एनसेलले ल्यायो ‘अनलिमिटेड रोमिङ डेटा प्याक’

जेठ १०, २०७६

काठमाडौंं – एनसेलका ग्राहकले अब भारत भ्रमणमा रहँदा विना कुनै झन्झट अझ सुलभ दरमा डेटा रोमिङ सेवाको मजा लिन सक्ने भएका छन् ।

ग्राहकले आफू भारत भ्रमणमा जाँदा आफ्नो एनसेल सिम सँगसँगै लगेर १ सय रुपैयाँमा प्रत्येक दिन अनलिमिटेड रोमिङ इन्टरनेट सेवाको फाइदा लिन सक्नेछन् । 


ADVERTISEMENT

एनसेल प्रालिले भारत भ्रमणमा जाने आफ्ना ग्राहकका लागि आकर्षक ‘अनलिमिटेड रोमिङ डेटा प्याक’ ल्याएको छ । जसअन्तर्गत एनसेलका ग्राहकले आफू भारतमा रहेको समयमा पनि आफ्ना परिवार तथा आफन्तसँग सुलभ दरमा रोमिङ डेटा सेवामार्फत् सम्पर्कमा रहिरहन सक्नेछन् ।

यस अफर अन्तर्गत एनसेलका सबै प्रिपेड तथा पोस्पेड ग्राहकले भारत भ्रमणमा रहँदा हरेक दिन करबाहेक मात्र १ सय (१ सय २७ रुपैयाँ ६९ पैसा करसहित) मा अनलिमिटेड रोमिङ डेटा सेवाको फाइदा लिन सक्नेछन् । सेवाबाट लाभ लिन एनसेलका ग्राहकले आफू यात्रामा जानुअघि एस्ट्रिक्स १७१२९ ह्यास डायल गरी निर्देशनअनुसार रोमिङ सेवा सुचारु गर्न सक्नेछन् ।

रोमिङ सेवा सुचारु गरिसकेपछि पुनः एस्ट्रिक्स १७१२९ ह्यास डायल गरी ग्राहकले यो डेटा प्याक लिन सक्छन् । १ पटक प्याक सुचारु गरेपछि नेपालको समय अनुसार हरेक मध्यरातमा यो सेवा स्वतः नवीकरण हुनेछ र शुल्क भने ग्राहकले डेटा प्रयोग गरेको खण्डमा मात्र लाग्नेछ । अर्थात् ग्राहकले प्याक खरिद गरी डेटा सेवा प्रयोग नगरेमा शुल्क लाग्ने छैन । ग्राहकले यो प्याक भारत भ्रमणमा जानुअघि वा भारतमा पुगेपछि पनि लिन सक्नेछन् ।

भारतमा ठूलो संख्यामा नेपाली व्यापार व्यवसायमा तथा तीर्थका लागि यात्रा गर्ने गरेका छन् । ‘यो योजनाले हाम्रा ग्राहकलाई भारतमा रोमिङमा रहँदा सुलभ दरमा अनलिमिटेड इन्टरनेट सेवा सुनिश्चित गरी आफ्ना परिवारका सदस्य, साथीभाइसँग  सम्पर्कमा रहिरहन सहयोग पुर्‍याउने विश्वास एनसेलले लिएको छ,’ विज्ञप्तिमा लेखिएको छ ।

जेठ १०, २०७६ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस