×

NMB BANK
NIC ASIA

मुख्य समाचार

क्रूर बन्दै समाज–आफन्तभित्रै हत्या बढ्दो, राष्ट्र बैंकद्वारा २३ अर्ब लगानी

जेठ ८, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं– पाँचथरको मिक्लाजुङ–७ लिम्बाका मानबहादुर माखिमले ससुराली र साढु दाइका दुई परिवारका सबै सदस्यको हत्या गरेको प्रहरीको प्रारम्भिक अध्ययनले देखाएको छ । हत्यापछि उनले पनि आत्महत्या गरेका छन् । 

Muktinath Bank

    माइती पक्षले श्रीमती मनकुमारी शेर्मासँग सम्बन्धविच्छेद गराइदिन खोजेपछि असन्तुष्टि जनाउँदै उनले मंगलबार राती ९ जनाको हत्या गरेको बताइएको छ । जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी निरीक्षक अनिलकुमार पौडेलले सङ्घीय प्रहरी एकाइ धरानको टोलीसमेतको प्रारम्भिक अनुसन्धानबाट माखिमले नौ जनाकै हत्या गरेको देखिएको बताए । 
 
    बमबहादुर फियाककी कान्छी छोरी मनकुमारीको पाँच वर्षअघि मानबहादुर माखिमसँग राजीखुशी विवाह भएको थियो । उनीहरुबाट जुम्लाहा बच्चा भए पनि शिशु अवस्थामै मरेका थिए । यसपछि मनकुमार माइतीमै बस्न थालिन् । मनकुमारीले मानबहादुर आफूसँग सम्बन्धविच्छेद गर्न दबाब दिँदै आएकी थिइन् । मृतक मनकुमारीका जेठा भिनाजु रणबहादुर लिम्बूले भने, “सालीले सम्बन्धविच्छेद गर्न चाहने, साढु भाइले नमान्ने । यही कारण द्वन्द्व उब्जिएको थियो ।”


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

    वडाध्यक्ष हस्तराज फियाकका अनुसार उनीहरुबीच हालैमात्र सम्बन्धबिच्छेदको प्रक्रिया अघि बढेको थियो ।
    वडाध्यक्ष फियाकका अनुसार मानबहादुर तीन वर्षदेखि माइतीमा रहेकी श्रीमतीसँग सम्बन्धविच्छेद गर्न नमान्नुको कारण आश्चर्यजनक छ । “यता नआए पनि एकोहोरो भएका छन् भन्ने सुनेका थियौँ”, वडाध्यक्ष फियाकले भन्नुभयो, “पछिल्लो पटक उनी लुकिछिपी यहाँ हिँड्ने गरेको सुनिएको थियो ।”


Advertisment
Nabil box
Kumari


    बमबहादुर फियाकसहित उनकी श्रीमती फुर्चीमाया फियाक, कान्छी छोरी मनकुमार फियाक (माखिम) र बमबहादुरकी साइली छोरीकी छोरी आसिका खजुम, बमबहादुरको घरमा हत्या भएको थियो । यस्तै बमबहादुरका जेठा ज्वाइँ धनराजसहित उनकी श्रीमती अस्मिता फियाक (शेर्मा), उनीहरुका दुई छोरी युहाना र मुना शेर्मा तथा धनराजका भाइकी छोरी इक्सा शेर्माको धनराजको घरमा वीभत्स हत्या भएको थियो । घटनामा आशिकाकी दिदी सीता भने भागेर बाँच्न सफल भएकी छन् । उनको झापामा उपचार भइरहेको छ ।
 
    हत्यापछि सिङ्गो गाउँपालिका शोकमा डुबेको छ । घटनास्थलमा गाउँ–गाउँबाट सयौँको सङ्ख्यामा स्थानीयवासी भेला भएका थिए । 
यसैबीच  प्रमुख जिल्ला अधिकारी मुरारी वस्तीका अनुसार प्रदेश प्रहरी कार्यालय तथा जिल्ला प्रहरी कार्यालयको प्रहरी टोलीको अनुसन्धानपछि नौवटै शवको मुचुल्का उठाई परीक्षणका लागि बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाइएको छ । 

Vianet communication
Laxmi Bank

क्रूर बन्दै समाज
सामान्य विवादमा जघन्य अपराध नेपाली समाजमा बढ्दै गएको छ । प्रहरीका अनुसार हत्याका घटनामध्ये झण्डै ४० प्रतिशत आफन्तबाटै भएका छन् । 
आजको नयाँ पत्रिका दैनिक लेख्छ–समाजका मूल्यमान्यता फेरिँदै गएको र बिचलन बढ्दा आफन्तभित्रै हत्याका घटना बढेको प्रहरी प्रवक्ता डीआईजी विश्वराज पोखरेल बताउँछन् । गत साउनदेखि माघसम्म सात महिनामा देशभर ४९२ व्यक्तिको हत्या भएको तथ्यांक छ । तथ्यांकअनुसार ६७ पुरुषले श्रीमतीको हत्या गरेका छन् भने ६ पुरुष श्रीमतीबाट मारिएका छन् । 

 मेनपावर व्यवसायीको माग
    मेनपावर व्यवसायीले कानूनी तथा व्यवस्थापकीय सुधार गरेर मात्र सीपमूलक तालीम लिएका कामदारलाई श्रम स्वीकृति प्रदान गर्ने निर्णय कार्यान्वयन गर्न सरकारसँग आग्रह गरेका छन् । नेपाल वैदेशिक रोजगार व्यवसायी सङ्घले वैदेशिक रोजगारी वा स्वदेशमै रोजगारीका क्रममा रोजगारदाता कम्पनीले प्रदान गरेको अनुभवको प्रमाणपत्र, अन्तर्राष्ट्रिय सीप परीक्षण संस्थाबाट प्राप्त गरेको प्रमाणपत्रलाई मान्यता दिन अनुरोध गरेको छ । 

    सङ्घले सीप परीक्षणसम्बन्धी कार्यका लागि आवश्यक कार्यविधि तयार गर्नसमेत सरकारको ध्यानाकर्षण गराएको छ । वैदेशिक रोजगार ऐन, २०६४ को दफा १९ को व्यवस्थालाई परिमार्जन÷संशोधन गरी रोजगारदाता कम्पनीले कामदारलाई प्रदान गरेको करारपत्रमा उल्लेख गरिएको पदलाई आधार मानी अन्तिम श्रम स्वीकृति दिने व्यवस्था गर्नसमेत आग्रह गरिएको छ ।

राष्ट्र बैंकद्वारा २३ अर्ब लगानी 

    नेपाल राष्ट्र बैंकले रु २३ अर्ब छ करोड रकम पुनरकर्जाको रुपमा लगानी गरेको छ । उत्पादनशील क्षेत्रतर्पm कर्जा लगानी तथा निर्यात विस्तारमा समेत सहयोग पु¥याउने उद्देश्यले बैंकले सहुलियत दरमा प्रदान गर्ने कर्जाको उपयोग बढेको हो । केन्द्रीय बैंकले हालै सार्वजनिक गरेको चालू आर्थिक वर्षको नौ महीनाको अवधिमा पुनरकर्जाको उपयोग गर्नेको सङ्ख्यामा वृद्धि भएको उल्लेख गरेको छ ।

    बैंकका अनुसार साधारण पुनरकर्जा रु १८ अर्ब ९७ करोड र निर्यात पुनरकर्जा रु एक अर्ब ४९ करोड उपयोग भएको छ । यस्तै गत चैत मसान्तसम्ममा भूकम्प पीडितलाई आवासीय घर निर्माणको लागि रु दुई अर्ब ५८ करोड रकम प्रदान गरिएको छ । त्यस्तो कर्जा एक हजार ५७७ ऋणीले उपभोग गरेका छन् । नेपाल सरकारबाट पाँच प्रतिशत ब्याज अनुदानमा प्रवाह गरिने कृषि तथा पशुपक्षी व्यवसाय कर्जा लिनेको सङ्ख्यामा १४ हजार ६३९ पुगेको छ ।
 
    यस्तै वैदेशिक रोजगारीमा गएका नेपाली नागरिकले चालू आर्थिक वर्षको नौ महीनामा रु छ खर्ब ५३ अर्ब १९ करोड बराबरको विप्रेषण पठाएका छन् । विप्रेषण आप्रवाह गत आवको तुलनामा चालू आवको नौ महीनामा २० दशमलव नौ प्रतिशतले वृद्धि भएको हो । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह पाँच दशमलव छ प्रतिशतले बढेको थियो ।
    निधन भएका कर्मचारीको सरुवा 

    कर्मचारी समायोजनका क्रममा १५ वर्ष अघि नै निधन भएका कर्मचारीको सडक विभागमा सरुवा गरिएको पाइएको छ । राज्य व्यवस्था तथा सुशासन समितिकोको बैठकमा सांसद देवेन्द्रराज कँडेलले प्युठान घर भई सडक कार्यालय दाङका अपरेटर हरिबहादुर विष्टको १५ वर्ष अघि मृत्यु भए पनि समायोजनका क्रममा अहिले सडक विभाग काठमाडौँमा सरुवा गरिएको खुलासा गरे । 

        सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सहसचिव रुद्रसिंह तामाङले प्राविधिक र स्वास्थ्य सेवामा रहेका कर्मचारीको अभिलेख सम्बन्धित मन्त्रालय र निजामती किताबखानाबाट समयमा अद्यावधिक नभएका कारण केही स्थानबाट यस्ता कुरा आएको बताए । 

ढकाल थाइल्याण्डका लागि राजदूत नियुक्त

परराष्ट्र मन्त्रालयका सहसचिव गणेशप्रसाद ढकाल थाइल्याण्डका लागि नेपालको आवासीय राजदूतमा नियुक्त भएका छन् । 

नेपालको संविधानको धारा २८२ बमोजिम उनलाई मन्त्रिपरिषद्को सिफारिसमा नियुक्त गरिएको राष्ट्रपति कार्यालयले जनाएको छ । गत पुसमा बसेको मन्त्रिपरिषद्को बैठकले थाइल्याण्डसँगै विभिन्न देशमा रिक्त राजदूत पदमा नियुक्तिको सिफारिस गरेको थियो ।

प्रहरी र विप्लव कार्यकर्ताबीच मुठभेट

    टेम्केमैयुङ गाउँपालिका–१ तिम्माको धोद्रे जङ्गलमा प्रहरी र नेत्रविक्रम चन्द(विप्लव) समूहका कार्यकर्ताबीच मुठभेट भएको छ । 

    मंगलबार दिउँसो भएको मुठभेटमा प्रहरीको गोली लागेर षडानन्द नगरपालिका–२ कुदाककाउले घर भएका सो समूहका कार्यकर्ता तीर्थराज घिमिरे घाइते भएका प्रमुख जिल्ला अधिकारी नुरहरि खतिवडाले जानकारी दिए । 

    घिमिरेको खुट्टामा गोली लागेको छ । घिमिरलाई उपचारका लागि धरान लैजाने तयारी भइरहेको प्रजिअ खतिवडाले जानकारी दिए ।  घिमिरेको साथबाट हतियारसमेत फेला परेको बताइएको छ । सो ठाउँ छिनामखु र खोटाङको केपलासगढी गाउँपालिकाको सीमा क्षेत्रमा पर्दछ । विप्लव समूहका कार्यकर्ताले प्रहरीमाथि फायर गरेको र जवाफी कारवाहीमा घिमिरेलाई गोली लागेको प्रजिअ खतिवडाले बताए । 

    हतियारधारी समूह त्यहाँबाट जङ्गलको बाटो हुँदै भागेको बताइएको छ । 

नर्सहरुको अनशन जारी 
    
    भक्तपुरस्थित शहीद धर्मभक्त राष्ट्रिय (मानव अङ्ग) प्रत्यारोपण केन्द्रमा अनशनमा बसेका नर्सहरुले १० बुँदे सहमति धोका भएको भन्दै अनशन जारी रहेको बताएका छन् । 

    अस्पताल प्रशासनले झुक्याएर केही नर्सहरुसँग सहमति गरे पनि आफूहरुको मागका बारेमा कुनै सम्बोधन नभएको भन्दै अनशन जारी रहेको बताएका हुन् । नर्सहरुको पक्षमा विभिन्न माग राख्दै शहीद धर्मभक्त राष्ट्रिय (मानव अङ्ग) प्रत्यारोपण केन्द्रमा अनशनरत नर्स दिक्की शेर्पा र बिपी स्मृति अस्पताल वसुन्धरामा अनशनरत नर्स जीता बरालले आफ्नो अनशन र आन्दोलन जारी रहेको बताइन् । 

    गत आइतबार साँझ नर्सिङ सङ्घको पहलमा मानव अङ्ग प्रत्यारोपण केन्द्र र अनशनरत नर्सहरुबीच भएको १० बुँदे सहमति धोका भएको र आफूहरुलाई त्यसबारेमा कुनै जानकारीनै नदिई अफवाह फैलाएर उल्टो षडयन्त्र गरेको आन्दोलनरत नर्सहरुको आरोप छ । 


राजपाको माग
    राष्ट्रिय जनता पार्टीले सर्वाेच्च अदालतका पूर्वन्यायाधीश गिरीशचन्द्र लालको अध्यक्षतामा गठित आयोगको प्रतिवेदन सार्वजनिक  गर्न पुनः माग गरेको छ ।

    संसदमा उक्त पार्टीका नेता महेन्द्रप्रसाद यादवले सो प्रतिवेदन सार्वजनिक गर्न र संविधान संशोधनका लागि सभामुखबाट पुनः रुलिङ गर्न माग गरे ।  उक्त पार्टीले  विगतदेखि सो प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै आएकामा सभामुखबाट  दुई पटक रुलिङ  भइसकेको छ । 

शेयर बजार 
    
धितोपत्र बजारमा मंगगबार शेयर कारोवार मापक नेप्से परिसूचक सामान्य अङ्कले वृद्धि भएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार मापक नेप्से परिसूचक ४.४२ विन्दुले बढेर एक हजार ३१२.१४ अङ्कमा पुगेको छ । 

    ठूला कम्पनीको शेयर कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक ०.११ ले वृद्धि भई २७९.९१ अङ्कमा पुगेको छ । नेप्से परिसूचक उकालो लागेसँगै कारोवार रकममा पनि वृद्धि भएको छ । स्टकका अनुसार कूल १७३ कम्पनीको ३१ लाख दुई हजार २८४ कित्ता शेयर रु ८१ करोड ४४ लाख ५२ हजार २६७ मूल्यमा खरीद–बिक्री भए । 

    कारोवार भएका कूल १२ उपसमूहमध्ये तीन उपसमूहको शेयरको मूल्य ओरालो लागेको छ । उत्पादन ३३.३४, अन्य १.१६ र लघुवित्त ३.०५ अङ्कले घटेको छ । यस्तै बैंकिङ ०.०८, व्यापार २.७०, होटल २.५८, विकास बैंक २.४४, जलविद्युत् ६४.६०, वित्त १०.५१, निर्जीवन बीमा २८.०६, जीवन बीमा ४२ र सामूहिक लगानी कोष ०.०५ अङ्कले वृद्धि भएको छ । 

लमजुङ केन्द्रबिन्दु भएर भूकम्प
काठमाडौं– लमजुङ केन्द्रबिन्दु भएर मंगलबार मध्यराती भूकम्पको धक्का गएको छ । राती ११ बजेर ४७ मिनेट जाँदा ४.१ रिक्टरस्केलको भूकम्पको धक्का गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । बेसीशहर आसपास केन्द्रबिन्दु भएको भूकम्पको धक्का आसपासका जिल्लामा समेत महसुश भएको थियो । 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x