प्लेयर प्रोफाइल : विश्वकपमा उत्रनेछन् सबैभन्दा जेठा खेलाडी, यस्तो छ उनको प्रदर्शन

जेठ ९, २०७६

एजेन्सी- दक्षिण अफ्रिकाका लेग स्पिनर इमरान ताहिर सन् २०१९ क्रिकेट विश्वकपमा भाग लिने सबैभन्दा बढी उमेरका खेलाडी बन्नेछन् । 

आईपीएल-१२ df २६ विकेट लिएर पर्पल क्याप जितेका इमरान ताहिर विश्वकपमा दक्षिण अफ्रिकाको सबैभन्दा ठूलो हतियार हुन सक्छन् । ४० वर्षीय इमरान ताहिर हालको आईसीसी बरियतामा संसारकै चौथो नम्बरका बलर हुन् । 


ADVERTISEMENT

२७ मार्च १९७९ मा जन्मिएका दायाँ हाते लेग ताहिरलाई सफल स्पिनरको रूपमा लिइन्छ । उनको जन्म पाकिस्तानको लाहोरमा भएको थियो । उनी पाकिस्तानी मूलका अफ्रिकी क्रिकेटर हुन् । 

इमरानको यो खेलाडीको रूपमा अन्तिम विश्वकप हुन सक्छ । उनले यस विश्वकपपछि सन्यास लिन सक्ने बताइएको छ । 

इमरान ताहिरबारे केही तथ्य : 

उमेर : ४० वर्ष 

भूमिका : लेग ब्रेक बलर 

ब्याटिङ : दायाँ हाते ब्याट्स्‌म्यान 

बलिङ : दायाँ हाते लेग ब्रेक

इमरान ताहिरले दक्षिण अफ्रिकाका लागि हालसम्म ९८ एक दिवसीय खेल खेलेका छन् जसमा १६२ विकेट चट्काएका छन् । यसक्रममा उनले तीन प६क पाँच विकेट लिएका छन् । एक दिवसीयमा उनको उत्कृष्ट प्रदर्शन ४५ रन दिएर ७ विकेट रहेको छ । उनको उच्च स्कोर २९ रन रहेको छ । 

यसअघि इमरानले दुई विश्वकप खेलिसकेका छन् । सन् २०११ र २०१५ को विश्वकप खेलिसकेका ताहिरको यो तेस्रो विश्वकप हुनेछ । दक्षिण अफ्रिका क्रिकेट टीमका लागि स्पिनरको रूपमा ताहिर खास हुनेछन् । 

इमरान ताहिरले सन् २०११ फेब्रुअरी २४ मा वेस्ट इन्डिजविरुद्ध विश्वकपबाट अन्तर्राष्ट्रिय क्रिकेटिङ करियरको शुरूआत गरेका थिए । उक्त म्याचमा उनले शानदार प्रदर्शन गर्दै १० ओभरमा ४१ रन दिएर ४ विकेट लिएका थिए । उनी इन्डियन प्रिमियर लीग (आईपीएल)मा चेन्नई सुपर किंग्सबाट खेल्छन् । 

जेठ ९, २०७६ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस