'रातो कार्पेट'मा दीपिकाको हरियो पहिरन

जेठ ६, २०७६

एजेन्सी- 'कान्स फिल्म फेस्टिवल'को ७२ औं संस्करणमा बलिउड अभिनेत्री दीपिका पादुकोण पनि सहभागी भइन् ।

रणवीर सिंहले पत्नी दीपिकालाई कान्समा देख्दा मख्ख परे र खुलेर प्रशंसा गरेका छन् । 


ADVERTISEMENT

एक कस्मेटिक ब्रान्डको प्रतिनिधित्व गरिरहेकी दीपिका हरियो पहिरनमा रातो कार्पेटमा देखिएकी थिइन् ।

उनले डिजाइनर जिआंबाटिस्टा वल्लीले तयार पारेको गाउन पहिरिएकी थिइन् । 

फिल्म पद्मावतकी अभिनेत्रीले इंस्टाग्राममा आफ्नो तस्वीर सार्वजनिक गरेकी थिइन् ।

उत्साहित रणवीरले दीपिकाको तस्वीरमाथि टिप्पणी गरेका थिए । उनले 'वाह' र 'बेबी' भन्दै तस्वीरको टिप्पणी गरेका छन् । 

जेठ ६, २०७६ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस