर्वाचनका लागि यो सही समय भएको हो भन्ने आफूलाई विश्वास नभएको बताएका छन् । सन् २०२४ मा राष्ट्रपति निर्वाचनका बारेमा तीव्र बहस हुँदै गएपछि रुसी आक्रमणविरुद्ध ह...

कात्तिक २३, २०८०

सिरियाको पूर्वी प्रान्त देइर अल–जोरमा मध्यरातपछि अमेरिकी हवाई आक्रमणमा परी कम्तीमा नौ जना लडाकू मारिएका छन् ।  सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सका अनुसार अमेरिकी लडाकु विमानले देइर अल–जो...

मंसिर १६, २०८०

पेट्रो चीनको शाखा चाङ्छिङ तेल क्षेत्रले उत्तरपश्चिम गान्सु प्रान्तको ह्वान्सियान काउन्टीमा १० करोड टनभन्दा बढी भूगर्भीय भण्डार भएको तेल क्षेत्र फेला पारेको छ। हालसम्म चाङ्छिङ आयलफिल्डले यस क्षेत्रमा ५०.२४ मिलियन टनको...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x