प्लेयर प्रोफाइल : यस्ता छन् विश्वकपअघि भारतीय कप्तान कोहलीका रेकर्ड

जेठ ८, २०७६

एजेन्सी- यही मे को अन्तिममा इंग्ल्याण्डमा हुन लागेको क्रिकेट विश्वकपको प्रमुख दाबेदार टीममध्ये एक हो- भारत । भारतीय टीम विराट कोहलीमा निर्भर रहन्छ, किनकी उनी र्‍यांकिङका हिसाबमा अहिले विश्वकै शीर्षस्थानमा छन् । कोहली भारतीय क्रिकेट टीमका कप्तान पनि हुन् । 

सन् १९८८ नोभेम्बर ५ तारिखका दिन जन्मिएका विराट कोहलीले क्रिकेटका तीनै फर्म्याट (वान-डे, टी-ट्वान्टी र टेस्ट)मा भारतीय टीमको कप्तानी सम्हालिरहेका छन् । कोहली दायाँ हातका शीर्षक्रमका ब्याट्स्‌म्यान हुन् र उनलाई संसारकै सर्वश्रष्ठ ब्याट्स्‌म्यानको रूपमा लिइन्छ । 


ADVERTISEMENT

विराटबारे केही तथ्य :

उमेर - ३० वर्ष 

भूमिका - शीर्षक्रमका ब्याट्स्‌म्यान 

ब्याटिङ - दायाँ हाते ब्याट्स्‌म्यान 

बलिङ - दायाँ हाते मिडियम पेस बलर 

विराट कोहलीले भारतका लागि २२७ एक दिवसीय म्याच खेलेका छन् । उनले ५९.५८ को औसतमा १० हजार ८ सय ४३ रन बनाएका छन् । त्यसक्रममा उनले ४१ शतक र ४९ अर्धशतक प्रहार गरेका छन् । यसक्रममा उनको उच्च स्कोर १८३ रह्यो । एक दिवसीयमा कोहलीले ४ विकेट लिएका छन् भने उत्कृष्ट प्रदर्शन १५ रन दिएर १ विकेट रहेको छ । 

यसअघि विराटले दुई विश्वकप खेलेका छन् । सन् २०११ र २०१५ मा कोहलीले क्रिकेट विश्वकप खेलेका छन् । कप्तानको रूपमा यो कोहलीको पहिलो विश्वकप हो । भारतका लागि कप्तान र खेलाडीको रूपमा कोहलीले यस पटकको विश्वकपमा महत्त्वपूर्ण भूमिका निभाउन सक्नेछन् । 

कोहलीले मलेसियामा सन् २००८ मा यू-१९ विश्वकप जिताउन अहम भूमिका निभाएका थिए । विराटले सन् २०११ को पहिलो विश्वकपमा बंगलादेशविरुद्ध शतक प्रहार गरेका थिए ।

त्यसपछि कोहलीले पछाडि फर्केर हेर्नु परेन । उनी इन्डियन प्रिमियर लीग (आईपीएल)मा रोयल च्यालेन्जर्स बैंग्लोरका कप्तान हुन् ।  

जनवरी २०१७ मा महेन्द्रसिंह धोनीले कप्तानी छोडेपछि कोहलीले क्रिकेटका तीनै फर्म्याटको जिम्मेवारी सम्हालेका छन् । 

जेठ ८, २०७६ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस