×

NMB BANK
NIC ASIA

भेरी-बबई डाइभर्सनबारे कर्णालीमा विवाद : मन्त्री भन्छन्, 'हामीले बिजुली उत्पादन गर्न पाउनुपर्छ'

जेठ १०, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

सुर्खेत- कर्णाली प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वालाले कर्णाली प्रदेशको स्रोत अरुले लिएपनि त्यसको लाभ भने कर्णालीले नै पाउनुपर्ने बताएका छन् । शेयर किनबेच गर्ने कम्पनी 'इम्पेरियल सेक्युरिटीज'ले कर्णाली प्रदेशमै पहिलो शाखा कार्यालय उद्घाटनपश्चात पत्रकारसँग गरिएको अन्तरक्रिया कार्यक्रमलाई शुक्रवार वीरेन्द्रनगरमा सम्बोधन गर्दै मन्त्री ज्वालाले भेरी-बबई आयोजनाका कारण कर्णालीमा विवाद हुनसक्नेतर्फ संघीय सरकारको ध्यानाकर्षण गराएका हुन् ।

Muktinath Bank

भेरी-बबई डाइभर्सन आयोजनाको स्रोत बाँडफाँडमा कर्णाली सरकारले संघीय सरकारसँग स्पष्ट धारणा राखेको बताएका छन् । ‘हाम्रा लागि राष्ट्रिय गौरवको आयोजना हो भनेर छातीसम्म फुलाउन सकिने अवस्था छ,’ उनले भने, ‘छाती फुलाएर मात्रै हामी समृद्ध हुन सक्दैनौं । पानी लैजाओस् तर बिजुली उत्पादनको जिम्मा हामीलाई मन्त्रालयले देओस ।’


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

यसबारेमा प्रधानमन्त्री, मन्त्रीसँग आफूले बारम्बार कुरा गरिरहेको उनले बताए । मन्त्री ज्वालाले कर्णाली प्रदेशका जनताको श्रोत अन्त लगिए पनि लाभ भने कर्णालीका जनताले नै पाउनुपर्नेमा जोड दिए । ‘बाँधको मुहानमा १२ मेघावाट बिजुली निकाल्न सकिने कुरा आएको छ,’ उनले भने, ‘त्यसका लागि हामी आपसी गृहकार्य गरिरहेका छौं । हामी त्यो आयोजना निर्माण गर्नेछौं ।’


Advertisment
Nabil box
Kumari

उनले संघीयता कर्णालीका जनताका लागि र सिंहदरबार नदेखेका जनताका लागि आएको दाबी गरे । ‘हामीसँग धेरै विद्युत आयोजनाहरू छन् । जसका लाईसेन्स विभिन्न निजी तथा सरकारी संघसंस्थाले लिएका छन् र काम अघि बढाएका छैनन्,’ उनले भने, ‘हामी स्थानीय तहसँग मिलेर भएपनि एक जलविद्युत आयोजना बनाउने गरी अघि बढेका छौं ।’

Vianet communication
Laxmi Bank

उनले राजश्वको बाँडफाँडमा जनसंख्यालाई मात्रै हेर्ने कुरा गलत भएको बताए । सरकारले कर्णालीलाई विशेष क्षेत्र घोषणा गरेर बढी भन्दा बढी पूँजी दिनुपर्ने र बाँडफाँटको मुख्य आधार भूगोल बनाउनुपर्ने माग गरे । नेपाल धितोपत्र बोर्डका अध्यक्ष डा. रेवतबहादुर कार्की र नेपाल स्टक एक्सचेन्जका प्रमुख कार्यकारी अधिकृत चन्द्रसिंह साउदले संयुक्त रुपमा कर्णाली प्रदेशको राजधानी सुर्खेतमा शाखा कार्यालयको उद्घाटन गरेका हुन् ।

ब्रोकर नम्बर ४५ इम्पेरियल सेक्युरिटीजले कार्यालय उद्घाटन गरेसँगै सातै प्रदेशमा बजार पुगेको अध्यक्ष कार्कीले बताए । शाखा कार्यलय उद्घाटनसँगै मन्त्री ज्वालाको उपस्थितिमा धितोपत्र बजार सम्बन्धी अन्तरक्रिया कार्यक्रम समेत भएको छ । अन्तरक्रिया कार्यक्रममा अध्यक्ष कार्कीले नेपालको धितोपत्र बजारको सम्बन्धमा कार्यपत्र प्रस्तुत गरेका छन् ।

कार्यक्रममा दोस्रो बजार तथा अनलाइन प्रणालीका बारेमा जानकारी दिइएको छ । इम्पेरियलले यस अगाडि नेपालगञ्जमा शाखा कार्यालय सञ्चालनमा ल्याएको थियो । शुक्रवार उद्घाटन भएको शाखा कार्यालयसहित तीन स्थानबाट ब्रोकरको सेवा प्रदान गर्ने इम्पेरियलका प्रबन्धक निर्देशक भक्तिराम घिमिरेले बताए ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x