मुक्तिनाथ विकास बैंकद्वारा ज्येष्ठ नागरिकलाई कुर्सी हस्तान्तरण

जेठ ८, २०७६

कास्की- मुक्तिनाथ विकास बैंकले पोखरा महानगरपालिका १० रामबजारमा अवस्थित 'रामबजार जेष्ठ नागरिक मिलन केन्द्र'लाई ३५ थान कुर्सी हस्तान्तरण गरेको छ ।

उक्त संस्थाका ९६ वर्षीय ज्येष्ठ नागरिक गौ बहादुर गुरुङको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि रामबजार यु.के. सोसाइटिका सल्लाहकार प्रेम वि.क, विशेष अतिथि मुक्तिनाथ विकास बैंक, पोखरा क्षेत्रीय कार्यालयका क्षेत्रीय प्रबन्धक बाबुराम ढकाल, शाखा कार्यालय अमरसिंहका प्रमुख अशोक लामा, पोखरा अनुगमन अधिकृत नगेन्द्र राज पौडेल,संस्थाका अध्यक्ष क्याप्टेन थमन थापासहितको संयुक्त उपस्थितिमा कुर्सी वितरण गरेको हो । 


ADVERTISEMENT

उक्त संस्थाको प्राङ्गणमा वितरण गरिएको कुर्सीबाट ज्येष्ठ नागरिकहरूलाई दैनिक आरामदायी रूपमा बस्नको लागि थप सहयोग भएकोमा संस्थाका अध्यक्ष क्याप्टेन थमन थापाले बैंकको प्रगतिको कामना गरे ।

कार्यक्रममा बैंकका क्षेत्रीय कार्यालय, पोखराका क्षेत्रीय प्रबन्धक बाबुराम ढकालले बैंकको व्यवसाय वृद्धिसँगै भावी दिनमा सामाजिक उत्तर दायित्वको कामलाई प्राथमिकताको रूपमा स्थानीय निकायसँग सहकार्य गरी अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गरेका थिए । उक्त कार्यक्रममा त्यस क्षेत्रका ज्येष्ठ नागरिकहरूको जेष्ठ नागरिकताको परिचयपत्र समेत पोखरा महानगरपालिकाको समन्वयमा वितरण गरिएको थियो ।


 

जेठ ८, २०७६ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस