देश बनाउन पुरानो सोच बदल्नुपर्छ : नेता पाण्डे

फाइल फोटो
जेठ ८, २०७६

काठमाडौं- नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता एवं पूर्व अर्थमन्त्री सुरेन्द्रप्रसाद पाण्डेले पुरानो सोचले देश विकास नहुने भन्दै नयाँ विकासको सोच अघि सार्नुपर्ने बताएका छन् ।

बुधवार राजधानीमा आयोजित  ‘समृद्ध नेपालका आधार र अबको जिम्मेवारी’ विषयक अन्तर्क्रिया क्रममा नेता पाण्डेले पुरानो सोच र पुरानो तरिकाबाट जाँदा आर्थिक विकास हुनै नसक्ने जिकिर गरे । 


ADVERTISEMENT

नेपालमा २८ प्रतिशत निजी जमिन कसरी परिचालन गर्ने भन्नेमै समस्या रहेको उल्लेख गर्दै उनले भने, 'निजी जमीन कसरी भोगचलन गर्ने भन्नेमा ठूलो समस्या छ, सडकका लागि मुआब्जा छुट्याउँदा एक लाख तोक्यो, परियोजना सञ्चालन गर्ने बेलामा १० लाख रुपैयाँ हुन्छ, त्यो सरकारले मुआब्जा तिर्न नै १० वर्ष लाग्छ, अनि कसरी परियोजना चल्छ ।'

उनले अहिले पुँजीगत खर्च नहुनुमा पनि यस्तै समस्या रहेको बताउँदै पूर्व पश्चिम रेलमार्ग होस् या जलविद्युत् आयोजना सञ्चालन गर्न पनि जमिनको व्यवस्थापन नै ठूलो चुनौती रहेको बताए । 'रेलमार्ग या जलविद्युत् बनाउनु पर्‍यो, जे गर्दा पनि जमिन चाहिन्छ, जब हाइड्रो बनाउने भनेर गयो जमिनको भाउ बढ्छ, कार्टेलिङ हुन थाल्छ, अनि कसरी हुन्छ प्रगति, पहिलो त जमिनको समस्या हल गर्नुपर्‍यो नि,' उनले भने । 

जेठ ८, २०७६ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस