टीभीएसको 'एक्सचेन्ज जात्रा' तथा शून्य प्रतिशत फाइनान्स योजना

जेठ ९, २०७६

काठमाडौं- नेपालको लागि टीभीएस टु ह्वीलर्सको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रा.लि.ले ग्राहकको हितलाई दृष्टिगत गर्दै एक एक्स्चेञ्ज योजना अघि सारेको छ ।

टीभीएस कम्पनीका मोटरसाइकलहरू तथा स्कूटरहरू नेपालमा पनि अत्याधिक रुचाइएका छन् । विभिन्न आकर्षक मोडलहरू तथा पावर इन्जिनहरूमा उपलब्ध यी मोटरसाइकल तथा स्कूटरहरू अब ग्राहकले पुरानो तान्न छाडेर नयाँ हाँक्न पाउने गरी जगदम्बा मोटर्सद्वारा एक एक्स्चेञ्ज अफर टीभीएस एक्सचेञ्ज जात्रा अफर ल्याएको छ । 


ADVERTISEMENT

सीमित अवधिका लागि यही जेठ ७ गतेदेखि जेठ ११ गतेसम्म जावलाखेल चोकमा सञ्चालन भइरहेको यस योजनामा ग्राहकले आफूसँग कुनै पनि अवस्थामा भएको कुनै पनि ब्राण्डको मोटरसाइकल तथा स्कूटरको सट्टामा नयाँ टीभीएस मोटरसाइकल तथा स्कूटर एक्सचेन्ज गर्न सक्नेछन् ।

यस योजनामा ग्राहकहरुले ३ तरिकाबाट नयाँ टीभीएस मोटरसाइकल रोज्ने विकल्प प्राप्त गर्नेछन् । जस अनुसार पहिलो ग्राहकले आफूसँग भएको जुनै अवस्थाको मोटरसाइकलको न्यूनतम ग्यारेन्टी मूल्य २५ हजार प्राप्त गर्ने, त्यस्तै दोस्रो एक स्या्र सट् स्क्य्राच कुपनबाट कम्तीमा १० हजार रुपैयाँदेखि बढीमा १ लाखरुपैयाँ सम्मको पक्का नगद छुट प्राप्त गर्ने र तेस्रो शून्य प्रतिशत फाइनान्स सुविधा प्राप्त गर्ने रहेका छन् ।

यसका अतिरिक्त टीभीएस टु ह्वीलर साट्दा हेलमेट, रेनकोट, मोटरसाइकल कभर र ब्याग उपहारहरू पनि प्राप्त गर्नेछन् ।

 

जेठ ९, २०७६ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस