एनआईसी एशिया बैंक र भेनस हस्पिटलबीच सम्झौता

जेठ १०, २०७६

काठमाडौं – एनआईसी एशिया बैंक लिमिटेड र भेनस हस्पिटल काठमाडौंबीच बैंकका कर्मचारी, बैंकका डेबिट एवं क्रेडिट कार्ड बाहक तथा बैंकका सम्पूर्ण ग्राहकलाई भेनस हस्पिटलमा उपचार गराउँदा विभिन्न सेवासुविधामा १५% सम्मको छूट प्रदान गर्ने सम्झौता भएको छ ।

सम्झौता पत्रमा बैंकको तर्फबाट बैंकका प्रमुख बजार व्यवस्थापन अधिकृत सन्तोषकुमार राठी र भेनस अस्पतालको तर्फबाट हस्पिटलका निर्देशक राम ढकालले हस्ताक्षर गरेका छन् ।


ADVERTISEMENT

बैंकलाई आमजनमानसले गरेको प्रगाढ विश्वास, अगाध स्नेह र बैंकप्रतिको भरोसाले गर्दा देशभर २८४ शाखा कार्यालय, २८९ एटीएम, ४१ वटा एक्सटेन्सन काउन्टर एवं २६ वटा शाखारहित बैंकिङ इकाईमार्फत् बैंकिङ सेवा प्रदान गर्ने मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जाल भएको बैंक हुन सफल भएको छ ।

करीब १६ लाख ग्राहकका साथ सञ्चालनमा रहेको बैंकका प्रमुख वित्तीय परिसूचक अत्यन्त उत्साहप्रद रहेका छन् । संस्थागत सुशासन, जोखिम व्यवस्थापन र आन्तरिक नियन्त्रण प्रणालीको उत्कृष्ट अभ्यासलाई बैंकले पालना गर्दै आएको छ ।

जेठ १०, २०७६ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस