काखमा माकुरो आएपछि तर्सेकी महिलाले गाडी खसाइन् नदीमा

जेठ ८, २०७६

काठमाडौं – अमेरिकाको जर्जियामा एक महिलाले भ्यानबाट हाम्फालेर गाडीलाई नदीमा खसाएकी छन् । उनको काखमा माकुरा आएपछि तर्सेर उनी गाडीबाट हाम्फालेकी हुन् । 

जर्जियाका सुरक्षाकर्मीहरूलाई उनले आफ्नो किया भ्यान इटोवा नदीको किनारमा लगेको र नदीमा कायाक डुंगा राख्न खोजेको बताइन् । 


ADVERTISEMENT

तर एउटा माकुरो काखमा घस्रिएपछि आत्तिएर उनले भ्यान छोडिन् र त्यो गाडी नदीमा चोपलिएको हेरिबसिन् । 

प्रहरीले एकजना ट्रूपरलाई बार्टो काउन्टीमा रहेको घटनास्थलमा पठाएको थियो । 

तर उनी त्यहाँ पुग्दा भ्यान नदीमा हराएको थियो र तत्कालै भेटिएन । 

गाडी चलाउने महिलाको बीमा कम्पनीले भ्यान खोज्नका लागि गोताखोरहरूका लागि पैसा तिर्ने बताएको छ । 

महिलाको पहिचान र माकुराको प्रजातिको खुलासा गरिएको छैन ।

द डेली मेलबाट 
 

जेठ ८, २०७६ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस