माघ २२, २०८०
सहरी विकास मन्त्रालयले निर्माणाधीन धरहराको बेसमेन्टमा सवारीसाधन पार्किङ मानवीय स्वास्थ्यका दृष्टिले जोखिमपूर्ण हुन सक्ने भन्दै सचेत गराएको छ । मन्त्रालयले त्यहाँ आवश्यक प्राविधिक तयारी ...
काठमाडौँ। जेठ महिनाको घामको राप, त्यहीमाथि धोवीखोलाको दुर्गन्ध । त्यसको पर्वाह नगरी एकोहोरो डोजर चलाउन तल्लीन हुनुहुन्छ–मुना घिमिरे श्रेष्ठ । हाल काठमाडौँ महानगरपालिका वडा २९ क्षेत्रमा रहेको धोवीखोलामा थुप्रिएको माटो पन्छाउने काममा उहाँ व्यस्त हुनुहुन्छ ।
डोजर चलाउन थालेको पनि ठ्याक्कै २० वर्ष लागेछ । त्यसबीच उहाँले जोखिमपूर्ण र गाह्रो काम मात्र गरिरहनुभएको छ । डोजर चलाउनु भनेकै जोखिमपूर्ण पेसा हो । सानैदेखि महिला–पुरुषबीच गरिने विभेद महसुुुस गर्दै हुर्किनुभएकी मुनालाई लाग्थ्यो–‘पुरुषले नै गर्ने काम गर्न पाए नि हुने ।’
उहाँको परिवार गोरखाको बोर्लाङबाट तनहुँको आबुखैरेनी पुगेको थियो । त्यहीँ कक्षा ९ सम्मको अध्ययनपछि आमाबुबाका दुई छोरीमध्ये जेठी मुना आर्थिक उपार्जनका लागि रोजगारी खोज्दै नेपालगञ्ज पुग्नुभयो ।
हेभी इक्युपमेन्ट डोजरलगायतका निर्माण सामग्रीको कार्य गर्ने लामा स्वदेश निर्माण कन्स्ट्रक्सनमा मुनालाई रिसेप्सनिस्टको जागिर मिल्यो । डोजर राख्ने कन्स्ट्रक्सनमै काम पाउनु उहाँका लागि सुखद संयोग नै रह्योे ।
सानैदेखि पुरुषले गर्ने काम गरेर देखाउन पाए हुन्थ्यो भन्ने सोच राख्ने मुनाले रिसेप्सनको काम सकेर हरेक दिन त्यही डोजर नियाल्ने, कसरी स्टार्ट गर्ने, घुमाउने र त्यसका पार्टपुर्जामा ध्यान दिन थाल्नुभयो । उहाँको यस्तो गतिविधि देखेर त्यस कन्स्ट्रक्सनका निर्देशक मानबहादुर लामाले ‘तिमी डोजर चलाउन सिक्ने हो’ भनेर सोध्नुभयो ।
कार्यालय समयपछि उहाँ त्यही डोजर राख्ने स्थानमा गएर सिक्न थाल्नुभयो । त्यत्तिबेलासम्म डोजरलगायतका हेभी इक्युपमेन्ट चलाउन सिक्ने ठाउँ कतै थिएन । उहाँले त्यहीँ सिकेर एक वर्षपछि सफलता साथ डोजर चलाउन थाल्नुभयो । यो २०५६ सालको कुरा कुरा हो ।
त्यसपछि उहाँ नारायणघाटको कालिका कन्स्ट्रक्सन हुँदै देशको राजधानी काठमाडौँ छिर्नुभयो । उहाँको अनुभवमा वास्तविक सङ्घर्ष राजधानी छिरेपछि सुरू भयो । थानकोटबाट कोटेश्वरसम्म डोजर चलाउने काम खोज्दै हिँड्दा चप्पल चुँडेर फाल्नु पर्ने अवस्था आयो । खाली खुट्टै हिँड्दै कामको खोजी गर्नुभयो ।
यसरी खाली खुट्टा नै हिँडेको देखेर कतिपय कन्स्ट्रक्सनका हाकिमहरूले उहाँलाई ‘तलदेखि माथिसम्मै हेरेर छैन–छैन कामसाम, दिमाख खुस्केकीजस्ती छ’ भन्दै हकारेको संस्मरण सुनाउनुहुन्छ । त्यत्तिबेला कलङ्की–कोटेश्वरसम्मको गाडी भाडा चार रुपियाँ थियो त्यो पनि तिर्न नसकी हिँडेर म काम गर्छु काम देऊ भन्दा कसैले पत्याएन तर पनि उहाँले हार मान्नुभएन । गोरखापत्र दैनिकमा विस्तृतमा खबर छ ।
सहरी विकास मन्त्रालयले निर्माणाधीन धरहराको बेसमेन्टमा सवारीसाधन पार्किङ मानवीय स्वास्थ्यका दृष्टिले जोखिमपूर्ण हुन सक्ने भन्दै सचेत गराएको छ । मन्त्रालयले त्यहाँ आवश्यक प्राविधिक तयारी ...
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआइजी) अर्जुन चन्दले राजीनामा दिएको चर्चा झन्डै एक साता चल्यो तर प्रहरी प्रधान कार्यालयले चन्दको राजीनामा नभई सोमबार १० दिनको बिदा स्वीकृत ग...
नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) सँग एकता गर्न नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईलाई पार्टीभित्रबाट नेताहरूले दबाब दिन थालेका छन् । पार्टीका अर्का अध्य...
सवारीसाधन सुविधा प्राप्त गर्ने कर्मचारीलाई इन्धनबापत नगद उपलब्ध गराउन सरकारले निर्देशिका जारी गरेको छ । सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन, २०६४ को दफा ४५ ले दिएको अधिकार प्रयोग ...
कास्की प्रहरीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेसहित थप १८ जनाविरुद्ध अनुसन्धान सुरु गरेको छ । पोखराको सूर्यदर्शन बचत तथा ऋण सहकारी ठगी प्रकरणमा ...
विशेष आर्थिक क्षेत्र (सेज)भित्र मदिरा, सुर्तीजन्य र विस्फोटक पदार्थ उत्पादन गर्ने उद्योग स्थापना गर्न नपाइने भएको छ। विश...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...
एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...