हाडनाता करणी मुद्दाका फरार अभियुक्त ४ वर्षपछि पक्राउ

जेठ ७, २०७६

बैतडी – हाडनाता करणीसम्बन्धी मुद्दामा कैद सजाय सुनाइएका बैतडीका १ युवक ४ वर्षपछि सोमवार पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा सिगास गाउँपालिका–१ सिराडीका ३२ वर्षीय वीरभान धामी रहेका छन् ।


ADVERTISEMENT

उनलाई प्रहरीले घरबाटै पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक रवीन्द्र चन्दले बताए । धामीलाई जिल्ला अदालत बैतडीले हाडनाता करणी मुद्दामा विक्रम संवत् २०७३ जेठ १८ गते १ वर्ष कैद सजाय सुनाएको थियो ।

उनी यसअघि फरार रहेका थिए । पक्राउ परेका धामीलाई जिल्ला अदालत बैतडीले कैद भुक्तानका लागि जिल्ला कारागार बैतडी पठाएको छ । 

जेठ ७, २०७६ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस