×

NMB BANK
NIC ASIA

कांग्रेसमा छायाँ सरकारका पदाधिकारी : न भत्ता, न गाडी !

जेठ ६, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौँ - लामो समय चर्चा र छलफलमा रहेको 'छायाँ सरकार' अन्ततः मन्त्रालयस्तरीय समन्वय समितिका रूपमा सोमवार गठन गरिएको छ ।  संसदमा निकै कमजोर उपस्थिति रहेको कांग्रेस नेतृत्वको छायाँ सरकार कस्तो होला ? भन्दै सामाजिक सञ्जालमा व्यंग्य मिश्रित प्रतिक्रिया र प्रश्नहरू आइरहेका थिए । कांग्रेस संसदीय दलले विधानको धारा ९ को उपधारा (५) (क) बमोजिमको छायाँ सरकारको रुपमा क्रियाशिल रही कार्य सम्पादन गर्नका लागि सोमवार मन्त्रालयस्तरीय समन्वय समिति गठन गरेको हो ।

Sagarmatha Cement
Muktinath Bank

के गर्छ छायाँ सरकारले ?


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

संसदीय प्रणालीमा प्रमुख प्रतिपक्षीले गठन गर्ने छायाँ सरकार नौलो प्रणाली नभएको कांग्रेसका कतिपय नेताहरू बताउँछन् । ‘विपक्षीको भूमिका सशक्त बनाउनका लागि प्रतिपक्षीले छायाँ सरकार गठन गर्ने गरेका उदाहरणहरू प्रशस्त छन्,’ कांग्रेस  सांसद संजयकुमार गौतमले भने, ‘बेलायत लगायत अन्य कैयौं देशमा प्रमुख प्रतिपक्षी दलले छायाँ सरकार बनाएर सरकारका कामकारवाहीहरू नियमन गरिरहेका हुन्छन् ।’ 


Advertisment
Nabil box
Kumari

‘प्रमुख प्रतिपक्षी दल ‘वेटिङ गभर्मेन्ट’ हो,’ गौतमले लोकान्तरसँग भने, ‘हामीले सरकारको समग्र क्रियाकलापलाई निगरानी गर्नुभन्दा पनि मन्त्रालयगत कामकारवाहीलाई हेर्ने गर्नुपर्छ । तबमात्र प्रमुख प्रतिपक्षीको भूमिका बलियो हुनेछ ।’ 

Vianet communication
Laxmi Bank

कांग्रेस संसदीय दलकी सचेतक पुष्पा भुसाल पनि सरकारको गतिविधि नियाल्नका लागि नियाल्नका लागि छायाँ सरकार प्रभावकारी माध्यम हो । ‘फरक-फरक मन्त्रालयले गरेका कामकारवाहीहरू मन्त्रालयगत रूपमा मूल्यांकन गर्नु पर्छ । कुनै मन्त्रीले राम्रो गरेका हुन्छन्, कुनै मन्त्रीले नराम्रो गरेका हुन्छन्,’ भुसालले भनिन्, ‘हामीले मन्त्रालयस्तरीय समन्वय समिति गठन गरेर  सम्बन्धित मन्त्रालयका कामहरू अध्ययन गर्छौं र त्यसका आधारमा सरकारलाई सल्लाह, सुझाव र आवश्यक परे दबाब दिने काम गर्छौं ।’

प्रधानमन्त्री केपी ओलीको नेतृत्वमा दुईतिहाइ अंकगणित बोकेको सरकार गठन भएपछि कांग्रेसले प्रतिपक्षी भूमिका राम्रोसँग नखेलेको भन्दै आलोचना भइरहेको छ । 

संयोजक र सदस्यलाई छैन कुनै सेवा सुविधा

छायाँ सरकारमा रहेका मन्त्रालयस्तरीय समन्वय समितिका संयोजक र सदस्यहरूलाई कुनै पनि किसिमको अतिरिक्त सेवा र सुविधा नरहेको संसदीय दलकी सचेतक पुष्पा भुसालले बताइन् । 'हामीले मन्त्रालयस्तरीय समन्वय समिति अन्तर्गत काम गरेबापत कुनै अतिरिक्त सेवा सुविधा लिने कुरा हुँदैन,' भुसालले भनिन्, 'हामीले त सरकारका मन्त्रालयगत कामकारवाहीको मूल्यांकन गर्न सहज होस् भनेर समन्वय समिति बनाएका हौँ, जुन प्रतिपक्षीको मुख्य काम हो । त्यसका लागि सेवा सुविधा लिने भन्ने कुरा हुँदैन ।'

अहिले मन्त्रालयगत समन्वय समितिले संसदीय दलकै कार्यालयबाट काम गर्ने व्यवस्था गरिएको उनले जानकारी दिइन् ।

संयोजक बनेकै थाहा छैन - गृह मन्त्रालय संयोजक

मन्त्रालयगत समन्वय समितिमा गृहमा दिलेन्द्र प्रसाद बडू संयोजक रहेका छन् । तर बडूलाई आफू संयोजक बनेको लोकान्तरकर्मीको फोन उठाएपछि मात्र थाहा भयो । 'तपाई गृहको संयोजक बन्नुभयो नि !' भन्ने प्रश्नमा बडूले भने, 'खै मलाई थाहा थिएन, आज म बैठकमा उपस्थित थिइन ।'

तर आफू अब पार्टीको निर्देशन अनुसार समन्वय समितिमा रहेर भूमिका खेल्न तयार रहेको बडूको भनाइ थियो ।

यो पनि पढ्नुहोस् - 

छायाँ सरकार भन्दै कांग्रेसले बनायो २१ वटै मन्त्रालयको समन्वय समिति [सूचीसहित]

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x