×

NMB BANK
NIC ASIA

भाजपाले किन दियो एनडीए साझेदारलाई रात्रिभोज ?

जेठ ८, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं – भारतमा लोकसभा चुनावको परिणाम आउनुअघि भारतीय जनता पार्टी नेतृत्वको राष्ट्रिय जनतान्त्रिक गठबन्धन (एनडीए) का नेताहरूलाई भाजपा अध्यक्ष अमित शाहले रात्रिभोजमा मंगलवार बोलाए ।

Muktinath Bank

सबैप्रति आभार प्रकट गर्न तथा आफूहरू सँगै रहेको सन्देश दिन यो रात्रिभोज आयोजना गरिएको थियो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

अमित शाहले चुनाव प्रचारको अन्तिम दिनमा पनि भाजपासँग थप अन्य दलहरू जोडिएको हेर्न चाहेको बताएका थिए ।


Advertisment
Nabil box
Kumari

चुनावको परिणाम आउनुअघि डाकिएको यो बैठकका अन्य उद्देश्य पनि छन् । पहिलो, एक्जिट पोलले भाजपा एक्लैले बहुमत ल्याउने संकेत दिएको भए पनि सरकार एनडीएकै बन्नेछ । 

Vianet communication
Laxmi Bank

दोस्रो, चुनावका बेलामा एनडीए घटकहरूमा देखिएको एकता चुनावी स्टन्ट मात्र नभई भाजपाले आगामी पाँच वर्षसम्म यसलाई कायम राख्न चाहेको भनी मतदातालाई सन्देश दिन पनि बैठक डाकिएको थियो । 

शिवसेना प्रमुख उद्धव ठाकरे लन्डनमा थिए र उनी आउने नआउने निश्चित थिएन । त्यसै पनि उद्धव कमै मात्र दिल्ली आउँछन् । 

शिरोमणि अकाली दलका प्रमुख प्रकाश सिंह बादलको साटो सुखबीर बादल बैठकमा आउने कुरा थियो । जनता दल युनाइटेडका नेता नीतीश कुमार पनि बैठकमा आउन धेरै उत्सुक देखिएनन् । 

परिणाम आउनुअघि उनी सार्वजनिक मञ्चमा देखिन नचाहेको बताइएको छ । चुनावभरि उनले मिडियासँग कुराकानी गरेनन् ।

भाजपा अध्यक्ष अमित शाहले यी सबै नेतालाई बैठकमा ल्याउन खोजे । बैठकमा प्रधानमन्त्री र सरकारको पाँच वर्षे कार्यकालको प्रशंसा गरियो । 

बैठकमा एनडीएका ३६ दलका नेताले भाग लिएका थिए र तीनजनाले पत्र पठाएर समर्थन जनाएका थिए । बैठकमा सबै कुरा राम्रै थियो तर एक किसिमको मौनता पनि थियो ।

भाजपाबाहेक सबैको मनमा परिणाम कतै एक्जिट पोलभन्दा विपरीत आउने त हैन भन्ने थियो । 

एक्जिट पोलका परिणाम नै वास्तविक परिणाममा परिणत भएमा भाजपाका सहयोगी दल उसको कृपापात्र हुनेछन् । 

कुन दलबाट कतिजना मन्त्री बन्ने हुन् र उनीहरूले कुन मन्त्रालय पाउने हुन् भन्ने कुरा नरेन्द्र मोदी र अमित शाहले निर्धारण गर्नेछन् । 

सहयोगी दलहरूले गुनासोको अवसर पनि पाउने छैनन् र शक्तिहीन हुनेछन् । यस्तो स्थितिमा सबभन्दा बढी समस्या बिहारका मुख्यमन्त्री नीतीश कुमार र शिवसेनाका उद्धव ठाकरेलाई पर्नेछ । 

उनीहरूलाई केन्द्रीय मन्त्रिमण्डलमा आफ्ना नेता बढी नपरेको चिन्ता भन्दा पनि विधानसभा चुनावको धेर चिन्ता छ । महाराष्ट्रमा सन् २०१९ को अन्त्यतिर अनि बिहारमा सन् २०२० को फेब्रुअरीमा विधानसभा चुनाव हुँदैछ । 

अघिल्लो विधानसभा चुनावमा भाजपाले शिवसेनासँग गठबन्धन तोडेर एक्लै चुनाव लड्यो र प्रदेशको सबभन्दा ठूलो दल बन्यो । भाजपा एक्लैले लोकसभामा बहुमत ल्यायो भने विधानसभा चुनावमा आफ्नो शक्ति क्षीण हुने ठर ठाकरेलाई छ । 

नीतीश त उद्धवभन्दा पनि बढी चिन्तित छन् । लोकसभा चुनावमै पनि उनले भाजपा बराबर सीटमा चुनाव लड्न पाएनन् । 

सन् २०१७ मा एनडीएमा फर्किएपछि उनले सम्बन्धमा गाँठो परेको अनुभव गरेका छन् ।

उनले भाजपासँग सम्बन्ध तोड्दा त्यो अटल आडवाणीको पार्टी थियो । तर उनी फर्किंदा भाजपा मोदी र शाहको पार्टी बनेको छ । एनडीएमा उनको शक्ति पहिले जस्तो नरहेको नीतीशले बुझिसकेका छन् । भाजपाले उनलाई घोषणापत्र पनि जारी गर्न दिएन । 

प्रधानमन्त्रीसँगको चुनावी सभामा मञ्चमा बसेका सबै नेताले मोदीसँग मिलेर भारत माता की जय भन्दै नारा लगाउँदा नीतीश एक्लै कुुर्सीमा बसिरहे । उनी एनडीएमा त छन् तर सहज अनुभव गरिरहेका छैनन् । 

एक्जिट पोल गलत प्रमाणित भए र त्रिशंकु लोकसभा आयो भने यो स्थिति उद्धव र नीतीशका लागि गजब हुन्छ । 

यी दुवै नेता दुवै पक्षसँग सम्झौता गर्न सक्ने स्थितिमा हुनेछन् । रामविलास पासवानले पनि खेमा परिवर्तन गनए सक्छन् । एनडीएका ठूला सहयोगी दलमा अकाली दलले मात्र भाजपाको साथ छोड्दैन । 

मोदी र शाहलाई यो कुरा थाहा छ । त्यसैले लोकसभा चुनावअघि नै उडिसाका मुख्यमन्त्री नवीन पटनायक, तेलंगानाका मुख्यमन्त्री चन्द्रशेखर राव अनि वाईएसआर कांग्रेसका जगनमोहन रेड्डीसँग उनीहरूले एक खाले सहमति बनाइसकेका छन् । आवश्यक परेमा उनीहरूले भाजपालाई साथ दिन सक्छन् । 

पटनायक र रेड्डीलाई राष्ट्रिय राजनीतिमा आउने महत्त्वाकांक्षा छैन । केसीआरलाई आफ्नो सीमा थाहा छ र उनलाई मोदीसँग काम गर्न समस्या छैन । 

मोदी र शाहको आत्मविश्वासले चाहिँ उनीहरू आफूले खोजेको जस्तो परिणाम आएकोमा ढुक्क भएको देखिन्छ । 

त्यसैले गर्दा शायद सरकारका सबै विभागमा प्रेजेन्टेसनको तयारी चलिरहेको छ । सरकारको आगामी १०० दिनको एजेन्डा तयार भइरहेको छ ।

अनि बजेटको  तयारी पनि गरिँदैछ । सन् २००४ को मे २३ को स्थिति नदोहोरिनेमा भाजपा ढुक्क छ ।

बीबीसी हिन्दीबाट

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १६, २०८०

पेट्रो चीनको शाखा चाङ्छिङ तेल क्षेत्रले उत्तरपश्चिम गान्सु प्रान्तको ह्वान्सियान काउन्टीमा १० करोड टनभन्दा बढी भूगर्भीय भण्डार भएको तेल क्षेत्र फेला पारेको छ। हालसम्म चाङ्छिङ आयलफिल्डले यस क्षेत्रमा ५०.२४ मिलियन टनको...

कात्तिक १७, २०८०

सोउल– उत्तर कोरियाले दूतावास बन्द गर्ने हालैको शृङ्खला आफ्नो बाह्य सम्बन्ध सुधार गर्नका लागि ‘नियमित मामिला’ भएको स्पष्ट पारेको छ । दक्षिण कोरियाले आर्थिक सङ्कटका कारण दूतावास बन्द गरेको दाबी गर...

कात्तिक २८, २०८०

चिनियाँ राष्ट्रपति सी चिनफिङ अमेरिका प्रस्थान गरेका छन् । चीन–अमेरिका भ्रमणका लागि उनी मंगलवार अमेरिका प्रस्थान गरेका हुन् । भ्रमणका क्रममा उनले चीन र अमेरिकाका नेताबीचको बैठक र ३० औं एपेक आर्थिक न...

कात्तिक २९, २०८०

हमासको कमान्ड सेन्टरलाई निशाना बनाउँदै इजराइली सेना बुधबार गाजाको सबैभन्दा ठूलो अस्पतालमा प्रवेश गरेको छ । हजारौँ बिरामी र आश्रय लिएका नागरिकहरू रहेको अस्पतालमुनि हमासको कमान्ड सेन्टर रहेको सेनाले बताएको छ ...

कात्तिक २१, २०८०

किभ– युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले निर्वाचनका लागि यो सही समय भएको हो भन्ने आफूलाई विश्वास नभएको बताएका छन् । सन् २०२४ मा राष्ट्रपति निर्वाचनका बारेमा तीव्र बहस हुँदै गएपछि रुसी आक्रमणविरुद्ध ह...

मंसिर ९, २०८०

आफ्नै साथीले छुरा प्रहार गर्दा पोर्चुगलमा एक नेपाली युवकको मृत्यु भएको छ । छुरा प्रहारबाट गम्भीर घाइते भएका कुश्मा नपा–१३, खौला, पर्वतका ३६ वर्षीय धनबहादुर क्षेत्रीको उपचारका क्रममा निधन मृत्यु भएको हो ।&n...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x