×

NMB BANK
NIC ASIA

संघीयता सकस

प्रदेशको छुट्टै सीडीओ : जनकपुरले ‘ल्याकत’ देखाउँदा सिंहदरबारसँग टकराव

जेठ ६, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

जनकपुरधाम – गत वैशाख १४ गते २ नम्बर प्रदेशस्तरीय सुरक्षा गोष्ठीमा सहभागी हुन जनकपुरधाम आएका संघीय सरकारका गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले देशमा दोहोरो सीडीओको प्रावधान नेपालको संविधानमा नरहेको भन्दै प्रदेश सरकारले आफ्नो छुट्टै सीडीओ राख्न खोजेकोमा आपत्ति जनाएका थिए ।

Sagarmatha Cement
Muktinath Bank

गृहमन्त्री थापाले भनेका थिए, ‘सीडीओ कहीँ पनि प्रदेश सरकारको मातहत हुँदैन, संघीय सरकारको इकाईको रुपमा काम गर्छ ।’


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

गृहमन्त्री थापाको इच्छा थियो – प्रदेशले आफ्नै प्रमुख जिल्ला अधिकारी (सीडीओ) राख्नु हुँदैन । तर २ नम्बर प्रदेश सरकारले आफ्नै छुट्टै सीडीओ राख्ने विधेयक अगाडि बढाएको छ भने संघीय प्रशासनिक केन्द्र सिंहदरबारको इच्छामा ठेस पुर्‍याएको छ । संघ सरकारको इच्छा जेसुकै भएपनि संविधानले प्रशासन सञ्चालनको अधिकार प्रदेश सरकारलाई दिएको दाबी गरिएको छ ।


Advertisment
Nabil box
Kumari

प्रदेश २ सरकारले शासकीय ‘ल्याकत’ देखाउँदै हरेक जिल्लामा आफनो छुट्टै सीडीओ राख्ने कानून बनाउँदैछ । संघमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सरकार रहेका बेला अन्य प्रदेशमा रहेका नेकपा नेतृत्वका सरकारले प्रशासनिक अधिकार आफूले लिने गरी अग्रसरता दिएको देखिएको छैन । २ नम्बर प्रदेश सभामा दर्ता भई केही दिनमै प्रदेश प्रशासन सम्बन्धी विधेयक पारित हुने अवस्था छ । 

Vianet communication
Laxmi Bank

विधेयक पारित भए प्रदेशका ८ वटै जिल्लामा २–२ वटा अलग–अलग सीडीओ रहनेछन् – एउटा संघीय सरकारको र अर्को प्रदेश सरकारको ।

प्रदेश सरकारले प्रदेश प्रशासन अधिकारी भनेको छ भने संघीय सरकारको इकाईको रुपमा पहिल्यैदेखि रहेको प्रमुख जिल्ला अधिकारी (सीडीओ) रहनेछन् । कार्यालयको नाममा समानता रहनेछन् । प्रदेश प्रशासन कार्यालय प्रदेश सरकारको संरचनाको नाम हो भने जिल्ला प्रशासन कार्यालय संघीय सरकारको संरचना पहिलेदेखि नै रहँदै आएको छ ।

एकै जिल्लामा २/२ वटा सीडीओ भए त संघ र प्रदेशबीच टकराव होला नि ! मुख्यमन्त्री लालबाबु राउतले भने, ‘देशको प्रधानमन्त्री वा गृहमन्त्रीले बुझ्नु पर्‍यो कि नेपालको संविधानले प्रशासन र शान्ति सुरक्षाको भाग प्रदेश सरकारको जिम्मेवारी प्रदान गरेको छ ।’

प्रदेशमा शान्ति सुरक्षाको जिम्मेवारी नेपालको संविधानले प्रदेशको अधिकारमा रहने भनेर अनुसूचीमा प्रष्ट लेखिएकाले संघीय सरकारले त्यो कुरा बुझ्नुपर्ने उनले तर्क गरे । ‘संघीय सरकारले जुन किसिमको अधिकार दिएर सीडीओमार्फत समानान्तर सत्ता र शासन चलाउँदै आएका छन्, त्यो संबिधानभन्दा बाहिरको कुरा गर्दै आएको छ,’ मुख्यमन्त्री राउतले भने, ‘नेपालको संविधानले संघ, प्रदेश र स्थानीय गरी तीनै तहको एकल अधिकार र साझा अधिकारको कुरा प्रष्ट बताइसकेको अवस्थामा संघीय सरकारले आफ्नो क्षेत्राधिकारको कुरा मात्र गर्नुपर्छ ।’ प्रदेश सरकारको क्षेत्राधिकारमा हालसम्म संघीय सरकारले हस्तक्षेप गर्दै आएको उनले आरोप लगाए ।

‘हो संघीय सरकारको इकाईले नागरिकता, राहदानी वितरण गर्ने र सीमा निरीक्षण गर्ने अधिकारलाई हामीले पनि अस्वीकार गरेका छैनौं,’ मुख्यमन्त्री राउतले भने, ‘तर शान्ति सुरक्षा, प्रशासनिक काम त प्रदेश सरकारले गर्ने हो, त्यसमा संघले आपत्ति जनाउनुभएन । प्रधानमन्त्री वा गृहमन्त्री जोसुकै पनि किन नहोस्, नेपालको संविधानभन्दा माथि त होइन नि ! संघ सरकारले संविधानको पालना गर्नैपर्छ ।’

प्रदेश सरकारले यसअघि प्रदेश प्रहरी ऐन पनि बनाइसकेको छ तर त्यसको कार्यान्वयन भने हुन सकेको छैन । संघीय ऐन नबनेको अवस्थामा प्रदेश सरकारले बनाएको प्रदेश प्रहरी ऐनको कार्यान्वयन हुन सकेको छैन । त्यस्तो अवस्थामा प्रदेश सरकारले प्रदेश प्रशासन ऐन बनाएपनि लागू हुन सक्ने स्थिति छैन तर मुख्यमन्त्री राउत भने लागू गरेरै छाड्ने बताउँछन् ।

‘प्रदेश लोक सेवा आयोग नबनेकाले प्रदेश प्रहरी ऐन कार्यान्वयन हुन सकेन,’ मुख्यमन्त्री राउतले भने, ‘तर प्रदेश सभामा लोक सेवा आयोगको विधेयक दर्ता भएर पारित हुने अवस्थामा छ । पारित भएसँगै प्रदेश प्रहरी ऐन र प्रदेश प्रशासन ऐन कार्यान्वयन गर्नेछौं ।’

प्रदेश प्रशासन ऐन कार्यान्वयन गर्न ८ वटै जिल्लामा छुट्टै प्रदेश प्रशासन कार्यालय स्थापना गर्नुपर्नेछ । प्रदेश प्रशासन अधिकारी सँगसँगै सहायक प्रशासन अधिकारी तथा विभिन्न अन्य कर्मचारीको आवश्यकता पर्नेछ । यसको आर्थिक भार कसरी व्यहोरिन्छ त ? मुख्यमन्त्री राउत भन्छन्, ‘संघीय सरकारले जुन कोषबाट निजामती कर्मचारीको भुक्तानी गरिरहेको छ, त्यही कोषबाट प्रदेश सरकारले पनि भुक्तानी गर्नेछ ।’

कर्मचारी नियुक्तिका लागि संघ सरकारको मुख ताक्नुपर्ने अवस्था नरहेको बताउँदै उनले अब प्रदेश सरकारले आफ्नै प्रदेश प्रमुख सचिवसम्मको कर्मचारी नियुक्त गर्न सक्ने भइसकेको बताए ।

प्रदेश सरकारले बनाउन लागेको प्रदेश प्रशासन ऐनमा नागरिकता र राहदानी वितरण र सीमाको सुरक्षाबाहेक  सीडीओले गर्ने सबै काम प्रदेश प्रशासन अधिकारीलाई प्रदान गरेको छ । जसले गर्दा अन्य अधिकार प्रयोगमा संघ र प्रदेशको सीडीओ र सरकारबीच टकराव हुने देखिएको छ ।

प्रदेश सरकारको कदमलाई लिएर संघीय सरकारले के गर्नेछ भन्ने विषयमा तत्काल प्रतिक्रिया आइसकेको छैन । प्रदेश सरकारको क्रियाशीलता भने अहिले भएकै सीडीओलाई सिधा प्रदेश सरकार मातहत राखिदिन संघीय सरकारलाई दबाब दिने रहेको जानकारहरू बताउँछन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर २६, २०८०

दुई–दुईपटक मिर्गौला फेरेको शरीर । मध्यजाडो नजिकिँदै गरेका मंसिरका चिसा दिन । त्यसमाथि वृद्धावस्था । यस्तो बेला ७० नाघेकाहरूको अधिकांश समय ओछ्यानमै बित्छ । नभए पनि घरको चार दिबारभित्र आराम गरेर अनि तात...

पुस १८, २०८०

देशका विभिन्न शहरमा गरिब–मजदूरहरूले छाक काटेर सहकारीमा जम्मा गरेको पैसा बदनियतपूर्ण ढंगले हिनामिना गरेर टेलिभिजनमा लगानी गरेको विषयले बजार तातिरहेको छ, जसमा जोडिएका छन् रास्वपा सभापति रवि लामिछाने...

मंसिर १०, २०८०

सरकारमा सहभागी मन्त्रीको कार्यक्षमतालाई लिएर प्रश्न उठेपछि अहिले सरकारमा रहेका मन्त्रीलाई फिर्ता बोलाएर मन्त्रिमण्डल पुनर्गठन गर्न सत्तारुढ दलहरूभित्र दबाब बढ्न थालेको छ । अपवादबाहेक सरकारमा सहभागी मन्त्रीले जनअपे...

मंसिर १९, २०८०

कुनै राजनीतिक संक्रमण वा अवरोध नभएको समयमा मन्त्रीहरूबीच कसले राम्रो काम गर्ने भनेर प्रतिस्पर्धा हुनुपर्ने हो । तर, विडम्बना ! सहज राजनीतिक अवस्थामा पनि झन्डै एक वर्षसम्म सरकारमा रहेका अधिकांश मन्त्रीको कार्यप्रगति ...

माघ १८, २०८०

सत्ता र शक्तिको आडमा गैरकानूनी ढंगले सरकारी जग्गा हडप्ने नेपालको शक्तिशाली व्यापारिक घराना चौधरी ग्रुपमाथि राज्यको निकायले पहिलोपटक छानबिन थालेको छ । काठमाडौंको बाँसबारीमा ठूलो परिमाणमा सरकारी जग्गा...

पुस ६, २०८०

एकाधबाहेक अधिकांश मन्त्रीले प्रभावकारी कार्यसम्पादन गर्न नसकेपछि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ स्वयंले मन्त्रीहरूलाई प्रस्ट चेतावनी दिएका छन् । नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका ला...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x