विश्वकपमा सबै टीम अस्ट्रेलियासँग सतर्क हुनेछन् : स्टिभ वा

जेठ ७, २०७६

काठमाडौं – अस्ट्रेलियालाई विश्वकप दिलाएका क्रिकेटर स्टिभ वाले स्टिभ स्मिथ र डेभिड वार्नर टीममा फर्किंदा अस्ट्रेलिया टीम बलियो भएको र सबै टीम आगामी विश्वकपमा उससँग सतर्क रहने बताएका छन् ।

उनले भने, ‘सबै टीम अस्ट्रेलियासँग सतर्क रहनेछन् । उनीहरू अस्ट्रेलियाको क्षमता जानदछन् । विगत १२ महिनामा अस्ट्रेलियाले उतारचढाव भोग्नुपरेको थियो तर अब विगत गुज्रिसकेको छ । स्मिथ र वार्नरका रूपमा सर्वश्रेष्ठ खेलाडी हाम्रो टीममा छन् ।’


ADVERTISEMENT

पाँचपटक विश्वविजेता बनिसकेको अस्ट्रेलियाले भारत भ्रमणका बेलामा ०–२ ले पछाडि परिरहेको थियो तर उसले कमब्याक गरेर ३–२ ले एकदिवसीय शृंखला जितेको थियो । त्यसपछि उसले ५–० ले पाकिस्तानलाई हरायो ।

स्टिभ वाले भने, ‘टीमको फर्म राम्रो थिएन तर उसले अचानक लगातार आठ म्याच जित्यो । टीममा अब त स्मिथ र वार्नर पनि फर्किसकेका छन् । यो अन्य टीमका लागि खतराको संकेत हो ।’

विश्वकपका लागि इंग्ल्यान्ड प्रबल दाबेदार रहेको बताउँदै उनले भने, ‘इंग्ल्यान्ड नै उपाधिको प्रबल दाबेदार हो । विगत केही वर्षयता ऊ शानदार फर्ममा छ । अहिले ऊ आफ्नै गृहमैदानमा खेलिरहेको छ । ट्रेभर बेलिसका रूपमा उससँग गजबका प्रशिक्षक छन् र उनी खेलाडीहलाई वास्तविकताको धरातलमा राख्न खप्पिस छन् । अनि इंग्ल्यान्ड बाहेक अस्ट्रेलिया र भारत दाबेदार हुन् ।’

एजेन्सी
 

जेठ ७, २०७६ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस