×

NMB BANK
NIC ASIA

पाँचथर सामूहिक हत्याको थप प्रमाण फेला पर्यो, शवको दुई स्थानमा सामूहिक अन्त्येष्टी

जेठ ९, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

–रवीन्द्र काफ्ले
 पाँचथर–प्रहरीले पाँचथरको मिक्लाजुङ गाँउपालिका–३ आरुबोटेमा सोमबार राति भएको सामूहिक हत्याको घटनाका थप प्रमाण फेला पारेको छ । उक्त घटनाका मुख्य अभियुक्त ठह¥याइएका सोही गाँउपालिका–७ लुमाङ्दिनका मानबहादुर माखिमको परिवार तथा सामूहिक हत्या गरिएका अवस्थाका आधारमा थप प्रमाण फेला परेका हुन् ।
    
    जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी निरीक्षक अनिलकुमार पौडेलका अनुसार माखिमले विगत करीब दुई वर्षदेखि मानसिक रोगविरुद्धको औषधि सेवन गर्दै आएका थिए । प्रहरीले उनको घरबाट केही औषधि र औषधिका खोल फेला पारेको छ । उनी मानसिक रुपमा असन्तुलित भएकै कारण सामूहिक हत्या गरेको स्थानीयले समेत आशङ्का गर्दै आएका थिए ।
 
    यस्तै घटना भएको बिहान ३ः०९ बजे माखिमले भतिजो पर्ने नेलकल माखिमलाई रु पाँच हजार सापटी मागेको पाइएको छ । उनले आफू मोरङमा रहेको र अपरझट काम परेकाले सापटी दिन भनेको नेलकलले प्रहरीलाई बताएका छन् ।
 
    श्रीमती मनकुमारीसँग सम्बन्ध विच्छेद गर्न अस्वीकार गर्ने मानबहादुरको श्रीमतीसँग भने सधैँ झगडा हुने गरेको उनका आफन्तले प्रहरीलाई बताएका छन् । उनी बाहिर सोझो र समझदार देखिने तर रक्सी पिएपछि आक्रमणमा उत्रने स्वभाव रहेको स्थानीयलाई उद्धृत गर्दै प्रहरी निरीक्षक पौडेलले बताए ।

Sagarmatha Cement
Muktinath Bank

 मानबहादुरले श्रीमतीसँग सम्बन्ध विच्छेद गर्न अस्वीकार गर्दै आए पनि उनकी श्रीमती मनकुमारी भने उनीसँग जसरी पनि सम्बन्ध विच्छेद गर्ने पक्षमा रहेको मनकुमारीका माइती पक्षको भनाइ छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

    यस्तै प्रहरीले हत्या गरिएकाको शवको अवस्था, धारिलो हतियार प्रहारको प्रकारलगायत सुक्ष्म विश्लेषण गरेको छ ।


Advertisment
Nabil box
Kumari

 “सबैलाई एकै प्रकारले धारिलो हतियार प्रहार गरेको अनुसन्धानमा खुलेको छ”, प्रहरी निरीक्षक पौडेलले भने, “उनी एक्लैले सबैलाई धारिलो हतियार प्रहार गरेको देखिन्छ ।” हालसम्मको अनुसन्धानमा उक्त घटना गराउन माखिमबाहेक अन्यको संलग्नता देखिने कुनै पनि प्रमाण फेला नपरेको प्रहरी निरीक्षक पौडेलले बताए । “सबै अनुसन्धान सम्पन्न भएपछि कुनै प्रमाण फेलाप¥यो भने त्यो अलग कुरा हो  तर हालसम्म उनी एक्लैले घटना गराएको देखिन्छ”, पौडेलले भने ।
 
    प्रहरीले हत्याका मुख्य अभियुक्त ठानिएका माखिम तथा हत्या गरिएका बमबहादुर फियाक र धनराज शेर्माको परिवार, आफन्त, छरछिमेकीलगायतसँग सोधपुछ जारी राखेको छ । यस्तै यी सबैको फोनको विवरण सङ्कलन तथा विश्लेषणको कार्यसमेत जारी राखेको जनाएको  छ । सामूहिक हत्याको घटनास्थल, माखिमले आत्महत्या गरेको स्थान, उनले केही सामग्री छोडेको स्थान, माखिमको घरलगायतका क्षेत्रमा केन्द्रीय अनुसन्धान ब्युरोको कमाण्डमा अनुसन्धान जारी रहेको पौडेलले जानकारी दिए । 
 
    सोमबार राति मिक्लाजुङ–३ आरुबोटेका बमबहादुर फियाक र उनका माइला ज्वाँइ धनराज शेर्माको परिवारका नौ जनाको विभत्स हत्या भएको थियो । मङ्गलबार बिहान बमबहादुरका कान्छा ज्वाँइ मानबहादुर माखिम उनको घर नजिकै रुखमा झुण्डिएको अवस्थामाशव फेला परेको थिए । 

Vianet communication
Laxmi Bank

शवको दुई स्थानमा सामूहिक अन्त्येष्टी

    सामूहिक हत्यामा मारिएकाको दुई स्थानमा आज सामूहिक अन्त्येष्टी गरिएको छ । बमबहादुरसहित चार जनाको आरुबोटकै चिहानडाँडामा तथा धनराज शेर्मासहित पाँच जनाको पुख्र्यौली गाँउ सराङ डाँडामा अन्त्येष्टी गरिएको हो । सामूहिक चिता बनाई शव जलाइएको स्थानीय गणेशप्रसाद लुइँटेलले जानकारी दिए । 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x