×

NMB BANK
NIC ASIA

कर्मचारी समायोजन : १५ वर्ष अघि मृत्यु, अहिले काठमाडौँ सरुवा !

जेठ ७, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौँ - कर्मचारी समायोजनका क्रममा १५ वर्ष अघि नै निधन भएका कर्मचारीको सडक विभागमा सरुवा गरिएको पाइएको छ ।

Muktinath Bank

राज्य व्यवस्था तथा सुशासन समितिको आजको बैठकमा सांसद देवेन्द्रराज कँडेलले प्युठान घर भई सडक कार्यालय दाङका अपरेटर हरिबहादुर विष्टको १५ वर्ष अघि मृत्यु भए पनि समायोजनका क्रममा अहिले सडक विभाग काठमाडौँमा सरुवा गरिएको खुलासा गरेका हुन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

उनले भने, 'हाम्रो निजामती प्रशासन कस्तो ढङ्गले चलिरहेको छ भन्ने उदाहरणका रुपमा यो घटनालाई लिन सकिन्छ, विष्टको परिवारले राज्यबाट पाउनुपर्ने सबै सुविधा पहिले नै लिइसकेका छन्, १५ वर्षअघि बितिसकेका कर्मचारीको अहिले सरुवा भएको छ ।'


Advertisment
Nabil box
Kumari

उक्त समितिमा अहिले सङ्घीय निजामती सेवाको गठन, सञ्चालन र सेवाको शर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमाथि केही दिनदेखि दफाबार छलफल चलिरहेको छ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सहसचिव रुद्रसिंह तामाङले प्राविधिक र स्वास्थ्य सेवामा रहेका कर्मचारीको अभिलेख सम्बन्धित मन्त्रालय र निजामती किताबखानाबाट समयमा अद्यावधिक नभएका कारण केही स्थानबाट यस्ता कुरा आएको बताए ।

Vianet communication
Laxmi Bank

उनले भने, 'अहिले मैले नाम ठ्याकै त्यही हो भन्न नसके पनि, समायोजनकै क्रममा यस्ता घटना गुनासोका माध्यमबाट बाहिर आएका हुन्, स्वास्थ्य र प्राविधिक सेवाका अतिरिक्त प्रशासन सेवाका समेत कतिपय राजीनामा दिइसकेका कर्मचारीको पनि सरुवा भएको भन्ने सुनिएको छ, आगामी दिनमा सम्बन्धित मन्त्रालय र निजामती किताबखानाबाट अभिलेखलाई दुरुस्त तुल्याइनेछ ।'

गुनासोका माध्यमबाट आएका कुरा ठीक हुन वा होइनन् भनी पुष्टयाइ गर्ने र नामको यकिन गर्ने काम भइरहेको उनले जानकारी दिए ।

hAMROPATRO BELOW NEWS
TATA Below
चैत २७, २०८०

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सुमना श्रेष्ठ सिंहदरबारका कर्मचारीबीच 'गसिप'को विषय बनेकी छन् । छिनछिनमा मिटिङ गर्नुपर्ने, सर्वसाधारणले भेट्ने समय मिलाउन क्यूआर कोड स्क्यान गर्नुपर्ने, रिपोर्...

असोज १९, २०८०

ने​पालगञ्जका चेतन मानन्धरलाई नियन्त्रणमा लिएर खुँडा प्रहार गरी हत्या गरेको अभियोगमा जन्मकैदको सजाय भुक्तान गरिरहेका रिगल भनिने गुण्डानाइके योगराज ढकालले संविधान दिवस (असोज)का अवसरमा आममाफी पाएको विषयमा...

पुस २१, २०८०

यातायात कार्यालयका कर्मचारी र बिचौलियाको मिलेमतोमा ठूलो संख्यामा अवैध लाइसेन्स बाँडिएको प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन शुरू गरेको छ । लिखित र ट्रायल परीक्षा नै नलिई अवैध ढंगले ठूलो परिमा...

मंसिर २७, २०८०

निर्माण व्यवसायी महासंघले खरिद सम्बन्धी कानून परिमार्जनसहितका ९ बुँदे माग राखी आन्दोलन गरेको थियो । २०८० साउन २६ गते प्रधानमन्त्रीस्तरीय निर्णयबमोजिम सार्वजनिक खरिद अनुगमन कार्यालयका सचिवको अध्यक्षतामा गठित कार्यद...

कात्तिक २२, २०८०

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले टेलिकम्युनिकेसन ट्राफिक मनिटरिङ एण्ड फ्रड कन्ट्रोल सिस्टम (टेराम्क्स) प्रविधि खरिद प्रकरणमा नेपाल दुरसञ्चार प्राधिकरणका २० जना पदाधिकारी तथा कर्मचारीसँग बयान लिएको छ ।  ट...

मंसिर २९, २०८०

सूचनाको हकसम्बन्धी ऐन, २०६४ बमोजिम प्रधानमन्त्रीका सचिवालय सदस्यहरूको नियुक्ति तथा पारिश्रमिकसम्बन्धी विवरण उपलब्ध गराएबापत प्रधानमन्त्री कार्यालयकी सूचना अधिकारी कविता फुयाँलको जिम्मेवारी खोसिएको छ । करिब ५ वर्...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x