उप–मेयर महिला क्रिकेट प्रतियोगिता हुने

जेठ ७, २०७६

बैतडी- जिल्लामा उप–मेयर कप महिला टी–ट्वान्टी क्रिकेट प्रतियोगिता हुने भएको छ । दशरथचन्द नगरपालिकामा यही जेठ २३ गतेदेखि दोस्रो संस्करणको उप–मेयर कप शुरू हुनेछ ।

दशरथचन्द नगरपालिकाको सहयोग तथा नगर क्रिकेट समितिको आयोजनामा उक्त प्रतियोगिता सञ्चालन हुन लागेको हो ।


ADVERTISEMENT

प्रतियोगिताको विजेताले ३० हजार तथा उप–विजेतालाई २५ हजार पुरस्कार प्रदान गरिने नगर क्रिकेट समितिका संयोजक रमेश भट्टले जानकारी दिए । म्यान अफ द सिरिजलाई पाँच हजार दिइनेछ । निङ्गलाशैनी खेल मैदान देहिमाडौंमा सञ्चालन हुने उक्त प्रतियोगितामा दशरथचन्द नगरपालिकाका ११ वटै वडाको टोली सहभागी हुनेछ । 

उप–मेयर कपबाट महिला खेलाडी उत्पादनमा सहयोग पुग्नुका साथै क्रिकेटको विकासमा टेवा पुग्ने दशरथचन्द नगरपालिकाका उप–प्रमुख मिना चन्दले बताइन् ।

गत वर्ष नगरपालिकाले उप–मेयर कपको पहिला संस्करण आयोजना गरेको थियो ।

जेठ ७, २०७६ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस