भायनेटको क्रिकेट वर्ल्डकप मेनिया

जेठ ७, २०७६

काठमाडौं– भायनेट कम्युनिकेसन्स्‌ले यही जेठ १६ गतेदेखि सञ्चालन हुने क्रिकेट वर्ल्डकपलाई मध्यनजर गर्दै आफ्नो ग्राहकको लागि 'भायनेट क्रिकेट वर्ल्डकप मेनिया' नामक नयाँ अफर ल्याएको छ । 

यस अफरअन्तर्गत भायनेटका ग्राहकहरूले इन्टरनेट र टीभीको सेवा उपभोगमा अतिरिक्त स्पिड र भारी छुट प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ । इन्टरनेट र टीभीको वार्षिक ग्राहक बन्ने सम्पूर्ण ग्राहकहरूले हरेक हप्ता लक्की ड्र मार्फत ६ हजार क्यास ब्याक र ४३ इन्चको एलजी स्मार्ट एलईडी टीभी जित्ने मौका प्राप्त गर्न सक्नेछन् । 


ADVERTISEMENT

विगत १९ वर्षदेखि भायनेट कम्युनिकेसन्स्‌ले भरपर्दो र राम्रो मूल्यमा ब्रोड ब्यान्ड इन्टरनेट सर्भिस प्रदान गर्नमा सधैं अगाडि रहिआएको छ । आफ्नो सेवालाई काठमाडौं बाहिर विस्तार गर्दै भायनेटले हाल वीरगञ्ज, विराटजगर, बुटवल, भैरहवा, धनगढी, धधेलधुरा, बनेपा, चितवन र हेटौंडामा समेत ग्राहकहरूलाई आफ्नो इन्टरनेट र टीभी सेवा शुचारू गरेको छ ।

जेठ ७, २०७६ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा समाचार