'एभेन्जर्स'की अभिनेत्री स्कारलेटले गरिन् इन्गेजमेन्ट

जेठ ६, २०७६

एजेन्सी- संसारभर तहल्का मच्चाउने 'एभेन्जर्स' शृंखलाकी मुख्य अभिनेत्री स्कारलेट जोहानसनले 'सेटरडे नाइट लाइभ'का स्टार कोलीन जोस्टसँग इन्गेजमेन्ट गरेकी छन् । यी दुईले लगभग २ वर्ष डेट गरेका थिए ।

स्मरण रहोस्, कोलीन चर्चित अभिनेता, कमेडियन तथा स्क्रिप्टराइटर हुन् । यसअघि स्कारलेटले दुई पटक विवाह गरिसकेकी छन् । स्कारलेटले पहिलो विवाह क्यानेडियन अभिनेता रायन रिनोल्डसँग गरेकी थिइन् । स्कारलेटले दोस्रो विवाह रोमेन ड्यूरिएकसँग सन् २०१४ मा गरेकी थिइन् ।


ADVERTISEMENT

आपसी मतभेदका कारण उनीहरूको डिभोर्स भएको थियो । स्कारलेटले आफूहरूको विवाहको मितिबारे कुनै पनि जानकारी दिएकी छैनन् ।

जोस्ट र स्कारलेट पछिल्लो वर्ष मेट गालाको पिंक कार्पेटमा 'वाक' गर्दै गर्दा देखिएका थिए । 

सन् २०१८ मा सबैभन्दा बढी कमाउने अभिनेत्रीको सूचीमा स्कारलेट शीर्षस्थानमा थिइन् । 

जेठ ६, २०७६ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस