×

NMB BANK
NIC ASIA

विकास साझेदार निकायलाई सहकार्य गरी काम गर्न काठमाडौं महानगरको आग्रह

जेठ ७, २०७६

NTC
Sarbottam
फाइल फोटो
Premier Steels
Marvel

काठमाडौं-,काठमाडौं महानगरपालिकाले साझेदार निकायलाई विकासका हरेक काम गर्दा सहकार्य गरी अघि बढ्न आग्रह गरेको छ । कामपाले आगामी जेठ १५ भित्र साझेदार निकायलाई कामपाको विवरण बुझाउनका लागि पत्राचारसमेत गरिसकेको छ । 

Muktinath Bank

कामपाको शहरी सुशासन विभागका प्रमुख हरिबहादुर कुँवरका अनुसार यसरी पत्राचार गरिएको निकायमा सडक विभाग, डिभिजन सडक कार्यालय, दूरसञ्चार प्राधिकरण, विद्युत् प्राधिकरण, मेलम्ची खानेपानी आयोजना कार्यान्वयन निर्देशनालय, काठमाडौं उपत्यका खानेपानी लिमिटेड रहेका छन् । प्रमुख कुँवरका अनुसार गत वैशाख २७ गते बसेको बैठकले साझेदारी निकासँग समन्वय नगरी आ–आफ्नो ढङ्गबाट काम गर्दा प्रभावकारी रूपमा काम हुननसकेको भन्दै जेठ १ गते ती निकायलाई पत्राचार गरिएको हो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

'व्यवस्थित शहर निर्माणका लागि कामपा एक्लैले वा साझेदार निकाय मात्रैले निर्माण गर्न नसक्ने हुँदा समन्वय गर्नकै लागि पत्राचार गरिएको हो,' कुँवरले भने । पत्रअनुसार सडक विभाग र डिभिजन सडक कार्यालयलाई पठाइएको पत्रमा नौ वटा काम उल्लेख छन् । जसमा सडकपेटीमा जडान गरिएका रेलिङबार राख्ने र मर्मतसम्भार गर्ने, विशिष्ट व्यक्तिको आवतजावत हुने सडक र मुख्य सडकमा जेब्राक्रस चिह्न लगाउने, सडकको दायाँबायाँ र बीचमा गरिने ट्राफिक चिह्न राख्ने कामलाई प्राथमिकतामा राखिएको छ ।


Advertisment
Nabil box
Kumari

त्यस्तै महानगरपालिका क्षेत्रभित्रका सडक सञ्जालमा कुन सडक कुन निकायको जिम्मेवारीमा पर्छ ? यकिन गरेर पठाउने, सडकको विभिन्न चोकमा जडान गरिएका ट्राफिक बत्तीलाई तुरुन्त मर्मतसम्भार गर्ने र थप ट्राफिक बत्ती जडान गर्नुपर्ने भएमा स्थान पहिचान गरी जडान गर्ने काम पनि विभाग र डिभिजन कार्यालयलाई तोकिएको छ । 
 
सडकको दाँयाबायाँ माटो थुपारेर राखिरहने कामलाई निरुत्साहित गर्ने, सडक विस्तारलगत्तै सडकमा धुलो नउड्ने व्यवस्था मिलाउने र उक्त सडकको मर्मतसम्भार तुरुन्त गर्ने, निर्माण मर्मतसम्भारपश्चात बाँकी रहेका निर्माण सामग्री र निर्माणजन्य फोहर तुरुन्त हटाइ सफा गर्ने/गराउने काम पनि सडक विभाग र डिभिजनलाई दिइएको छ ।

Vianet communication
Laxmi Bank

विद्युत् प्राधिकरणलाई चार जिम्मेवारी दिइएको छ । सडकका दायाँबायाँ जडान भएका विद्युत् र टेलिफोनका पोलमा टाँगिएका केबुल टेलिभिजन र अन्य सञ्चारका तारको व्यवस्थापन प्राधिकरणका मुख्य काम तोकिएको छ । यस्ता तारको व्यवस्थापनका लागि अल्पकालीन र मध्यकालीन योजना तथा कार्यक्रम बनाउनुपर्ने, सडक विस्तारमा परेका विद्युत् र टेलिफोनका पोललाई सडक विस्तारसँगै तुरुन्त हटाउने व्यवस्था मिलाउने, सडक किनारमा रहेका तार नभएको पिलर हटाउने, बाङ्गाटिङ्गा पिलर सोझ्याउने काम प्राधिकरणले गर्नुपर्नेछ ।

त्यस्तै काठमाडौं उपत्यका खानेपानी लिमिटेडले, ठाउँठाउँमा जाम भएको ढल खोल्नुपर्ने, पुरानो ढल फेर्नुपर्ने काम तोकिएको छ । सडकमा ढल जाम भएर सडकमा आवतजावत अवरुद्ध हुने भए आउँदो बर्खा अगाडि नै उक्त समस्याको समाधान लिमिटेडले गर्नुपर्नेछ । यसका लागि सम्भावित क्षेत्रको ढलको मङ्गाल (मेनहोल) सफाइ गर्ने, आकस्मिकरूपमा ढल जाम भएको स्थानमा गएर ढल खोल्न स्रोतसाधनसहित जनशक्ति परिचालन गर्ने व्यवस्था मिलाउनु पर्नेछ ।

वर्षात्‌को समयमा आकस्मिकबाहेक ढल निर्माण तथा जडान नगर्न सम्बन्धित निकायसँग समन्वय गर्ने, ढल मर्मतसम्भार तथा जडानपछि बाँकी रहेको निर्माण सामग्री र निर्माणजन्य फोहर तुरुन्त हटाउने, निर्माणकार्य गर्दा निर्माण गर्ने कम्पनीको नाम र निर्माण सम्पन्न गर्ने समय उल्लेख भएको बोर्ड निर्माणस्थलमा राख्न लगाउने कामलाई प्राथमिकताका साथ अघि बढाउन पत्रबाट अनुरोध गरिएको हो ।

यता, मेलम्ची खानेपानी आयोजना कार्यान्वयन निर्देशनालयका भागमा सात काम परेका छन् । महानगर क्षेत्रभित्र खानेपानीका पाइपलाइन जडान गर्ने कामको तालीका बनाएर मात्र ठेकेदार/कम्पनीलाई काममा लगाउने, खानेपानी विस्तारसँग सम्बन्धित काम सकेसम्म रातको समयमा गर्ने व्यवस्था मिलाउने, पाइप जडानकार्य गर्दा सडकमा निर्माण सामग्रीले सवारीसाधन तथा यातायात आवागमनमा बाधा नपुर्‍याउने र वरिपरि धुलो ननिस्कने गरी छोपेर कार्य गर्ने निर्देशनालयले गर्नुपर्ने छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

कात्तिक २१, २०८०

पाल्पामा दुईवटा खोलामा डुबेर मंगलवार दुई जनाको ज्यान गएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ मा रहेको तिनाउ खोलाको ड्याममा डुबेर घुम्न आएकी भारतीय युवती महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाक...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

बैशाख १, २०८१

आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...

दाम्पत्य जीवनको दाम्लो

दाम्पत्य जीवनको दाम्लो

चैत २४, २०८०

दाम्पत्य जीवनको मूलभूत आधार भनेको विवाह संस्कार हो ।  यस संस्कारले उमेर पुगेका केटाकेटीलीलाई आपसमा मिलेर जीवनरथ अघि बढाउने स्वीकृति दिएको हुन्छ । यसो त संस्कारहरू धेरै छन् । तिनमा १६ संस्कार विशेष महत्व...

x