×

NMB BANK
NIC ASIA

बीमा गर्दैनन् केरा किसान

जेठ ८, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

लम्की- बाली बीमाबाट सुविधा लिन कठिन रहेकाले कैलालीका केरा किसान बाली बीमाप्रति आकर्षित हुन सकेका छैनन् । किसानले लगानी सुरक्षाका लागि बाली बीमा आवश्यक भएपनि सेवामा व्यावहारिक कठिनाइ भएकाले बीमा गर्न नचाहेको बताएका छन् । 

Sagarmatha Cement
Muktinath Bank

'बाली बीमा किसानका लागि सुविधा हो, बीमा गर्न जरुरी पनि छ, कृषि बीमा नीति किसानमैत्री नभएकाले कृषि बीमामा आकर्षण घटेको हो,' केरा कृषक कालु हमालले भने, 'किसानलाई कृषि बीमाका बारेमा जानकारी नै छैन, जानकारी भएका किसान पनि बीमा लाभ लिन झन्झटिलो भएकाले बीमा गर्न मान्दैनन् ।' किसानमा  लागत खर्च घटाउने र उत्पादनबाट प्रतिफल नमिल्ने बालीको खेती गर्न हुन्न भन्ने मान्यता रहेको उनले बताए।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

बाली बीमामा केराको बोट मरेको, भाँचिएको भएमात्र बीमा दाबी गर्न मिल्ने प्रावधान छ । तर कतिपय अवस्थामा मौसम प्रतिकूलताले केराको बोट नमरे पनि उत्पादनमा ह्रास आउँदा  बीमा दाबी गर्न मिल्दैन । यसका लागि बालीको अवस्था अनुसार बीमा नीति हुनुपर्ने केरा किसान दीपेन्द्र चौधरीले माग गरे । 


Advertisment
Nabil box
Kumari

'बोट राम्रो अवस्थामा रहे पनि पानी जम्दा तथा चिसोले बोटमा असर गरेमा बोट नमरे पनि उत्पादनमा कमी हुन्छ, यस्तो अवस्थामा बीमा दाबी गर्न मिल्दैन,' उनले भने, 'उत्पादन कम भएपनि बीमा दाबी गर्न पाउनुपर्छ, अनि कृषिमा आकर्षण बढ्छ र बीमा अनिवार्य गर्छौं ।'

Vianet communication
Laxmi Bank

जडीबुटीबाहेक ४९ वटा विभिन्न बालीको बीमा गर्ने प्रावधान छ । जसमा खाद्यान्न बाली, मसला बाली, तेलहन बाली, फलफूललगायत घाँससम्मको बीमा गर्ने व्यवस्था गरिएको छ । केरा बालीमा भने मौसम प्रतिकूलताले हुने क्षति ‘वेडर इन्डेक्स’ अनुसार कृषि बीमा नीति ल्याउन जरुरी रहेको केरा किसान देवीराम कोइरालाले बताए । जलवायु परिवर्तनका कारण बालीमा विविध प्रकोप र समस्या आउने गरेको छ । केराको हकमा एक पल्टको बीमाले अर्काे पल्टको उत्पादनमा बीमा गर्न नमिल्ने भएकाले केरा किसान भने समस्यामा पर्ने गरेका छन् । 

बाली बीमाका लागि टीकापुरमा एउटा मात्रै बीमा कम्पनी छ तर त्यसले अहिलेसम्म एउटा पनि बीमा गरेको छैन । यो कम्पनीले किसानलाई बीमाका लागि जागरुक गराउन सकेको छैन । प्रक्रिया झन्झटिलो भएकाले बीमा गर्न नचाहेको किसान रामदुलारे चौधरीले बताए। बीमा कम्पनीले बीमा गर्दाको सुरक्षाबारे किसानलाई जनचेतना जगाउन आवश्यक रहेको रानी जमरा कुलरिया कुला मूल समितिका उपाध्यक्ष दामोदर खड्का बताउँछन् । 

'सरकारले किसानको बाली जोखिम कम गर्न प्रत्येक वर्ष रकम विनियोजन गर्छ, किसानले बीमा नगर्दा धेरै रकम विभागमा थन्किन्छ,' रानी जमरा कुलरिया सिँचाइ आयोजना कृषि कार्यक्रमका समन्वयकर्ता भरतप्रसाद कँडेलले भने, 'अनुदान रकमबाट गरिएको खेतीको जोखिम कम होस् र किसानलाई पनि अर्को बाली लगाउन सजिलो होस् भनेर बाली बीमा अनिवार्य बनाउने सोच बनाएका छौं, जसका लागि किसानलाई सचेत बनाउनु पर्नेछ ।'

बाली बीमाका लागि किसानले उत्पादन लागतको २५ प्रतिशत बीमित प्रिमियम रकम तिर्नुपर्छ भने ७५ प्रतिशत नेपाल सरकारले तिर्ने गर्दछ । नेपालमा २० वटा कृषि बीमा गर्ने कम्पनी रहेका छन् । कैलाली, बझाङ र डोटीमा राष्ट्रिय बीमा इन्सेयोरेन्स कम्पनीले बाली बीमाको जिम्मेवारी पाएको छ । कैलालीमा ७३० हेक्टर जमीनमा केरा खेती गरिएको छ । सोमा वार्षिक १० हजार ९५० टन केरा उत्पादन हुने गरेको टीकापुर प्राकृतिक स्रोत व्यवस्थापन कलेजका उप प्राध्यापक डा. प्रदीपराज रोकायाले बताए । -दुर्गा देवकोटा

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x