×

NMB BANK
NIC ASIA

हुआवेमाथिको अमेरिकी प्रतिबन्ध : साँढेको जुधाइमा बाच्छाको मिचाइ !

जेठ ८, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

चीनको हुआवे कम्पनीको अमेरिकासँगको सम्बन्ध विगत एक दशकदेखि उतारचढावपूर्ण छ । अघिल्लो साता ट्रम्प प्रशासनले अमेरिकी व्यापारिक संस्थाहरूलाई हुआवेसँग व्यापार गर्न प्रतिबन्ध लगाएपछि यो सम्बन्ध विस्फोटको स्थितिमा पुगेको छ ।

Sagarmatha Cement
Muktinath Bank

अमेरिकाले हुआवे अवैध गतिविधिमा संलग्न रहेको भनी लामो समयदेखि शंका गरेको भए पनि हालैको समयमा यति धेरै चिन्ता लिनुपर्ने गरी हुआवेले केही विशेष गरेको थिएन । उसमाथिको प्रतिबन्ध घोषणाले विश्लेषकहरूलाई पनि आश्चर्यचकित बनायो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

अमेरिकी प्रशासनको घोषणापछि गूगलको एन्ड्रोइड सर्भिसेजले हुआवेसँगको साइनो तोडेको बतायो । अब बन्ने हुआवे फोनमा एन्ड्रोइडले काम नगर्ने भएको छ । त्यसपछि हुआवेका सीईओ रेन झेङफेईले हुआवे आफैं नयाँ अपरेटिङ सिस्टम विकसित गर्न सक्षम रहेको दाबी गरेका छन् ।


Advertisment
Nabil box
Kumari

त्यसो त ट्रम्प प्रशासले सोमवार प्रतिबन्धलाई आंशिक रूपमा खुकुलो बनाएको छ । तीन महिनाको अवधिमा अमेरिकी कम्पनीहरूले हुआवेसँगको व्यापारको छिनोफानो गर्न समय पाएका छन् । तर यो खुकुलोपनले हुआवेको उपकरण प्रयोग गर्ने ग्रामीण अमेरिकी नेटवर्क प्रदायकहरूलाई मात्र सुविधा दिएको हो । हुआवे आफैं र अधिकांश अमेरिकी कम्पनीहरूका लागि कठोर प्रतिबन्ध कायम छ । 

Vianet communication
Laxmi Bank

हुआवेप्रति अमेरिकी अधिकारीहरू किन यति क्रुद्ध हुन पुगे त ? यसका विभिन्न कारण छन् ।

अमेरिका–चीन व्यापारयुद्ध
अमेरिका र चीन एक वर्षभन्दा बढी समयदेखि तिक्ततापूर्ण व्यापारयुद्धमा छन् र हुआवे बाच्छाको मिचाइमा परेको छ । 

हुआवे ठूलो बार्गेनिङ चिपका रूपमा रहेको छ । यो चीनको विशाल दूरसञ्चार कम्पनी हो र संसारको शीर्ष स्मार्टफोन निर्माता बन्ने लक्ष्य यसले बोकेको छ । हुआवेले अघिल्लो वर्ष १०५ अर्ब डलर बराबरको बिक्री गरेको थियो जुन आईबीएमको भन्दा धेरै हो । 

राष्ट्रपति डोनल्ड ट्रम्पले चाहिँ चीनसँगको व्यापार वार्ताका क्रममा हुआवेमाथिको प्रतिबन्धलाई खुकुलो बनाउने संकेत दिएका छन् ।

चिनियाँ सरकारसँगको सम्बन्ध
सन् २०१२ मा अमेरिकी हाउस इन्टेलिजेन्स कमिटीले एक वर्षको अनुसन्धानपछि एउटा प्रतिवेदन प्रकाशित गरेर हुआवे अमेरिकाका लागि सुरक्षा खतराका रूपमा रहेको बताएको थियो । प्रतिवेदनमा हुआवे र चिनियाँ टेलिकम कम्पनी जेडटीईले चिनियाँ सरकारका लागि काम गरेको र उनीहरूलाई अमेरिका वायरलेस सञ्जालमाथि नियन्त्रण गर्ने महत्त्वपूर्ण संरचना सञ्चालन गर्न दिन नहुने उल्लेख गरिएको थियो । 

हुआवेले आफू चिनियाँ सरकारभन्दा स्वतन्त्र रहेर कामकाज गरिरहेको बताएको छ । तर हुआवेले सञ्चालन गरेको प्रविधिले नेटवर्कहरूमा जासूसी गर्ने गरेको अमेरिकाले आशंका गरेको छ । हुआवेले जासूसीको आरोपलाई लगातार खण्डन गरिरहेको छ । तर अमेरिकाले उसलाई ब्रोडब्यान्ड र वायरलेस सम्झौताबाट झिकेको छ र ट्रम्प प्रशासनले हुआवेको दूरसञ्चार उपकरण किन्नबाट संसारलाई रोक्नका लागि दबाब दिइरहेको छ ।

हुआवेले चिनियाँ सरकारसँग सम्बन्ध नरहेको र आफ्नो उपकरणले जोखिम पनि नपार्ने दाबी गरिरहेको छ । जेडटीईले पनि यी आरोपलाई अस्वीकार गरेको छ र अघिल्लो वर्ष अमेरिकी सरकारको निरीक्षणमा रहन सहमति जनाएको थियो । 

इरानसँगको सम्बन्ध
ट्रम्प प्रशासनले हुआवेविरुद्ध सन् २०१९ को आरम्भतिर फौजदारी अभियोग दर्ता गरेको थियो । इरानमा अमेरिकाले लगाएको प्रतिबन्धलाई कम्पनीले छल्न खोजेको दाबी गरिएको थियो । 

त्यही मुद्दाको सिलसिलामा क्यानडाले हुआवेकी प्रमुख आर्थिक अधिकारी मेङ वान्चोलाई हिरासतमा लिएको थियो । उनलाई अमेरिकासमक्ष सुपूर्दगी गराइने सम्भावना छ । 

इरानमा आफूले गरेको व्यापारका विषयमा हुआवेले आर्थिक संस्थान तथा अमेरिकी सरकारलाई धोका दिएको आरोप लगाइएको छ । हुआवेका संस्थापक रेन झेङफेईले सन् २००७ मा एफबीआईलाई कम्पनीले अमेरिकी निर्यात कानूनको उल्लंघन नगरेको र कुनै पनि इरानी कम्पनीसँग सीधै डील नगरेको भनी झूटो बोलेको आरोप अमेरिकाले लगाएको छ । 

हुआवेले आफू दोषी नरहेको भन्दै सबै आरोप अस्वीकार गरेको छ । चीनले यी आरोपहरू हुआवेलाई बदनाम गराउने अभियान भएको बतायो । मेङले आफूमाथिको आरोप अस्वीकार गरेकी छन् । रेनले यी आरोपमाथि टिप्पणी गरेका छैनन् तर अमेरिका नआउने बताएका छन् । उनले अमेरिकामा अभियोगको सामना गर्नुपर्ने हुन सक्छ । 

बौद्धिक सम्पत्ति चोरीको आरोप
ट्रम्प प्रशासनले हुआवेविरुद्ध टी–मोबाइलबाट व्यापार रहस्यहरू चारेको आरोप लगाएर समेत मुद्दा दायर गरेको छ ।

मुद्दामा उल्लिखित विवरणअनुसार, हुआवेले टी–मोबाइलको फोन परीक्षण प्रविधि ट्याप्पीलाई चोर्नका लागि वर्षौंसम्म काम गरेको थियो । हुआवेले टी–मोबाइललाई फोन आपूर्ति गरेको थियो अनि ट्याप्पीका बारेमा केही जानकारी हासिल गरेको थियो, मुद्दामा उल्लिखत छ । टी–मोबाइल कम्पनीका कर्मचारीलाई विभिन्न अवयवका तस्वीर, नाप र सिरियल नम्बर सम्बन्धी जानकारी पठाउन लगाइएको आरोप छ । 

आफ्ना प्रतिस्पर्धीहरूका बारेमा गोप्य सूचना संकलन गर्ने कर्मचारीलाई बोनस दिने प्रतिज्ञा हुआवेको व्यवस्थापनले गरेको अमेरिकी सरकारको आरोप छ ।

हुआवेले यो आरोपको पनि खण्डन गरेको छ । 

प्रविधिको भविष्यका लागि लडाईं
हुआवेको प्रविधि ५जी को भविष्यका लागि आवश्यक छ । ५जी प्रविधिमा अमेरिकाले जसरी भए पनि प्रभुत्व जमाउन चाहेको छ । 

हुआवे ५जीको अग्रणी हो र यसले ताररहित सञ्जालका ५जी रोलआउटहरूलाई सपोर्ट गर्ने प्रविधि दिन्छ । उसका ठूला प्रतिस्पर्धीहरू नोकिया र एरिकसन हुन् । हुआवे चाहिँ ती दुवैभन्दा ठूलो कम्पनी हो र उसले प्रविधि थप तीव्र गति अनि झन् सस्तो दरमा उपलब्ध गराउन सक्छ । 

अमेरिकाले हुआवेको नेटवर्किङ प्रविधि त्यति प्रयोग गरेको छैन तर यो अमेरिकाका ग्रामीण क्षेत्रमा छ्यापछ्याप्ती भेटिन्छ । यसको विस्तार युरोप, एसिया र अन्य क्षेत्रमा पनि भएको छ । 

अमेरिका आफ्नै दूरसञ्चार कम्पनीहरू नयाँ प्रविधिको अग्रस्थानमा रहून् भनी सुनिश्चित गर्न चाहन्छ । ५जीले अर्थतन्त्रमै परिवर्तन ल्याउने प्रविधिका लहरहरू भित्र्याउन सक्छ जसमा चालकरहित कार पनि पर्छ । 

भविष्यको आशा ?
हुआवे र अमेरिकाबीच गतिरोध आए पनि ट्रम्प प्रशासन र एक चिनियाँ प्रविधि कम्पनीबीच विगतमा भएको विवादले हुआवेका लागि अगाडिको सम्भावित बाटो देखाएको छ । 

सन् २०१८ को अप्रिल महिनामा अमेरिकी अधिकारीहरूलाई जेडटीईले उत्तर कोरिया तथा इरानविरुद्धको अमेरिकी प्रतिबन्धको उल्लंघन गरेको विषयमा ढाँटेको अमेरिकी वाणिज्य मन्त्रालयले आरोप लगाएको थियो । अनि अमेरिकाले जेडटीईलाई अवयवहरू बेच्न अमेरिकी कम्पनीहरूलाई प्रतिबन्ध लगाएको थियो जसले गर्दा उसले प्रमुख आपूर्तिकर्ताबाट चिप र शीशा किन्न पाएको थिएन ।

तर त्यसको एक महिनापछि ट्रम्पले चिनियाँ राष्ट्रपति शी चिनफिङसँग व्यक्तिगत रूपमा कुरा गरेर जेडटीईलाई छिट्टै व्यापारमा फर्काउने बताए । अमेरिकाले दिएको सजायका कारण धेरै चिनियाँहरूको रोजगारी खोसिएको उनको भनाइ थियो । जेडटीईले आफूमाथिको निरीक्षणमा सहमति जनाएपछि ट्रम्प प्रशासनले यी प्रतिबन्धहरू हटाएको थियो । 

ट्रम्प प्रशासनले जेडटीईभन्दा निकै ठूलो कम्पनी हुआवेलाई चीनसँगको व्यापारयुद्धका लागि बार्गेनिङ चिपका रूपमा प्रयोग गरेको हो भने उसले कम्पनीमाथिको नियन्त्रण खुकुलो बनाएको बदलामा चीनबाट राजनीतिक छुटको माग गर्न सक्छ । 

तर हुआवे दुई देशबीचको समस्याको समाधान कुरेर बसिरहेको छैन । मार्च महिनामा आफ्नो वैश्विक प्रभावलाई अमेरिकाले हाल्न खोजेको भाँजोविरुद्ध लड्नका लागि उसले अमेरिकी सरकारमाथि मुद्दा हालेको थियो । अमेरिकी सरकारका अधिकारीहरूले यस मुद्दामा टिप्पणी गरेका छैनन् ।

सीएनएनमा प्रकाशित डेभिड गोल्डम्यानको विश्लेषण
 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १७, २०८०

पाकिस्तानको क्वेटामा सुरक्षाकर्मीको एउटा समूहमाथि शुक्रबार आक्रमण हुँदा कम्तीमा १४ सैनिकको मृत्यु भएको छ । घटनाबारे बलुचिस्तान प्रान्तका एक वरिष्ठ सरकारी अधिकारी सइद अहमद उमरानीले एएफपीसँग भने, “तटीय ...

मंसिर ५, २०८०

११ दिनदेखि सुरुङमा फसेका ४१ मजदुरलाई पाइपबाट खाना पठाइएको छ । गएराति ६ इन्चको पाइपबाट पहिलोपटक खिचडी पठाइएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् ।  भारतको उत्तरी हिमाली राज्य उत्तराखण्डमा निर्माणाध...

मंसिर १६, २०८०

पेट्रो चीनको शाखा चाङ्छिङ तेल क्षेत्रले उत्तरपश्चिम गान्सु प्रान्तको ह्वान्सियान काउन्टीमा १० करोड टनभन्दा बढी भूगर्भीय भण्डार भएको तेल क्षेत्र फेला पारेको छ। हालसम्म चाङ्छिङ आयलफिल्डले यस क्षेत्रमा ५०.२४ मिलियन टनको...

कात्तिक २९, २०८०

हमासको कमान्ड सेन्टरलाई निशाना बनाउँदै इजराइली सेना बुधबार गाजाको सबैभन्दा ठूलो अस्पतालमा प्रवेश गरेको छ । हजारौँ बिरामी र आश्रय लिएका नागरिकहरू रहेको अस्पतालमुनि हमासको कमान्ड सेन्टर रहेको सेनाले बताएको छ ...

कात्तिक १७, २०८०

सोउल– उत्तर कोरियाले दूतावास बन्द गर्ने हालैको शृङ्खला आफ्नो बाह्य सम्बन्ध सुधार गर्नका लागि ‘नियमित मामिला’ भएको स्पष्ट पारेको छ । दक्षिण कोरियाले आर्थिक सङ्कटका कारण दूतावास बन्द गरेको दाबी गर...

कात्तिक २८, २०८०

चिनियाँ राष्ट्रपति सी चिनफिङ अमेरिका प्रस्थान गरेका छन् । चीन–अमेरिका भ्रमणका लागि उनी मंगलवार अमेरिका प्रस्थान गरेका हुन् । भ्रमणका क्रममा उनले चीन र अमेरिकाका नेताबीचको बैठक र ३० औं एपेक आर्थिक न...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x