किमको आलोचना गरेपछि जो बाइडनलाई उत्तर कोरियाले भन्यो ‘मूर्ख’

जेठ ८, २०७६

काठमाडौं – उत्तर कोरियाका नेता किम जोङ–उनलाई अमेरिकाका पूर्व उपराष्ट्रपति जो बाइडनले आलोचना गरेपछि उत्तरको सञ्चारमाध्यमलाई उनलाई ‘मूर्ख’ भनेको छ ।

कोरियाली मिडियाले बाइडनको विगतका बारेमा पनि टिप्पणी गरेको छ । महिलाहरूलाई उनले गरेको व्यवहार र अन्य घटनाको पनि उसले उल्लेख गरेको छ । 


ADVERTISEMENT

विश्वविद्यालयमा थेसिस चोरेकोले बाइडनले एफ ग्रेड पाएको उत्तरको मिडियाको भनाइ छ । बेलायतको लेबर पार्टीका नेता किन्नोकको भाषण कपी गरेकोमा पनि उनी हाँसोको पात्र बनेका थिए । 

कोरियाली सञ्चारमाध्यमले बाइडन किमलाई बदनाम गरिरहेको आरोप लगायो । चुनाव जित्नका लागि उनले अनर्गल प्रलाप गरेको उत्तरी सञ्चारमाध्यमको आरोप छ । उसले लेखेअनुसार, बाइडन लापरवाह हुनाले सन् २०११ मा तत्कालीन राष्ट्रपति ओबामाको भाषणका बेलामा सुतेका थिए । 

बाइडन अहिले डेमोक्रेट पार्टीका तर्फबाट राष्ट्रपति पदका उम्मेदवार बन्न लडिरहेका छन् । उनले फिलाडेल्फियामा भाषण गर्दै अमेरिकाले पुटिन र किम जोङ जस्ता तानाशाहहरूलाई अँगालो हाल्नु निन्दनीय रहेको बताएका थिए । 

एजेन्सी
 

जेठ ८, २०७६ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस