प्रभू बैंकको नयाँ शाखा कार्यालय सञ्चालनमा

जेठ १०, २०७६

काठमाडौं – संघीय संरचना बमोजिम गठित विभिन्न स्थानीय तहमा आप्mनो शाखा कार्यालय सञ्चालनमा ल्याई बैंकको शाखा सञ्जाल विस्तार गर्नुका साथै गाउँगाउँमा बैंकिङ पहुँच पुर्याउने क्रममा प्रभू बैंक लिमिटेडले कपिलवस्तु जिल्लाको शिवराज नगरपालिका–५ स्थित चन्द्रौटामा प्रभू बैंकको चन्द्रौटा शाखा कार्यालय सञ्चालनमा आएको छ ।

शिवराज नगरपालिकाका मेयर नेत्रराज अधिकारीबाट एक समारोहबीच बैंकको चन्द्रौटा शाखा कार्यालय उद्घाटन भएको हो ।


ADVERTISEMENT

शाखा कार्यालय उद्घाटन कार्यक्रममा कपिलवस्तु जिल्लास्थित विभिन्न सरकारी कार्यालयका प्रतिनिधि, विभिन्न राजनैतिक दलका प्रतिनिधि, उद्योग वाणिज्य संंघ कपिलवस्तुका पदाधिकारी, विभिन्न संघ संस्थाका प्रतिनिधि, स्थानीय व्यापारी, बुद्धिजीवी लगायत ठूलो संख्यामा सर्वसाधारणको उपस्थिति रहेको थियो । कार्यक्रमका प्रमुख अतिथि शिवराज नगरपालिकाका मेयर नेत्रराज अधिकारीले उद्घाटन मन्तव्य राख्ने क्रममा प्रभू बैंकले देशका विभिन्न ठाउँमा पुगेर बैंकिङ सेवाविस्तार गरेकोमा खुशी प्रकट गर्दै चन्द्रौटा शाखा कार्यालयबाट सरकारी निकाय, व्यापारी, तथा आम सर्वसाधारणलाई सरल सहज रुपमा प्रभू बैंकको गुणस्तरीय बैंकिङ सेवा उपभोग गर्ने अवसर मिलेको बताए ।

बैंकको चन्द्रौटा शाखा कार्यालयबाट स्थानीय सर्वसाधारण, फर्म, कम्पनी तथा संघसंस्थाले बैंकको गुणस्तरीय सेवा उपभोग गरी लाभान्वित हुनेछन् र समग्र आर्थिक विकासमा टेवा पुग्नेछ भन्ने बैंकले विश्वास लिएको छ ।

जेठ १०, २०७६ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस