×

NMB BANK
NIC ASIA

मोदीलाई दोस्रो कार्यकालको शुरूमै रेल उद्घाटन गर्न नेपाल बोलाउने तयारी !

जेठ १०, २०७६

NTC
Sarbottam
फाइल फोटो
Premier Steels
Marvel

जनकपुरधाम – आफ्नो पहिलो कार्यकालमा ४ पटक नेपाल भ्रमणमा आएका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई दोस्रो कार्यकालको प्रारम्भमै नेपाल भ्रमणको निम्तो दिने तयारी भएको छ ।

Sagarmatha Cement
Muktinath Bank

भारत सरकारको अनुदान सहयोगमा निर्माण भएको जनकपुर–जयनगर रेल सेवाको उद्घाटनका लागि भारतीय प्रधानमन्त्री मोदीलाई आमन्त्रण गर्ने तयारी नेपाल सरकारले अघि बढाएको हो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

लोकसभा निर्वाचनमा सन् २०१४ को भन्दा धेरै सिट जितेपछि मोदी दोस्रो कार्यकालका लागि प्रधानमन्त्री बन्ने तयारीमा छन् । बहुमतका लागि २७२ सिट चाहिनेमा भारतीय जनता पार्टी एक्लैले ३०३ सिट जितेको छ । उसका गठबन्धन सहकर्मीले जितेको सिट जोड्दा ३५० भन्दा माथि पुग्छ ।


Advertisment
Nabil box
Kumari

भाजपा नेतृत्वको एनडीए गठबन्धन मोदीलाई प्रधानमन्त्रीको रूपमा अघि सार्दै चुनावी प्रतिस्पर्धामा उत्रिएको थियो । प्रचण्ड बहुमत प्राप्त गरेपछि मोदीले सम्भवतः केही दिनमै दोस्रो कार्यकालका लागि प्रधानमन्त्रीको शपथ लिनेछन् ।

Vianet communication
Laxmi Bank

जनकपुर–जयनगर रेल सेवा उद्घाटनका लागि मोदीलाई आमन्त्रण गर्ने तयारी भएको संघीय सरकारका भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठले लोकान्तरलाई जानकारी दिए ।

‘जनकपुरदेखि जयनगरसम्म सञ्चालन हुने रेलको उद्घाटन नेपाल र भारतका प्रधानमन्त्रीले संयुक्त रूपमा गर्ने तयारी सहित हामी अघि बढिरहेका छौं,’ मन्त्री महासेठले भने ।

भारतीय दूतावासमार्फत मोदीलाई पत्राचार गर्ने तयारी भएको उनले जानकारी दिए ।

‘नेपाल सरकारका प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्रीले संयुक्त रूपमा रेललाई हरियो झण्डा देखाएर उद्घाटन गर्ने तयारीका साथ हामी अघि बढिरहेका छौं,’ मन्त्री महासेठले लोकान्तरसँग भने, ‘त्यसका लागि नेपाल सरकारले काठमाडौंस्थित भारतीय राजदूतावासमार्फत पत्राचार गर्ने मन्त्रालयले तयारी समेत गरेको छ ।’

नेपाल सरकारले भारतीय रेल कम्पनी कोनकर्णसँग ८५ करोड रुपैयाँमा दुईवटा रेल किन्नका लागि सम्झौता गरेर रुपैयाँ समेत पठाइसकेको मन्त्री महासेठले बताए ।

९० दिनभित्र रेल पठाइदिने सम्झौता भएको भन्दै उनले ६० देखि ७० दिनभित्र जनकपुर–जयनगर रेल सेवा सञ्चालनमा आउने बताए ।

५/५ वटा बोगी (डिब्बा)सहित इञ्जिन सहितको रेल किन्ने नेपाल सरकारले भारतसँग सम्झौता गरेको छ । रेल विभागका महानिर्देशक बलराम मिश्रका अनुसार ५ वटा बोगी सहितको एक सेटको रेल इन्जिनमा एक पटकमा कम्तिमा पनि १ हजार यात्रुले यात्रा गर्न सक्नेछन् ।

विगतमा पनि भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र नेपालका प्रधानमन्त्री ओलीले संयुक्त रूपमा रेलको उद्घाटन गर्ने तयारी भएको थियो । तर भारत सरकारले आफ्नो रेल उद्घाटन गरेर फिर्ता लैजाने कुरा भएपछि नेपाल सरकारले मानेको थिएन । नेपाल सरकारले आफैँ रेल किनेर मात्र सञ्चालनमा ल्याउने भनेपछि कार्यक्रम स्थागित भएको थियो ।

स्रोतका अनुसार भारतका प्रधानमन्त्री मोदीको पनि रेल सेवा उदघाटन गर्ने तीव्र चाहना रहेको थियो । लोक सभा चुनावका लागि सीमावर्ती क्षेत्रमा त्यसको राम्रो सन्देश जान सक्ने सम्भावनाका कारण पनि मोदीले दोस्रोपटक जनकपुर भ्रमण गर्न चाहेको चर्चा भएको थियो ।

पहिलो जनकपुर भ्रमणमा मोदीले जनकपुरदेखि भारतको अयोध्यासम्म बस सेवा सञ्चालनका लागि यस अघि पनि नेपालको प्रधानमन्त्री ओली र भारतको प्रधानमन्त्री मोदीले संयुक्त रुपमा हरियो झण्डा देखाएर उदघाटन गरेका थिए । तर त्यो बस सेवा हालसम्म सञ्चालनमा आउन सकेको छैन ।

मोदीले जनकपुर आउँदा जनकपुरका लागि १ अर्ब रुपैयाँ भारतीय रुपैयाँ सहयोगको घोषणा गरेका थिए । नेपाल सरकारको ढिलासुस्ती र आन्तरिक कारणले गर्दा भारत सरकारले पठाइसकेको उक्त अनुदान रकम खर्च गर्नका लागि ठोस योजना बन्न सकेको छैन ।

संघ, प्रदेश वा स्थनीय कुन तहमार्फत काम गर्ने भन्ने विषयमा नै टुंगो लाग्न सकेको छैन ।

hAMROPATRO BELOW NEWS
TATA Below
पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x